२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

तिलोत्तमा १ मा अन्तर आमा समूह फुटबल प्रतियोगिता

तिलोत्तमा १ मा अन्तर आमा समूह फुटबल प्रतियोगिता

तिलोत्तमा १ मा अन्तर आमा समूह फुटबल प्रतियोगिता

तिलोत्तमा १ मा अन्तर आमा समूह फुटबल प्रतियोगिता

तिलोत्तमा १ मा अन्तर आमा समूह फुटबल प्रतियोगिता
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, फाल्गुण ८ २०८१
बिहिवार, फाल्गुण ८ २०८१
  • तिलोत्तमा । प्रजातन्त्र दिवसको अवसरमा तिलोत्तमा–१ मा अन्तर आमा समूह सेभेन ए साइड फुटबल प्रतियोगिता सम्पन्न भएको छ । 
    नगरपालिकामै पहिलोपटक आमा समूहबीच गराइएको उक्त प्रतियोगितामा  ६ वटा टिमले भाग लिएका थिए । प्रतियोगितामा  न्यू संगम आमा समूह टिम क प्रथम र दुर्गा वैदिक जागरण धार्मिक समूह दोस्रो भएका छन् । 
    उत्कृष्ट खेलाडी न्यू संगम आमा समूहकी बबिता पाण्डेय, अनुशासित टिम जागृत आमा समूह भएका छन् । विजेता टिमले क्रमशः १० हजार र ५ हजार नगद तथा प्रमाणपत्र पाएका छन् । प्रतियोगिताको उद्घाटन गर्दै तिलोत्तमाकी उपप्रमुख जगेश्वरदेवी चौधरीले महिलाहरुलाई स्वस्थ बनाउन यस्ता खेलकुद प्रतियोगितामा सहभागी गराउनु धेरै राम्रो काम भएको बताइन् । कार्यक्रममा तिलोत्तामा १ का वडाध्यक्ष फर्सुराम गिरी, वडा सचिव हेमलाल न्यौपाने, कार्यक्रम संयोजक मिलन राना लगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।    
     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij