२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

दुग्धजन्य वस्तुको आयात रोक

दुग्धजन्य वस्तुको आयात रोक

दुग्धजन्य वस्तुको आयात रोक

दुग्धजन्य वस्तुको आयात रोक

दुग्धजन्य वस्तुको आयात रोक
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, फाल्गुण १३ २०८१
मंगलवार, फाल्गुण १३ २०८१
  • दुई वर्षअघि कृषि मन्त्रालयले आन्तरिक उत्पादनको बजार प्रवद्र्धन गर्न दुग्धजन्य वस्तु आयातमा रोक लगाएको थियो । तर भारतलगायत विभिन्न मुलुकबाट यो अवधिमा दुग्धजन्य वस्तु आयात भइरहेको भन्सार विभागको तथ्याङ्क छ । आन्तरिक उत्पादनले बजार नपाउने, तर अन्य मुलुकको उत्पादनले बजार लिँदा नेपालमा दुग्ध व्यवसाय झनै जोखिममा परेको छ । 


    कृषि मन्त्रालयले आयातमा रोक लगाएपछिको अवधिमा समेत ३६८ मेट्रिक टन दुग्धजन्य पदार्थ आयात भएको भन्सार विभागको तथ्याङ्क छ । ती सामग्री १७ करोड ६५ लाख रुपैयाँ मूल्य बराबरको रहेको विभागले जनाएको छ । दुग्ध विकास संस्थानसहित अन्य डेरी उद्योगले किसानबाट खरिद गरेको दूधको भुक्तानी दिन सकिरहेका छैनन् । सरकारले दुग्ध विकास संस्थानलाई सोधभर्ना गर्ने गरी किसानलाई दूधको भुक्तानी दिन पैसा उपलब्ध गराए पनि निजी डेरीले भुक्तानी नदिँदा दुग्ध उत्पादक किसान मर्कामा परेका छन् । दुग्ध विकास संस्थानले उत्पादन गरेको घ्यूलगायत दुग्ध उत्पादन बिक्री हुन सकिरहेको छैन । एकातिर आन्तरिक उत्पादनको बजार प्रवद्र्धन हुन नसकिरहेको बेला आयात रोक्ने निर्णय कार्यान्वयन नहुनु किसानमाथिको खेलाँची हो । 
    निर्णय गर्ने, तर कार्यान्वयन नगर्ने सरकारी रवैयाले सरकारप्रति नागरिकको भरोसा र विश्वास टुट्दै जाने जोखिम बढ्छ । कृषि मन्त्रालयले गरेको निर्णय अर्थ हुँदै भन्सार विभाग पुग्नु पर्दथ्यो । त्यो निर्णय कार्यान्वयन गर्न अन्तरमन्त्रालय सहकार्य र समन्वय आवश्यक हुनुपर्दथ्यो । सरकारी निकायबिचको समन्वयको अभावले पनि कतिपय निर्णय अलपत्र पर्ने गरेका छन् ।


    मनपरी आयातले आन्तरिक उत्पादनको बजार जोखिममा परिहेको विषय संवेदनशील हो । आन्तरिक बजारलाई आफ्नै उत्पादनले भरथेग गर्न सकिन्छ भनेसकेसम्म आयात रोक्नु अपरिहार्य छ । आयात रोक्न सक्दा मात्रै आन्तरिक उत्पादनले बजार पाउने हो । दुग्धजन्य उत्पादनको बजार विस्तार गर्न दुई वर्षअघि भएको आयात रोक्ने निर्णय कार्यान्वयन गर्नुपर्छ । दुग्धजन्य उत्पादनमा आत्मनिर्भर हुँदै गएको बेला आयात पूर्णत रोक्नु आवश्यक छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij