२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

१७ औं वार्षिकोत्सवमा राष्ट्रिय दौड र आर्थिक पत्रकारिता पुरस्कार वितरण

१७ औं वार्षिकोत्सवमा राष्ट्रिय दौड र आर्थिक पत्रकारिता पुरस्कार वितरण

१७ औं वार्षिकोत्सवमा राष्ट्रिय दौड र आर्थिक पत्रकारिता पुरस्कार वितरण

१७ औं वार्षिकोत्सवमा राष्ट्रिय दौड र आर्थिक पत्रकारिता पुरस्कार वितरण

१७ औं वार्षिकोत्सवमा राष्ट्रिय दौड र आर्थिक पत्रकारिता पुरस्कार वितरण
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, फाल्गुण १२ २०८१
सोमवार, फाल्गुण १२ २०८१
  • बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीको सहकार्यमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले स्थापना गरेको शाइन आर्थिक पत्रकारिता पुरस्कारबाट रुपन्देहीका पत्रकार दामोदर खनाल पुरस्कृत भएका छन् ।बैंकले १७ औं वार्षिकोत्सवको अवसरमा आर्थिक पत्रकारिता पुरस्कार वितरण गरेको हो । पुरस्कृत खनाललाई ५० हजार १११ रुपियाँ राशीको पुरस्कार प्रदान गरिएको हो । बैंकका अध्यक्ष थानेश्वर पौडेल एवं प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले एक समारोहका बिच खनाललाई पुरस्कार प्रदान गरेका हुन् ।

    अर्थशास्त्र विषयका प्राध्यापक डा. बाबुराम ज्ञवाली संयोजक रहेको छनोट समितिको सिफारिशको आधारमा खनाललाई पुरस्कार प्रदान गर्ने निर्णय भएको हो । शाइन रेसुङ्गा काठमाडौं बाहिर केन्द्रीय कार्यालय रहेको लुम्बिनी प्रदेशको एक मात्र राष्ट्रियस्तरको विकास बैंक हो । बैंक १७ औ बर्षमा प्रवेश गरेको अवसरमा राष्ट्रियस्तरको १० किलोमिटर दौड, आर्थिक पत्रकारिता पुरस्कार वितरण र उत्कृष्ट शाखालाई पुरस्कृत गरेको हो ।  

    उत्कृष्ट शाखाको रुपमा कतरनिया शाखा बर्दिया, सूर्यपुरा शाखा रुपन्देही, खैरेनी शाखा गुल्मी, बिजुवार शाखा प्युठान र योगीकुटी शाखा रुपन्देहीलाई बेस्ट म्यानेज्ड ब्रान्च अवार्डबाट सम्मान गरेको छ । बैंकका अध्यक्ष थानेश्वर पौडेलले बैंकले ग्रामीण र दुर्गम क्षेत्रमा बैंकिङ सेवाको पहुच विस्तारलाई प्राथमिकता राखेको बताए । ग्रामीण अर्थतन्त्र बलियो बनाउने नीति अनुसार बैंकका कूल ८८ शाखा मध्ये ७० प्रतिशत शाखा ग्रामीण क्षेत्रमा सञ्चालन भएका उनले बताए । 

    कर्जाको गुणस्तरमा विशेष ध्यान दिई ग्रामीण क्षेत्रमा कृषि, साना तथा मझौला उद्यम लगायतका क्षेत्रहरूमा लगानी बिस्तार,डिजिटल कारोवारलाई थप सुरक्षित र भरपर्दो बनाउदै उत्कृष्ट विकास बैंक बन्ने लक्ष्य सहित अघि बढेको पौडेलले बताए । 
    बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले इथिकल बैकिङ,वित्तीय अनुशासन, उत्पादनशील क्षेत्रमा कर्र्जा सहज प्रवाह, डिजिटल बैंकिङ र युवा उद्यमशीलता कार्यक्रमका कारण बैंक समाजका सबै पक्षमाझ लोकप्रिय बनेको उल्लेख गरे ।
    बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत गो ग्रीन प्रोजेक्ट अन्तर्गतहालसम्म १६ हजार रुख बिरुवा रोपेको र हरेक वर्ष एक हजार बिरुवा रोप्ने अभियान चलाएको बताए । 

    यस्तै वित्तीय साक्षरतातर्फ आर्थिक वर्ष २०८०/८१ मा बैंकले विभिन्न स्थानहरुमा ११५ वटा कार्यक्रमहरु गरेको उनले बताए । नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले ५ वटा बैंकको सफल मर्जरबाट बनेका शाइन रेसुंगा बैंकले मोफसलबाट पनि उत्कृष्ट बैकिङ सेवा सहित राष्ट्रियस्तरको बैंकको पहिचान कायम राख्न सक्ने उदाहरण शाइन रसेुंगा भएको बताए ।


    बैंकको अधिकृत पुँजी ८ अर्व, जारी पुँजी ४ अर्व ८७ करोड र चुक्ता पुँजी पनि ४ अर्व ८७ करोड रुपैयाँ रहेको छ ।२०८१ पुस मसान्तसम्मको वित्तीय विवरण अनुसार बैंकको निक्षेप संकलन ६९ अर्ब ७२ करोड रहेको छ । कर्जा लगानीतर्फ ५७ अर्ब ४९ करोड रहेको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत लोकराज पनेरुले जानकारी दिए  ।

    यसैबीच बैंकले  १० मिलोमिटर दौडमा सर्वाधिक पुरस्कार राशीको ‘साइन रेसुंगा राष्ट्रिय टेन के रन’ प्रतियोगिता सम्पन्न गरेको छ । जसमा खुल्लातर्फको उपाधि पुरुषतर्फ मिङमार सिङगी तामाङ र महिलातर्फ सन्तोषी श्रेष्ठले जितेका छन् ।

    ‘रन टु साइन’ नाराका साथ साइन रेसुंगा डेभ्लपमेन्ट बैंकको १७ औं वार्षिकोत्सवको अवसरमा बुटवलमा भएको प्रतियोगितामा च्याम्पियन बन्दै दुवै खेलाडीले नगद एक– एक लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।सन्तोषीले निर्धारित दूरी ३६.२१ सेकेन्डमा पूरा गरिन् । मिङमारले ३१ मिनेटमा दौड पूरा गरे । पूर्णराज्य लक्ष्मी न्यौपाने दोस्रो, पुष्पा भण्डारी तेस्रो, आशा रावल चौथो र नारायणी भण्डारी पाँचौं बनिन् ।पुरुषतर्फ नागेश्वर ऐर दोस्रो, गणेशसिंह रावत तेस्रो, सन्जीव नेपाली चौथों र अक्कल बडुवाल पाँचौं भए ।

    दुवै विधाका दोस्रोले ४० हजार, तेस्रोले २० हजार, चौथोंले १५ हजार र पाँचौं हुनेले १० हजार रुपैयाँ प्राप्त गरेका छन् ।


    यस्तै, स्थानीय पाँच किलोमिटर दौडमा शिव रायमाझी र पुजा पछाई विजेता बनेका छन् । पुरुषमा अजय पाण्डे दोस्रो, मुकेश थारु तेस्रो र प्रेमलाल कोहार चौथो बने । महिलातर्फ तेजमाया कुँवर दोस्रो, प्रकृति घिमिरे तेस्रो र प्रतिभा केवर चौथौं बने ।यस्तै भेट्रान्समा महिलातर्फ मनकुमारी रायमाझी पहिलो र गोमा सुबेदी दोस्रो बनेका छन् । पुरुषतर्फ युव बहादुर राना प्रथम, गोविन्द थापा दोस्रो, केशर सिंह महत तेस्रो र टेकबहादुर बुढाथोकी चौथों भएका छन् । दुवै विधाका विजेताले १५ हजार, दोस्रोले १० हजार, तेस्रोले ५ हजार, चौथोंले २ हजार ५ सय रुपैयाँ प्राप्त गरेका छन् ।


    बुटवल कालिकानगरस्थित बैंकको केन्द्रीय कार्यालयबाट सुरु भएको दौड मणिग्राम चोक पुगेर केन्द्रीय कार्यालयमा आएर समापन भएको थियो ।

    प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद् र नेपाल एथलेटिक्स एसोसियसनले स्वीकृति प्रदान गरेका थिए । ३ विधामा १६ सय जनाले नाम दर्ता गराएकामा ६ सयजनाले प्रतिस्पर्धा गरेका थिए । दौड प्रतियोगिता उत्सवको रुपमा सम्पन्न भएको थियो । 

    विजयी धावकहरुलाई प्रतियोगिताका सद्भावना दुत अन्तर्राष्ट्रिय ओलम्पिक विजेता धावक बैकुण्ठ मानन्धर, प्रदेश सांसद एवं पुर्व मन्त्री विष्णु पन्थी, बैंकका अध्यक्ष थानेश्वर पौडेल र बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले पुरस्कार वितरण गरेका छन् । सो अवसरमा अध्यक्ष पौडेलले स्वस्थ शरीर र स्वस्थ मानसिकताका लागि हरेक पेशा व्यवसायका व्यक्तिलाई दौड आवश्यक हुने भएकाले सामाजिक उत्तरदायित्व अन्तर्गत खेलकुदलाई जोडेर सर्वाधिक पुरस्कार राशीको दौड प्रतियोगिता गरेको बताए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij