२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

अवैध कुखुरा आयात रोक

अवैध कुखुरा आयात रोक

अवैध कुखुरा आयात रोक

अवैध कुखुरा आयात रोक

अवैध कुखुरा आयात रोक
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, फाल्गुण ९ २०८१
शुक्रवार, फाल्गुण ९ २०८१
  • खुला सीमाबाट कुखुरा र मासु अवैध आयात हुँदा नेपाली कुखुरापालक किसान मारमा परेका छन् । भन्सार कार्यालय र सीमा क्षेत्रमा रहेका सुरक्षा निकायका चौकीहरुको बेवास्ताले अवैध आयात मौलाएको छ । भारतबाट ठूलो परिमाणमा आयात भएपछि नेपाली किसानको कुखुराले मूल्य नपाउने अवस्था आएको छ ।


    भारतमा दाना, औषधिलगायत सस्तो हुँदा उत्पादन लागत नेपालमा भन्दा थोरै छ । भारतमा भन्दा धेरै उत्पादन लागत भएको कुखुरा उत्पादन गरेर भारतीय कुखुरासँग प्रतिस्पर्धा गर्न नेपाली किसानलाई कठिन छ । अवैध आयात भएको सस्तो कुखुरासँग प्रतिस्पर्धा गर्न नसक्दा पेशाबाटै पलायन हुनुको विकल्प छैन । कुखुरा पालेर जीविकोपार्जन गरेका युवा अन्ततः रोजगारीको लागि खाडी मुलुकतिरै जानुपर्ने बाध्यता छ । अवैध आयात रोक्दा नेपाली किसानले राहत पाउँछन्, युवाको बढ्दो पलायनलाई रोक्ने अवसर पनि हो ।


    कुखुरापालक किसान संघ रूपन्देहीका अनुसार, रूपन्देहीमा दैनिक तीनसय क्वीन्टल कुखुरा भारतबाट अवैध रुपमा भित्रिएको छ । बर्डफ्ल्यूले कुखुरा व्यवसाय जोखिममा परेर धेरै युवा पलायन भए । त्यसपछि कोभिडले पनि कुखुरा पालनबाट पलायन गरायो । अहिले जेनतेन धानिएको व्यवसाय मारमा पर्दा अवैध आयात रोक्न अभियान चलाएका छन्, उनीहरुको यो अभियान स्वाभाविक छ । प्रहरीले निगरानी गर्न नसक्दा अवैध आयात भएकोले प्रहरीकै सहयोगी भइ निगरानी गर्न ध्यान दिनुपर्छ । अवैध आयात रोक्न भन्दै थालिएको अभियानलाई कानुन हातमा लिने औजारको रुपमा प्रयोग गर्न हुन्न ।


    कुखुराको मासु र अण्डा निर्वाध आयात हुँदा त्यसले बर्डफ्ल्यूको जोखिम हुनसक्छ । विगतमा बर्डफ्ल्यूको महामारीका बेला आयात नियन्त्रण गरिएको थियो । बर्डफ्ल्यूविरुद्धको अभियानका बेला भारतीय सेतो अण्डा नियन्त्रण गरिएको थियो । भारतीय अण्डा आयात बन्द हुँदा नेपाल अण्डामा आत्मनिर्भर भयो । कुखुराको अवैध आयात रोक्न बेवास्ता गर्ने हो कुखुरापालन व्यवसाय धराशायी हुन्छ नै, अरु क्षेत्रमा पनि अवैध आयात मौलाउँदै जानेछ, जसको असर चौतर्फी पर्ने निश्चित छ ।  अवैध आयात निर्यातले अपराध मौलाउँछ । समाजमा शान्ति सुरक्षामा चुनौती हुन्छ । समाजमा अपराध नियन्त्रण गर्न पनि अवैध आयात निर्यात रोक्न ध्यान दिनुपर्छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij