२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

नवलपुरको दलदलेमा बस दुर्घटना हुँदा ११ जना घाइते

नवलपुरको दलदलेमा बस दुर्घटना हुँदा ११ जना घाइते

नवलपुरको दलदलेमा बस दुर्घटना हुँदा ११ जना घाइते

नवलपुरको दलदलेमा बस दुर्घटना हुँदा ११ जना घाइते

नवलपुरको दलदलेमा बस दुर्घटना हुँदा ११ जना घाइते
श्रेष्ठ नवलपरासी (बसुपू) मा रहेर पत्रकारितामा क्रियाशिल छन् ।
शुक्रवार, फाल्गुण ९ २०८१
शुक्रवार, फाल्गुण ९ २०८१
  • नवलपुर । नवलपुरको देवचुली ११ दलदलेमा गएराति सावा २ बजेतिर बुटवलबाट काठमाडौं हिडेको बस दुर्घटनामा परेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार बस दुर्घटना हुँदा बसमा सवार २१ जना मध्ये ११ जना घाइते भएका छन् । 

    घाइते ११ जना मध्ये ६ जनाको देव अस्पताल भरतपुरमा र ५ जनाको देवचुली अस्पताल दलदलेमा उपचार भईरहेको छ । भरतपुर उपचारका लागि पठाइएका छ जनाको अवस्था मध्यम रहेको र बाँकी ५ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।  

    दलदले क्षेत्रमा सडक विस्तारको क्रममा सडकको दायाँबायाँ खाडल रहेको र उक्त खाडलमा बस पल्टिएको स्थानीयले जनाएका छन् । 

    दुर्घटनामा परी  रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका ५ बस्ने बर्ष ४० का सुजन कार्की, काठमाण्डौको पुतलीसडक बस्ने बर्ष ३५ का रोमराज लामिछाने, वर्ष ३२ की बिजया लामिछाने, बर्ष ३५ का निदान लामिछाने, बर्ष २८ की प्रज्ञा लामिछाने, रामेछाप निवासी बर्ष ३३ की स्वस्तिका दाहाल, पाल्पा जिल्ला निवासी बर्ष ३४ का भोज बहादुर जर्धा, अर्घाखाँची निवासी बर्ष ३२ का बिशाल भुषाल, बर्ष २९ का आसिस बि.क., रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका ४ बस्ने बर्ष ३२ का अवि थापा र बाग्लुङ जिल्ला निवासी बर्ष ५० की कौसिला थापा घाइते भएका छन् । बस चालक प्रहरी नियन्त्रणमा रहेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij