२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

बुटवलमा सर्वाधिक पुरस्कार राशीको  राष्ट्रिय स्नूकर  प्रतियोगिता शुरु

बुटवलमा सर्वाधिक पुरस्कार राशीको  राष्ट्रिय स्नूकर  प्रतियोगिता शुरु

बुटवलमा सर्वाधिक पुरस्कार राशीको  राष्ट्रिय स्नूकर  प्रतियोगिता शुरु

बुटवलमा सर्वाधिक पुरस्कार राशीको  राष्ट्रिय स्नूकर  प्रतियोगिता शुरु

बुटवलमा सर्वाधिक पुरस्कार राशीको  राष्ट्रिय स्नूकर  प्रतियोगिता शुरु
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, फाल्गुण १२ २०८१
सोमवार, फाल्गुण १२ २०८१
  •  
    बुटवल,१२ फागुन ।
    बुटवलमा सर्वाधिक पुरस्कार राशीको प्रथम अल नेपाल बुटवल मेयर कप ओपन स्नुकर च्याम्पियनसीप प्रतियोगिता सोमबारदेखि शुरु भएको छ ।

    प्रतियोगिताको सोमबार एक कार्यक्रमकाबीच बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उद्घाटन गरेका हुन् ।

    नगर प्रमुख पाण्डेयले बुटवललाई शिक्षा,स्वास्थ्य र  खेलकुदको हबको रूपमा विकास गर्ने उदेश्यले बुटवल उपमहानगरपालिकाले खेलकुदको क्षेत्रमा करोडौं रकम लगानी गरेको बताए ।

    राष्ट्रिय स्तरको प्रतियोगिता सञ्चालन हुँदा देशभरबाट युवाहरूको सहभागीता हुने भएकोले खेलकुदको माध्यमबाट पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने पाण्डेयले विस्वास ब्यक्त गरे ।

    खेलकुदमा लगानी गर्नु युवाहरूमा लगानी गर्नु हो भन्दै उनले खेलकुद प्रतियोगिताको माध्यमबाट युवाहरूको मनोभावना बुझ्न सकिने उल्लेख गरे ।

    नेपाल विलियर्डस स्नुकर तथा पुल संघका केन्द्रीय अध्यक्ष सरोजकुमार मुल्मीले नेपालको  स्नुकर खेलको इतिहासमै बुटवलको प्रतियोगिता सर्वाधिक पुरस्कार राशिको भएकाले उल्लेख गर्दै यसले स्नुकर खेलको उचाई थप माथि पु¥याउने बताए ।

    बिगतमा राजधानी काठमाडौंमा मात्रै हुदै आएको राष्ट्रिय स्तरको प्रतियोगिता पछिल्लो समय बुटवललगायतका ठाउँमा पनि हुन थालेको भन्दै उनले यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा महत्त्वपूर्ण योगदान दिने विश्वास ब्यक्त गरे ।

    यस खेलमा महिला खेलाडीहरूलाई पनि सहभागी गराउन जरुरी रहेको बताउदै उनले त्यसका लागि महिलाहरूलाई पहिले तालिमको ब्यवस्था गर्नुपर्नेमा जोड दिए ।

    कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रवक्ता शिव रानाले बिगतमा यो खेललाई समाज र प्रहरी प्रशासनले राम्रो नजरले नहेर्ने गरेको स्मरण गर्दै पछिल्लो समय यो खेल प्रति सकारात्मक धारणाको विकास भएको बताए ।

    नेपाल बिलियर्डस स्नुकर तथा पुल संघ रूपन्देहीका अध्यक्ष सुजन पुनले रुपन्देही स्नुकर खेलको उर्वरभुमी भएकाले यहां राष्ट्रिय प्रतियोगिता आयोजना गर्दा खेलाडीको प्रोत्साहन हुने बताए । उनले नेपालकै सर्वोत्कृष्ट स्नूकर खेलाडी रेगन श्रेष्ठले हालै मात्र बुटवलका श्रीलंकामा सम्पन्न सागस्तरीय प्रतियोगितामा नेपाललाई पहिलो पदक दिलाउन सफल भएको स्मरण गर्दै प्रतियोगिताका अवसरमा उनलाई सम्मान गरिने बताए । 
     कार्यक्रममा संघका प्रथम उपाध्यक्ष बासु प्रधान,महासचिव प्रकाश क्षेत्रीलगायतले सर्वाधिक राशीको प्रतियोगिता बुटवलमा आयोजना हुनु प्रदेशकै गौरवको विषय भएको बताए । 
    नेपाल बिलियर्डस् स्नुकर एण्ड पुल एशोसियसन रुपन्देही र खस्यौली स्नुकर क्लबको आयोजनामा सञ्चालित प्रतियोगितामा देशका प्रमुख शहरबाट १२८ जना खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।

    फागुन २१ गतेसम्म चल्ने प्रतियोगिताको विजेता खेलाडीले ३ लाख ३ हजार, उपविजेताले १ लाख १ हजार रुपैया र हाइएस्ट ब्रेकरले ५५ हजार रुपैया नगद पुरस्कार प्राप्त गर्ने अध्यक्ष पुनले बताए । सेमिफाईनलमा पुग्ने खेलाडीहरुलाई नगद ३०–३० हजार रुपैया, राईजिङ स्टार र अनुशासित खेलाडीलाई स्नुकर स्टिकबाट पुरस्कृत गरिने खेल संयोजक शिशिर गुरुङले बताए ।

    स्नुकरमा हालसम्मकै सर्वाधिक पुरस्कार राशीको यो प्रतियोगिताले बुटवलको पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने आयोजकको विश्वास छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij