२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

सामुदायिक वनले फोहोर फाल्न नदिएपछि कावासोतीमा एक सातादेखि फोहोर उठ्न सकेन

सामुदायिक वनले फोहोर फाल्न नदिएपछि कावासोतीमा एक सातादेखि फोहोर उठ्न सकेन

सामुदायिक वनले फोहोर फाल्न नदिएपछि कावासोतीमा एक सातादेखि फोहोर उठ्न सकेन

सामुदायिक वनले फोहोर फाल्न नदिएपछि कावासोतीमा एक सातादेखि फोहोर उठ्न सकेन

सामुदायिक वनले फोहोर फाल्न नदिएपछि कावासोतीमा एक सातादेखि फोहोर उठ्न सकेन
श्रेष्ठ नवलपरासी (बसुपू) मा रहेर पत्रकारितामा क्रियाशिल छन् ।
सोमवार, फाल्गुण १२ २०८१
सोमवार, फाल्गुण १२ २०८१

  • नवलपुर । नवलपुरको कावासोती १६ मा रहेको अंकुर सामुदायिक वनले फोहोर फाल्न नदिएपछि कावासोतीको फोहोर एक साता देखि उठ्न छाडेको छ ।


    कावासोती नगरपालिका र सामुदायिक वन बीच भएको सहमति अनुसार फोहोरलाई वर्गीकरण गर्ने, कुहिने फोहोरलाई कम्पोष्ट मलको रुपमा परिणत गर्ने, नकुहिने फोहोरलाई थप वर्गीकरण गरी विक्री हुने चिजलाई विक्री गर्ने लगायतको व्यवस्थापन गर्ने भन्दै कावासोती नगरपालिकाले अंकुर सामुदायिक वनको नजिकै केरुङ्गे खोला छेउमा विगत ५ बर्षदेखि फोहोर फाल्दै आएको थियो ।


    अहिले फोहोर उठ्न छाडेपछि बजार दुर्गन्धित बन्न थालेको कावासोती १६ का स्थानीय बासिन्दा हरि केसीले बताए ।
    कावासोती नगरपालिकाका नगर प्रमुख विष्णुप्रसाद भुसालले सामुदायिक वनले फोहोर फाल्न लिखित पत्र दिएर रोकेको जानकारी गराउँदै उनले फोहोर फाल्ने क्षेत्रलाई व्यवस्थित गराउन कार्यपालिकाको वैठक बसेर थप निर्णय लिइने बताए । 


    यता अंकुर सामुदायिक वनका अध्यक्षका लोकबहादुर केसीले आफूहरुलाई नगरपालिकाले झुक्काएको बताए । उनले नगरपालिकाले कुनै पनि दुर्गन्ध नआउने गरी फोहोर व्यवस्थापन सञ्चालन गर्ने, फोहोरलाई वर्गीकरण गरेर कुहिने फोहोरलाई कम्पोष्ट मल गराउने लगायतका कुरा गरेर फोहोर फालेको भए पनि अहिले त्यसो नगरेको अध्यक्ष लोकबहादुर केसीले बताए ।


    नगरपालिकाले फोहोर उठाउनका लागि बर्षेनी टेण्डर आव्हान गरेर ठेक्कामा फोहोर उठाउन दिने गरेको छ । जस वापत नगरपालिकाले फोहोर संकलन गर्दा घरघरबाट उठेको रकमको २४ प्रतिशत रकम लिने गरी ठेक्का लगाएको हो ।
    फोहोर व्यवस्थित नगर्दा कावासोती ३ का बासिन्दाले दुर्गन्ध सहन बाध्य भएका छन् भने कतिपय अवस्थामा विषाक्त खाना खाएर मरेका कुकुर विरालो, स्याल आदिको सिनो खाएर उक्त फोहोर फाल्ने गरेको आसपासको क्षेत्रमा बर्षेनी दर्जनौको संख्यामा गिद्ध मर्ने गरेको पाइने समेत गरेको छ ।


    त्यसैगरी फोहोर फाल्न जाने ट्याक्टर चालक तथा मजदुरहरुले घरघर तथा बजारबाट उठाएको फोहोर बाटो बाटोमा खसाल्दै हिड्ने गरेको समेत पाइएको छ । फोहोर फाल्ने क्षेत्रमा अहिले फोहोर पहाड बनेको छ । 


    कावासोती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लिलाराज पौडेलले अंकुर सामुदायिक वनका पदाधिकारीहरुलाई छलफल सहमतिमा पुगेको बताए । उनले भने – अब केही दिनमा फोहोर उठ्छ । फोहोर उठाउनु पूर्व फोहोर फालिएको ठाउँमा सरसफाई गर्ने र त्यसपछि थप प्रक्रिया अगाडि बढाएर फोहोर उठाइने छ ।’
    अध्यक्ष केसीले भने सहमति भएको जानकारी दिंदै सहमति भए पनि सहमति अनुसार पहिलो काम नभए तत्काल फोहोर फाल्न नदिने बताए । सहमति अनुसार फटाफट काम भए पनि बजारको फोहोर उठ्न अझै सातादिन लाग्ने उनको भनाई छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij