बुटवल । बुटवलमा जारी दोस्रो मेयर कप अन्तर विद्यालय फुटबल प्रतियोगितामा छात्र तर्फको उपाधी स्कलर्स होमले जितेको छ । न्यू होराईजन बोर्डिङ्ग स्कुललाई १—० गोल अन्तरले पराजित गर्दै स्कलर्स होमले उपाधी चुमेको हो ।
उपाधीसँगै स्कलर्स होमले नगद १ लाख पुरस्कार सहित शिल्ड प्रमाणपत्र प्राप्त गरेको छ । उपबिजेता न्यू होराईजनले ५० हजार नगद पुरस्कार, शिल्ड तथा प्रमाणपत्र प्राप्त गरेको छ ।
छात्रा तर्फको उपाधि कालिका मानव ज्ञान माविले जितेको छ । गार्गी एकेडेमीलाई ३–१ गोल अन्तरले हराउँदै कालिकाले उपाधि हात पारेको हो । उपाधिसँगै कालिकाले नगद ५० हजार रूपँैया, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता गार्गी एकेडेमीले नगद ३० हजार, शिल्ड र प्रमाणपत्र प्राप्त गरेको छ ।
विजेता, उपविजेता दुवै टोलीलाई नगर प्रमुख खेलराज पाण्डेयले नगद पुरस्कार शिल्ड तथा प्रमाणपत्र वितरण गरे ।




