२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

भारतबाट ठूलो मात्रामा अवैध कुखुरा र मासुको अवैध आयातले नेपालको पोल्ट्री क्षेत्र तहसनहस

भारतबाट ठूलो मात्रामा अवैध कुखुरा र मासुको अवैध आयातले नेपालको पोल्ट्री क्षेत्र तहसनहस

खुला सीमाको फाइदा उठाउँदै दैनिक करिब तीन सय क्वीन्टल ब्रोइलर कुखुरा अवैध ढंगले रूपन्देही भित्रिने गरेको व्यवसायीको दाबी छ । यसले कुखुरापालक, दाना, ह्याचरी र मासु पसल सबै व्यवसाय संकटमा परेपछि उनीहरुले एक महिने गस्ती अभियान थालेका छन् ।

भारतबाट ठूलो मात्रामा अवैध कुखुरा र मासुको अवैध आयातले नेपालको पोल्ट्री क्षेत्र तहसनहस

भारतबाट ठूलो मात्रामा अवैध कुखुरा र मासुको अवैध आयातले नेपालको पोल्ट्री क्षेत्र तहसनहस

खुला सीमाको फाइदा उठाउँदै दैनिक करिब तीन सय क्वीन्टल ब्रोइलर कुखुरा अवैध ढंगले रूपन्देही भित्रिने गरेको व्यवसायीको दाबी छ । यसले कुखुरापालक, दाना, ह्याचरी र मासु पसल सबै व्यवसाय संकटमा परेपछि उनीहरुले एक महिने गस्ती अभियान थालेका छन् ।

भारतबाट ठूलो मात्रामा अवैध कुखुरा र मासुको अवैध आयातले नेपालको पोल्ट्री क्षेत्र तहसनहस
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
लुम्बिनी पत्रिकाका सह-सम्पादक शर्मा करिब २ दशक देखी पत्रकारितामा क्रियाशील छन् । उनले सममामयीक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
बिहिवार, फाल्गुण ८ २०८१
बिहिवार, फाल्गुण ८ २०८१
  • बुटवल 
     रूपन्देहीका कुखुरापालक, ह्याचरी व्यवसायी र दाना व्यवसायीहरु आजभोलि रातिमा सुत्न पाएका छैनन् । अरु व्यवसाय गर्नेहरु मस्त निद्रामा हुँदा पोल्ट्री क्षेत्रका व्यवसायीहरु समूह बनाएर रातिमा भारतबाट मोटरसाइकल र गाडीमा अवैध कुखुरा ल्याएर बेच्ने व्यापारीलाई नियन्त्रण गर्न गस्तीमा हिंड्ने गरेका छन् ।

     
    खुला सीमाको फाइदा उठाउँदै भारतबाट दैनिक करिब तीन सय क्वीन्टल ब्रोइलर कुखुरा अवैध ढंगले रुपन्देही भित्रिने गरेको व्यवसायीको दाबी छ । यसले कुखुरापालक, दाना, ह्याचरी र मासु पसल सबै व्यवसाय संकटमा परेपछि उनीहरुले एक महिने गस्ती अभियान थालेका छन् ।  


    भारतीय कुखुरा र मासु नेपालको भन्दा सय रुपैयाँ सस्तो हुने भएकाले नेपाली व्यवसायी मूल्यमा प्रतिस्पर्धा गर्न नसक्दा संकटमा परेको व्यवसायीहरु बताउँछन् । 


    पोल्ट्री मञ्च रुपन्देही गठन गरेर उनीहरुले फागुन ७ गतेदेखि चैत ७ गतेसम्म विरोध कार्यक्रमसहित सीमा क्षेत्रबाट हुने तस्करी र अवैध आयात रोक्न सुरक्षा निकाय, स्थानीय सरकार र जिल्ला प्रशासनसंग समन्वय गरेर आफैँ गस्ती समेत गर्ने गरी आन्दोलन सुरु गरेको बुटवलका कुखुरापालक एवं मासु व्यवसायी संघ रुपन्देहीका अध्यक्ष विशाल थापाले बताए ।  


    बुधबार पोल्ट्री मञ्च रुपन्देहीले इलाका प्रहरी कार्यालय छपिया, सूर्यपूरा र लुम्बिनी तथा सशस्त्र प्रहरीको कालिदह गणमा अवैध आयात रोक्न ज्ञापनपत्र बुझाएका छन् । 


