२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

विद्यालय शिक्षा सुधारको अभियान

विद्यालय शिक्षा सुधारको अभियान

विद्यालय शिक्षा सुधारको अभियान

विद्यालय शिक्षा सुधारको अभियान

विद्यालय शिक्षा सुधारको अभियान
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, फाल्गुण १२ २०८१
सोमवार, फाल्गुण १२ २०८१
  • लुम्बिनी प्रदेश सरकारले विद्यालय तहमा शिक्षाको गुणस्तर अभिवृद्धि गर्न ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान सुरु गरेको छ । प्रदेशका सबै विद्यालयमा अध्ययनरत पूर्व विद्यार्थीको ज्ञान, सीप र लगानीको सदुपयोग गर्ने उद्देश्यले सरकारले यो अभियान सुरु गर्नु सकारात्मक छ ।


    शिक्षामा लगानी बढ्दै जाँदा गुणस्तर खस्किरहेको बेला यो अभियान गुणस्तर सुधारका लागि सहयोगी बन्न सक्छ । गत वर्षको एसईईमा मुलुकमा कुल ४७ दशमलव ८७ प्रतिशत विद्यार्थी उत्तीर्ण भए । लुम्बिनी प्रदेशमा एसईईमा सहभागी कुल विद्यार्थीमध्ये ३८ दशमलव ७२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएकाले शिक्षाको खस्कदो अवस्थाको चित्रण हुन्छ । एसईईमा सहभागी विद्यार्थीमध्ये ६० प्रतिशतभन्दा बढी अनुत्तीर्ण भएको तथ्याङ्कले विद्यालय शिक्षामा व्यापक सुधारको आवश्यकता छ । शैक्षिक गुणस्तर खस्कनुको कारण पत्ता लगाउने र त्यसको निदानमा सरकार चुकेको छ । प्रदेशमा ६ हजार तीन सय ४० विद्यालय छन्, त्यसमध्ये ४ हजार ५ सय ३१ सामुदायिक विद्यालय छन् । एसईई नतिजामा सामुदायिक विद्यालयको अवस्था झनै कमजोर रहेको छ ।

    प्रदेशमा ४ हजार ५ सय ३१ सामुदायिक विद्यालयमध्ये २ हजार ६५ विद्यालयमा विद्यार्थीको संख्या १ सयभन्दा कम छन् । कतिपय विद्यालय भौगोलिक रूपमा विकट र जनसंख्या कम भएको ठाउँमा रहेकाले विद्यार्थी कमी हुनु स्वभाविकै हो, तर जनसंख्या सघन भएको ठाउँमा पनि विद्यार्थी कमी हुनुको कारण शैक्षिक गुणस्तर कमजोर हुँदा नै हो । मुलुकका उत्कृष्ट सामुदायिक विद्यालयमध्ये पाँच विद्यालय लुम्बिनी प्रदेशमा रहेका छन् । ती विद्यालयको असल अभ्यासलाई अन्य विद्यालयमा लागु गर्ने अवसर छ, यो अवसरलाई सदुपयोग गर्न प्रदेश सरकार चुकेको छ ।


    विद्यालय शिक्षा सुधारको अगुवाइ सरकारले गर्ने हो, सरकारको अगुवाइमा सबैको साथ आवश्यक छ । विद्यालयमा चरम राजनीतिकरण छ, विद्यालय व्यवस्थापन समिति गठन, शिक्षकको सरूवालगायतमा विषयमा विद्यालयमा हुने दलीय द्वन्द्व छरपष्ट छ । यसले पनि शैक्षिक गुणस्तरमा बाधा उत्पन्न गरेको छ । अहिले सम्मका कमजोरी हटाउन पनि अभियानका क्रममा छलफल हुनुपर्छ । मेरो विद्यालय मेरो दायित्व अभियानमार्फत् विद्यालय व्यवस्थापन, सामाजिक जागरूकता, आर्थिक स्रोत परिचालन, भौतिक सुधार तथा शिक्षाको गुणस्तर अभिवृद्धि गर्न विभिन्न गतिविधि सञ्चालन गर्ने तयारी भएकाले सरकारको यो कार्यक्रमको सफलता समुदायको अपनत्वमा भर पर्नेछ ।


    खासगरी पूर्व विद्यार्थीको अनुभव, ज्ञान, सीप र योगदानलाई समेट्ने यो कार्यक्रमको प्राथमिकता रहेकोले समाजमा हराउँदै गएको सामुदायिक भावना अभिवृद्धि गर्न पनि बल पुग्नेछ । सामुदायिक विद्यालय सुधार नगरी विद्यालय शिक्षाले फड्को मार्न सक्दैन । तसर्थ पनि विद्यालय शिक्षा सुधारका लागि यो अभियान एउटा प्रस्थानविन्दु हुने आशा गर्न सकिन्छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij