बुटवल । रुपन्देहीमा छरिएर रहेका नर्सरी व्यवसायीलाई संगठीत गर्ने उद्देश्यले नर्सरी व्यवसायी सघ नेपाल रुपन्देही गठन भएको छ । जिल्लाका विभिन्न स्थानीय तहमा रहेका व्यवसायीको बुटवलमा भएको भेलाले भैरहवाका गोपाल खरेल अध्यक्ष रहेको जिल्ला कार्यसमिति गठन गरेको हो ।
संघको उपाध्यक्ष कृष्णबहादुर गुरुङ, सचिव गोपालप्रसाद पाण्डे, कोषाध्यक्ष मिलन पन्थी, सहसचिव दिलिपकुमार चौधरी रहेका छन् । यस्तै कार्यसमिति सदस्यहरुमा मधुकुमारी भट्टरराई, भुवनेश्वर न्यौपाने, उत्सव गैरे, गोकर्णराज पैनी, दीपक पन्त र दीपक भगत माली रहेका छन् ।
भेलाको उद्घाटनमा बोल्दै नर्सरी व्यवसायी संघ नेपालका अध्यक्ष रामजीप्रसाद तिमिल्सेना,वरिष्ठ उपाध्यक्ष रविनकुमार गौतम, महासचिव विनोद घिमिरे, लुफ्यान रुपन्देही अध्यक्ष रमेश पाण्डे, चेरिस नर्सरीका सञ्चालक भक्तबहादुर खड्का लगायतले विभिन्न क्षेत्रका नर्सरी व्यवसायीलाई एउटै छाताभित्र गोलबन्द गरी व्यवसायिक हक हित र व्यवसाय प्रवद्र्धनका लागि संगठित भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।
नेपालमा करिब १० हजार नर्सरी व्यवसायी रहेका र वार्षिक १० अर्ब बढीको कारोबार हुने गरेको अनुमानित तथ्यांक छ । जसमध्ये फूल, बिउ सहित एक अर्ब बढीको नर्सरीजन्य वस्तु आयात हुने गरेको छ ।
नर्सरी व्यवसायको प्रवद्र्धन र विकासले वातावरण र पर्यावरण संरक्षण तथा ठाउंको सौन्दर्यीकरणमा टेवा पुग्छ ।