    दाना र ह्याचरी व्यसायी बोमबहादुर गुरुङले सीमा क्षेत्रमा तैनाथ सुरक्षा निकाय र भन्सार कार्यालयले अवैध आयात रोक्न चेकजाँचमा कडाइ नगर्दा र कतिपय सुरक्षाकर्मी तस्करहरुबाट प्रभावित भई छुट दिँदा अवैध आयात झनै मौलाएको बताए । 


    ‘रुपन्देहीका विभिन्न नाकाबाट मात्रै दैनिक करिब तीन सय  क्विन्टल जिउँदो कुखुरा र ठूलो मात्रामा कुखुराको मासु समेत भारतबाट अवैधरुपमा आयात हुने गरेको हाम्रो अनुमान छ, यसले कुखुरापालक, दाना,ह्याचरी र मासु पसल सबै व्यवसाय संकटमा परेका छन्,’ गुरुङले भने–‘रुपन्देही कुखुरा तस्करीको सबैभन्दा ठूलो ट्रान्जिट पोइन्ट भएको छ ।’ 


    कुखुरापालक किसान संघका अनुसार भारतमा चल्ला, दाना र औषधिको मूल्य नेपालमा भन्दा धेरै सस्तो हुने भएकाले भारतीय कुखुराको मूल्य पनि स्वतः सस्तो हुने र भन्सार छलेर नेपालमा ल्याउँदा मागभन्दा आपूर्ति बढी भई नेपाली किसानले लागत मूल्य समेत पाउन नसकी मारमा परेका छन् । रुपन्देही बोइलर कुखुरा उत्पादनमा आत्मनिर्भर भइसकेको अवस्थामा भारतबाट ठूलो मात्रामा भित्रिंदा नेपाली किसानको कुखुरा बिक्री नहुने र बिक्री हुँदा लागत मूल्य पाउन नसकेकाले अवैध आयात तत्काल रोकिनुपर्ने किसानको माग छ ।


     कुखुरापालक किसान संघ रुपन्देहीका सचिव विशाल थापाले सरकारी निकायले कुखुराको अवैध आयात पूर्णरुपमा रोक्न नसक्दा पेशा नै संकटमा परेपछि किसान आफैँले अवैध आयातलाई निरुत्साहित गर्न स्वयंसेवक टोली गठन गरी अनुगमन गर्न सुरु गरेको बताए । बुटवलबाट सुरु भएको अनुगमन टोली १६ वटै पालिकामा गठन गरी सुरक्षा निकायसँग मिलेर भारतबाट हुने तस्करी रोक्ने आफूहरुको तयारी रहेको थापाले बताए । 
    किसानका समस्या र गुनासा सुनेपछि जिल्ला समन्वय समिति रुपन्देहीका संयोजक उमाकान्त चापागार्इंले खुला सीमाको फाइदा उठाउँदै भारतबाट कुखुरासहित विभिन्न वस्तुको अवैध आयात हुने गरेको स्वीकार गर्दै यसलाई रोकेर नेपाली किसानलाई बचाउन सुरक्षा निकाय इमान्दार भएर चेकजाँचमा कडाइ गर्नुपर्ने बताए ।


     तस्करी भएको सूचना पाए आफूलाई जानकारी गराउन आग्रह गर्दै संयोजक चापागाईंले आफू तस्करी रोकेर स्वदेशी किसानलाई संरक्षण गर्न सधैँ तत्पर रहेको स्पष्ट पारे । सीमा क्षेत्रका नेपाली कुखुरा फार्ममा दिनभर कुखुरा नहुने, तर राति भारतबाट ल्याएर अर्को दिन नेपाली कुखुरा भन्दै बेच्ने गरिएको समेत औंल्याए ।

     
    उनले विगतमा भारतीय सेतो अण्डालाई विस्थापित गरे जस्तै भारतीय कुखुरा र चल्लाको तस्करीलाई पनि सबै मिलेर विस्थापित गर्नुपर्ने बताए । संयोजक चापागाईंले ठूला व्यापारी र ठूला किसानले साना व्यापारी र किसानलाई माथि उठ्न नदिई तहसनहस बनाउने गरी काम गरिरहेको भन्दै त्यस्तो नगर्न सचेत गराए ।

    रुपन्देहीमा साढे तीन सय कुखुरापालक किसान रहेका छन् । उनीहरुले वार्षिक औसत प्रति फार्म दश हजार कुखुरा उत्पादन गर्छन् । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij