परासी । पश्चिम नवलपरासीमा खाद्य तथा दाना सम्बन्धी नयाँ ऐन नियम मापदण्ड बारे सरोकारवालहरुसंग अन्तरक्रिया कार्यक्रम गरिएको छ । खाद्य प्रबिधी तथा गुण नियन्त्रण कार्यालय भैरहवा रुपन्देहीको आयोजनामा जिल्लाका व्यवासय तथा सरोकारवाहरुसंग खाद्य तथा दाना सम्बन्धी नयाँ ऐन नियम मापदण्ड अन्तरक्रिया कार्यक्रम गरेको हो । कार्यक्रममा व्यवसायीहरुलाई खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ जारी गरी कार्यान्वयनमा ल्याएकोा बिषयबारे सचेत गराईएको छ ।
सरकारले मानव स्वास्थ्यमा असर गर्ने खालका वस्तुको उत्पादन वा बिक्री वितरण गरेमा पाँच वर्ष कैद वा पाँच लाख रुपियाँसम्म जरिबाना गर्ने गरी कानुन संशोधन गरी कार्यान्वयनमा ल्याएको छ ।
खाद्य प्रबिधी तथा गुण नियन्त्रण कार्यालय भैरहवा रुपन्देही खाद्य अनुसान्धान अधिकृत श्रवण कुमार ढुङ्गनाले संशोधित ऐनमा गुणस्तरहीन खाद्यवस्तुको उत्पादन, प्रशोधन, निकासी, पैठारी, ढुवानी वा बिक्री वितरण गरेमा वा राखेमा अधिकतम पाँच लाख जरिबानासहित पाँच वर्षसम्म कैद वा दुवै सजाय गर्ने व्यवस्था गरिएको जानकारी गराएका थिए ।
अनुमतिपत्र नलिई खाद्य व्यवसाय सञ्चालन गरेमा, पैठारी गर्नुअघि स्वीकृत वा प्रवेश अनुमति नलिई खाद्य पदार्थ पैठारी गरेमा, दूषित खाद्य पदार्थको उत्पादन, प्रशोधन, निकासी, पैठारी, सञ्चय, ढुवानी वा बिक्री वितरण गरेमा पनि कारबाही हुने ढुङ्गनाले बताए ।
खाद्य अनुमतिपत्र लिदा पहिला एक बर्षको हुने गरेको तर खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ मा खाद्य अनुमतीपत्रमा पाँच बर्षको सशोधन भएर आएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका कार्यालय प्रमुख अनुप हलवाईले जानकारी दिए ।कार्यक्रमा व्यवासयीहरुले सरकारले कालो बजारी शब्द हटाउन माग गरेका छन । अनुगमन गर्दा व्यवहारिक बाटो पनि हेरी दिनुपर्नेमा व्यवसायीहरुको जोड थियो ।
व्यवासयीहहरुले महेशपुर भन्सार नाकाबाट खाद्य पदाथृको सामान ल्याउदाँ क्वारेन्टाईन चेक नहुदाँ यहाँ व्यवासयीहरु मर्कामा परेको बताएकाछन कार्यक्रममा जिल्ला समन्वय समितीका प्रमुख भगौतीप्रसाद यादव घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख पुरुषोत्तम पौडेल नवलपरासी उद्योग बाणिज्य संघ अध्यक्ष ओमप्रकाश अग्रहरी,संघका बाणिज्य उपाध्यक्ष राजेश गुप्ता ,उद्योग उपाध्यक्ष गिरीराज पाण्डेय लगायतले धारण राखेका थिए ।




