२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

लुम्बिनी बोर्डिङ स्कुलको ३१ औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण सम्पन्न

लुम्बिनी बोर्डिङ स्कुलको ३१ औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण सम्पन्न

लुम्बिनी बोर्डिङ स्कुलको ३१ औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण सम्पन्न

लुम्बिनी बोर्डिङ स्कुलको ३१ औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण सम्पन्न

लुम्बिनी बोर्डिङ स्कुलको ३१ औँ वार्षिकोत्सव  तथा पुरस्कार वितरण  सम्पन्न
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, फाल्गुण ९ २०८१
शुक्रवार, फाल्गुण ९ २०८१
  •  
    बुटवल । शैक्षिक जगतमा छुट्टै पहिचान कायम राख्न सफल बुटवल–३, चिडियाखोलामा रहेको लुम्बिनी बोर्डिङ स्कुलको ३१ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोह २०८१ सम्पन्न भएको छ ।
    कार्यक्रममा बोल्दै बुटवल उपहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले शिक्षा क्षेत्रमा निजी विद्यालयहरुको भूमिका महत्वपूर्ण रहेको बताए । 
    बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले राज्यले निजी विद्यालयहरुमाथि विभेद गरेकोमा सर्वोच्च अदालतले न्याय दिएको बताए । उच्च शिक्षा अध्ययनमा दिइने छात्रवृत्ति निजी विद्यालयका विद्यार्थीले पनि पाउने फैसला गरेपछि निजी विद्यालयमा विद्यार्थीको आकर्षण बढ्न थालेको उनले बताए । 
    विद्यालयका प्राचार्य एवं प्याब्सन लुम्बिनीका अध्यक्ष लालहरि पाण्डेले राज्यको  सौतेलो व्यवहार र अस्थिर शिक्षा नीतिले निजी विद्यालयहरु सधैं अन्यौलमा बस्नुपर्ने वाध्यताका बीच चुनौति सामना गरेर अघि बढेको रहेको बताए ।
      कार्यक्रममा विद्यालय सञ्चालक समितिका अध्यक्ष दयाराम बस्याल, कामधेनु गौसाला रुपन्देही प्रमुख सोमराज जी महाराज, अभिभावक संघ लुम्बिनी प्रदेशका अध्यक्ष हेम थापा, विद्यालयका सहप्राचार्य कोशलराज बस्याल, विद्यालयका संयोजक एवम् शिक्षक सुदिप बस्यालले आआफ्ना भनाई राखेका थिए । 
    सो अवसरमा नगर, जिल्ला र राष्ट्रिय स्तरमा विभिन्न प्रतियोगिताहरुमा उपाधि विजेता र उत्कृष्ट स्थान हासिल गरेका विद्यार्थीहरू, एस.ई.ई. २०७९ र २०८० मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरु, शैक्षिक सत्र २०७९ र २०८० मा कक्षा ९ सम्म विभिन्न उत्कृष्ट स्थान हाँसिल गर्ने विद्यार्थीहरू पुरस्कृत भएका थिए ।
    त्यसैगरी एस.ई.ई २०८० मा अधिकतम् विद्यार्थी ए प्लस सहित शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल विषय शिक्षकहरु र विद्यालयमा पाँच वर्षभन्दा धेरै अवधिसम्म सेवारत शिक्षक एवम् कर्मचारीहरुलाई प्रशंसापत्रद्धारा सम्मान गरिएको थियो । वार्षिकोत्सवका अवसरमा विद्यार्थीहरुले देशभक्ति भावनाले ओतप्रोत गीतमा नृत्य, लोक नृत्य, नाटकहरु, कविता, विभिन्न गीत र ते क्वान्डो काता प्रस्तुत गर्नुका साथै आआफ्ना कला र सिर्जनाहरू प्रदर्शन गरेका थिए । विद्यालयमा हाल ७ सय जना विद्यार्थी रहेका र आगामी शैक्षिक सत्रमा उल्लेख्य संख्यामा विद्यार्थी थपिने गरी विद्यालयले विश्वास लिएको सह प्राचार्य बस्यालले बताए । 
    d624149b-33a0-4850-b7a3-00023cfb6711.jpg
    undefined
     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij