२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

बुटवलमा हुने राष्ट्रिय स्नुकरमा १२८ जना खेलाडी

बुटवलमा हुने राष्ट्रिय स्नुकरमा १२८ जना खेलाडी

बुटवलमा हुने राष्ट्रिय स्नुकरमा १२८ जना खेलाडी

बुटवलमा हुने राष्ट्रिय स्नुकरमा १२८ जना खेलाडी

बुटवलमा हुने राष्ट्रिय स्नुकरमा १२८ जना खेलाडी
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, फाल्गुण ९ २०८१
शुक्रवार, फाल्गुण ९ २०८१
  • बुटवल । बुटवलमा यही फागुन १२ देखि हुने सर्वाधिक पुरस्कार राशीको राष्ट्रियस्तरको स्नुकर प्रतियोगितामा १२८ जना खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

     
    नेपाल बिलियार्डस् स्नुकर एण्ड पुल एशोसियसन रुपन्देही र खस्यौली स्नुकर क्लबको आयोजनामा हुने  प्रथम अल नेपाल बुटवल मेयर कप ओपन स्नुकर च्याम्पियनसीपमा १२८ जना खेलाडीले नाम दर्ता गराएका हुन् ।

    प्रतियोगितामा भाग लिन फागुन ७ गतेसम्म नाम दर्ता गराइसक्नुपर्ने म्याद रहेको थियो । 


    बुटवलको सिंह कम्प्लेक्सस्थित खस्यौली स्नुकर क्लबमा हुने प्रतियोगितामा रुपन्देही, काठमाडौं, पोखरा, धरान, ललिलतपुर, भक्तपुर, नारायणगढ, हेटौंडा, इटहरी, बिर्तामोड, बनेपा, परासी, तौलिहवालगायतमा देशका प्रमुख शहर र जिल्लाबाट खेलाडीले नाम दर्ता गराएका नेपाल बिलियार्डस् स्नुकर एण्ड पुल एशोसियसन रुपन्देहीका अध्यक्ष सुजन पुनले बताए । 


    प्रतियोगिताको विजेता खेलाडीले ३ लाख ३ हजार, उप–विजेताले १ लाख १ हजार रुपैयाँ र हाइएस्ट ब्रेकरले ५५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने अध्यक्ष पुनले बताए । सेमिफाइनलमा पुग्ने खेलाडीहरुलाई नगद ३०÷३० हजार रुपैयाँ, राईजिङ स्टार र अनुशासित खेलाडीलाई स्नुकर स्टिकबाट पुरस्कृत गरिने खेल संयोजक शिशिर गुरुङले बताए । 
    स्नुकरमा हालसम्मकै सर्वाधिक पुरस्कार राशीको यो प्रतियोगिताले बुटवलको पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्नेछ ।
    प्रतियोगितालाई बुटवल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा सिंह कम्प्लेक्सका सञ्चालक महेशमान सिंहबाट ३ लाख ३ हजार र आवास ग्रुपका प्रबन्ध निर्देशक महेश थैवबाट एक लाख रुपैयाँ तथा समृद्धि हेयर सैलुनले समेतबाट आर्थिक सहयोग भएको अध्यक्ष पुनले बताए । 


    खेल संयोजक विजय गुरुङले बुटवल बाहिरबाट आउने खेलाडीहरुलाई आवासको व्यवस्था आयोजकबाट गरिने तथा क्वाटरफाइनल खेलबाट खेलाडीहरुलाई आवास र खानाको समेत व्यवस्था गरिने जानकारी दिए ।

    प्रतियोगिताको फाइनल फागुन २१ गते हुने संघका सचिव प्रकाश क्षेत्रीले बताए । प्रतियोगिता सम्पन्न गर्न कोषाध्यक्ष अमिन थापाको संयोजकत्वमा आर्थिक समिति, कुनल श्रेष्ठको संयोजकत्वमा खेलाडी तथा आवास व्यवस्थापन समिति, विजय गुरुङको संयोजकत्वमा जिन्सी समिति गठन गरी तयारीका काम अन्तिम चरणमा पुगेका अध्यक्ष पुनले बताए । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij