२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

१० किमि दौडेर एक लाख पुरस्कार जित्ने शाइन रेसुंगा राष्ट्रिय दौडमा नाम दर्ताको म्याद शुक्रबारसम्म

१० किमि दौडेर एक लाख पुरस्कार जित्ने शाइन रेसुंगा राष्ट्रिय दौडमा नाम दर्ताको म्याद शुक्रबारसम्म

बिहीबारसम्म करिब एकहजारजनाले नाम दर्ता गराएका छन् । प्रतियोगिताको व्यवस्थापन जिम्मा लिएको कखरा इभेन्टले ५ हजार जना सम्मले भाग लिए पनि व्यवस्थापन गर्ने गरी तयारी भएको जनाएको छ ।

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, फाल्गुण ८ २०८१
बिहिवार, फाल्गुण ८ २०८१
  • बुटवल । सर्वाधिक पुरस्कार राशिको ‘शाइन रेसुंगा राष्ट्रिय टेन के रन’ ( दौड प्रतियोगिता ) मा भाग लिन नाम दर्ता गराउने म्याद भोलिसम्म बांकी रहेको छ । 
    फागुनको ११ गते बिहान ७ बजे आयोजना हुने दौड प्रतियोगिताको लागि नाम दर्ता उत्साहजनक रहेको र कार्यक्रमलाई भब्य बनाउन धेरै भन्दा धेरै धावक सहभागी होउन् भन्ने बैंकको उद्देश्य रहेको छ । दौडमा भाग लिन चाहनेले फागुन ९ गते दिउसो १२ बजेसम्म अनलाइनबाट वा बैंकको केन्द्रीय कार्यालय बुटवलमा पुगेर फर्म भरी नाम दर्ता गराउन सक्नेछन् । 
    ‘रन टु साइन’ भन्ने नाराका साथ आयोजना गर्न लागिएको प्रतियोगितामा राष्ट्रियस्तरको महिला÷पुरुष खुला, स्थानीय र ५० वर्षमाथि गरी तीन विधा समावेश गरिएको छ ।
    प्रतियोगिताको पुरस्कार राशि पाँच लाख रुपैयाँ रहेको छ । खुलातर्फको महिला÷पुरुष विजेताले एक–एक लाख रुपैयाँ प्राप्त गर्नेछन् । एथलेटिक्सको १० किलोमिटर विधामा राखिएको यो पुरस्कार रकम नेपालकै सर्वाधिक रकम  हो । 
    खुलातर्फ दोस्रो हुनेले ४० हजार, तेस्रो हुनेले २० हजार, चौथो हुनेले १५ हजार र पाँचौं हुने धावकले १० हजार रुपैयाँ प्राप्त गर्नेछ। स्थानीय र ५० वर्षमाथिको विधाका विजेताले १५ हजार, दोस्रोले १० हजार, तेस्रोले पाँच हजार, चौथोले २५ सय रुपैयाँसहित मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन्।
    इच्छुक सहभागीले शाइन रेसुंगा डेभलपमेन्ट बैंकको वेबसाइटमा गएर निःशुल्क नाम दर्ता गर्न सक्नेछन् । बुटवलस्थित बैंकको केन्द्रीय कार्यालयमा समेत भौतिक रूपमा फारम भरी नाम दर्ता गर्न सक्ने व्यवस्था मिलाइएको छ ।
    बुटवल कालिकानगरस्थित बैंकको केन्द्रीय कार्यालयबाट फागुन ११ गते बिहान ७ बजे सुरु हुने दौड मणिग्राम चोकमा पुगेर पुनः केन्द्रीय कार्यालय परिसरमै आई समापन हुनेछ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल एथलेटिक्स संघको स्वीकृतिमा सञ्चालन हुने प्रतियोगिताको अपरेसन र व्यवस्थापन कखरा इभेन्टले गरेको छ । 
    बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले खेलकुदमार्फत समाज र राष्ट्रलाई योगदान पु¥याउने उद्देश्य अनुरूप दौड प्रतियोगिताको आयोजना गर्न लागिएको र यसमा धेरै भन्दा धेरै धावकको सहभागिताको अपेक्षा गरिएको बताए।
    ‘विभिन्न सामाजिक क्रियाकलापमा बैंकको भूमिका अग्रणी नै रहँदै आएको छ, राष्ट्रियस्तरको यो दौड प्रतियोगितामा पनि स्थानीय देखि देशभरका धावक सहभागी गराएर खेलकुद र समाजप्रति उत्तरदायित्व नयां ढंगले पूरा गर्ने अवसरको रूपमा लिएका छौं’ –पौडेलले भने–‘यो दौड प्रतियोगिता सबैको उत्सव होस् भन्ने हाम्रो अपेक्षा छ ।’ 
    बैंकका अनुसार बिहीबारसम्म करिब एकहजारजनाले नाम दर्ता गराएका छन् । प्रतियोगिताको व्यवस्थापन जिम्मा लिएको कखरा इभेन्टले ५ हजार जना सम्मले भाग लिए पनि व्यवस्थापन गर्ने गरी तयारी भएको जनाएको छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij