२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

मणिमुकुन्दमा अभिभावक र विद्यार्थीलाई अभिमुखीकरण

मणिमुकुन्दमा अभिभावक र विद्यार्थीलाई अभिमुखीकरण

मणिमुकुन्दमा अभिभावक र विद्यार्थीलाई अभिमुखीकरण

मणिमुकुन्दमा अभिभावक र विद्यार्थीलाई अभिमुखीकरण

मणिमुकुन्दमा अभिभावक र विद्यार्थीलाई अभिमुखीकरण
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, फाल्गुण ८ २०८१
बिहिवार, फाल्गुण ८ २०८१
  • बुटवल । बुटवलको मणिमुकुन्द मावि तथा कलेजले अभिभावक र विद्यार्थीलाई अभिमुखीकरण गरेको छ । 
    कार्यक्रममा ख्यातिप्राप्त मोटिभेसनल प्रशिक्षक बिके शर्माले अभिभावक र विद्यार्थीलाई  पढाई, अनुशासन, असल संस्कार र  मेहनत आदि पक्षबारे प्रभावकारी ढंगले जानकारी गराएका थिए । प्रशिक्षक शर्माले हरेक विद्यार्थीको पहिलो पाठशाला घर र आमा बुवा नै पहिलो शिक्षक भएकाले घरमा पढाइको वातावरण बनाउनुपर्ने, राम्रो संस्कार र अनुशासन सिकाउनुपर्नेमा जोड दिए ।

    विद्यालय वा कलेजको मात्रै भर परेर विद्यार्थीले राम्रो नतिजा ल्याउन कठिन हुने भएकाले अभिभावकको पनि उत्तिकै भूमिका र निगरानी हुनुपर्ने प्रशिक्षक शर्माले सुझाव दिए । आफ्नो बच्चाको मिल्ने साथीहरुको पढाइको स्तर कस्तो छ, उसको परिवारको पृष्ठभूमिकस्तो हो आदि बुझेर यदि पढाइमा कमजोर र पारिवारिक पृष्ठभूमि असल नभएका साथीहरु छन् भने उनीहरुसंगको संगत हटाएर पढाइ र घरको संस्कार राम्रो भएकालाई साथी बनाउन लगाउनुपर्ने शर्माले बताए ।

    बालबालिकालाई मोबाइल र इन्टरनेटको प्रयोग कम गराउने र जन्म दिनमा पुस्तक उपहार दिने बानीको विकास गर्न पनि प्रशिक्षक शर्माले अभिभावकलाई सुझाव दिए । 


    बालबालिकालाई गाली नगरी सकारात्मक कुरामार्फत पढाइको महत्व बुझाउनुपर्ने पनि शर्माले बताए । 
    कार्यक्रममा संस्थाका प्राचार्य टुकबहादुर क्षेत्रीले विद्यार्थीलाई संस्कारी,अनुशासित र पढाइमा अब्बल बनाउन संस्थाले हरेक वर्ष ख्यातिप्राप्त मोटिभेसनल प्रशिक्षक ल्याएर अभिावक र विद्यार्थीलाई असल मार्गमा लाग्न उत्प्रेरित गर्दै आएको बताए । 


    संस्थाले पढाइको गुणस्तरसँगै अनुशासन र संस्कारलाई उच्च प्राथमिकता दिएकाले मणिमुकुन्दको बेग्लै पहिचान बनेको बताए ।  


    संस्थाका सञ्चालक समिति सदस्य उमापति न्यौपानेलेआफ्ना बालबालिकालाई पढाईमा अब्बल, नैतिकवान र संस्कारयुक्त बनाउन अभिभावकको भूमिका र घरको वातावरणको नै प्रमुख भूमिका हुने बताए । 


    कार्यक्रममा प्ले ग्रुपदेखि ३ सम्मका अभिभावक तथा कक्षा ४ देखि ९ सम्मका विद्यार्थी र अभिावक दुबै गरी दुई चरणमा प्रशिक्षण दिइएको मणिमुकुन्द माविका संयोजक हरिप्रसाद पौडेलले बताए । कार्यक्रममा अभिभावक र विद्यार्थी गरी एक हजार बढी सहभागी भएका विद्यालयका शिक्षक प्रकाश सुवेदीले बताए । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij