२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

बुटवलमा चैत ७ देखि  राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने

बुटवलमा चैत ७ देखि  राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने

बुटवलमा चैत ७ देखि  राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने

बुटवलमा चैत ७ देखि  राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने

बुटवलमा चैत ७ देखि  राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, फाल्गुण १२ २०८१
सोमवार, फाल्गुण १२ २०८१
  • बुटवल । बुटवलमा चैत ७ गतेदेखि तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ।

    बुटवल ब्याडमिन्टन क्लवको आयोजनामा चैत ७,८ र ९ गते प्रतियोगिता हुने आयोजकले सोमबार क्लवको कवर्ड हलमा पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ।

    ३ दिने प्रतियोगिताको तयारी विभिन्न उपससमिति गठन गरि शुरु भएको क्लबका द्घितिय उपाध्यक्ष तथा खेल संयोजक तुल्सीराम भट्टराई (शम्भु) ले बताए। मेन्स सिगल, वुमन्स सिगल, मेन्स डबल्स, भेट्रान्स ४५ प्लस, भेट्रान्स ५५ प्लस तथा मास्टर भेट्रान्स ६० प्लस डबल्स गरि ६ विधामा प्रतियोगिता खेलहरु नवदिलिप कवर्ड हल र लुम्बिनी कवर्ड हल गरि दुई स्थानमा खेलाईने उनले बताए।

    मेन्स सिंगलका प्रथम, द्घितिय र तृतियलाई नगद ५० हजार, ३० हजार र २० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ। यसैगरि वुमन्स सिंगलका प्रथम, द्घितिय, तृतियलाई नगद ३० हजार, २० हजार र १० हजारसहित कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ। 


    यसैगरि मेन्स डबल्समा प्रथम, द्घितिय र तृतिय टिमले नगद ५० हजार, ३० हजार र २० हजार रुपैया पुरस्कृत गरिने छ। यसैगरि भेट्रान्स ४५ प्लस डबल्समा प्रथम, द्घितिय र तृतियलाई क्रमश ४० हजार, ३० हजार र २० हजार रुपैयासहित पुरस्कृत गरिने छ।

    यसैगरि भेट्रान्स ५५ प्लस डबल्समा प्रथम, द्घितिय र तृतियलाई नगद २० हजार, १५ हजार र १० हजार रुपैयाँ सहित  पुरस्कृत गरिने छ। यसैगरि मास्टरतर्फ प्रथम, द्घितिय र तृतियलाई क्रमश १५ हजार, १० हजार र ५ हजार रुपैयासहित पुरस्कृत गरिने बताए।

    प्रतियोगितामा ३ सय बढि खेलाडी र २० हजार बढी दर्शकबाट अवलोकन हुने बताए। करिब साढे २६ लाख रुपैया खर्च हुने आयोजकको अनुमान रहेको छ।
    कार्यक्रममा क्लबका अध्यक्ष पंकज ज्ञवालीले नेपाल ब्याडमिन्टन संघको सहकार्यमा आयोजना हुने प्रतियोगितामा राष्ट्रिय रेकिङ खेलाडीहरु भित्रने बताए।

    खेलाडीहरुलाई प्रोत्साहन हुने गरि प्रतियोगिताको निरन्तरता जरुरी रहेको उनले बताए। खेल गतिविधिसंगै सामाजिक क्षेत्रमा समेत महत्वपूर्ण योगदान दिदै आएको उनले बताए। 
    क्लबमार्फत विभिन्न मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता, क्षेत्रियस्तरको ५ पटक, राष्ट्रियस्तरको २ पटक, अन्तरविद्यालय प्रतियोगिता ३ पटक र मुख्यमन्त्री कप ब्याडमिन्टन प्रतियोगिता गरेको छ। दोस्रो संस्करणमा मेन्सतर्फ प्रिन्स दाहाल र वुमन्सतर्फ रसिला महर्जन विजेता रहेको सचिव भानु केसीले बताए।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij