२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

बुटवल पब्लिक स्कूलद्वारा सिद्धार्थ बालगृहलाई सहयोग

बुटवल पब्लिक स्कूलद्वारा सिद्धार्थ बालगृहलाई सहयोग

बुटवल पब्लिक स्कूलद्वारा सिद्धार्थ बालगृहलाई सहयोग

बुटवल पब्लिक स्कूलद्वारा सिद्धार्थ बालगृहलाई सहयोग

बुटवल पब्लिक स्कूलद्वारा सिद्धार्थ बालगृहलाई सहयोग
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, फाल्गुण ९ २०८१
शुक्रवार, फाल्गुण ९ २०८१
  • तिलोत्तमा । रुपन्देहीको सिद्धार्थनगर –८ र मायादेवी गाउंपालिका–८ को सिमानामा  लुम्बिनी रोड नजिकै रहेको सिद्धार्थ बाल गृहलाई बुटवल पब्लिक स्कूल तिलोत्तमा–३ ले आर्थिक सहयोग गरेको छ । २२ औं वार्षिकोत्सवको अवसरमा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खांण र विद्यालयका संस्थापक अध्यक्ष हेमलाल शर्मा भुसालले बाल गृहकी सञ्चालक कृष्णमाया गुरुङलाई १५ हजार रुपैया प्रदान गरेका हुन् । सो अवसरमा अनाथ बालबालिकाको पालनपोषण र शिक्षा दिक्षा दिएर सामाजिक क्षेत्रमा योगदान गरेवापत बालगृहकी सञ्चालक कृष्णमाया गुरुङलाई कदरपत्रले सम्मान गरिएको थियो । 
    विद्यालयको सहयोग र सम्मानले आफूलाई मानवीय सेवामा खटिन हौसला मिलेको गुरुङले बताइन् ।  सम्मान पाउंदा उनी भावुक बन्दै आंशु थाम्न सकेकी थिइनन् । 
    बाल गृहको आफ्नो भवन नहुंदा भाडा तिरेर बस्नुपर्दा आर्थिक अभाव झेल्दै आएको गुरुङले गुनासो गरिन् ।  
    स्थानीय तहसंग भवन बनाउने जग्गा माग गर्दै पटक पटक धाएपनि कसैले नदिएको गुरुङको गुनासो छ । बाल गृहमा ७ बालक र १२ बालिका बस्दै आएका गुरुङले बताइन् । आफू समेत ४ जनाले स्वयंसेवीका रुपमा उनीहरुलाई लालनपालन गरिरहेको उनले बताइन् । बाल गृहमा १८ वर्ष उमेर मुनिका बालबालिका बस्दै आएका छन् । 
    बुटवल पब्लिक स्कूलका संस्थापक अध्यक्ष हेमलाल शर्मा भुसालले बाल गृहलाई घर भाडा तिर्न आर्थिक अभाव हुने गरेको समस्या थाहा पाएपछि आर्थिक सहयोग गरेको र भविष्यमा पनि सक्दो सहयोग गर्दै जाने बताए । 

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij