२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

होर्डिङ बोर्डका नाममा शुल्क अशुलीमा ज्यादति गरेको भन्दै नगरपालिकालाई ४ संस्थाका ५ वुँदे ज्ञापन

होर्डिङ बोर्डका नाममा शुल्क अशुलीमा ज्यादति गरेको भन्दै नगरपालिकालाई ४ संस्थाका ५ वुँदे ज्ञापन

होर्डिङ बोर्डका नाममा शुल्क अशुलीमा ज्यादति गरेको भन्दै नगरपालिकालाई ४ संस्थाका ५ वुँदे ज्ञापन

होर्डिङ बोर्डका नाममा शुल्क अशुलीमा ज्यादति गरेको भन्दै नगरपालिकालाई ४ संस्थाका ५ वुँदे ज्ञापन

होर्डिङ बोर्डका नाममा शुल्क अशुलीमा ज्यादति गरेको भन्दै नगरपालिकालाई ४ संस्थाका ५ वुँदे ज्ञापन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, फाल्गुण १३ २०८१
मंगलवार, फाल्गुण १३ २०८१
  • बुटवल । रुपन्देहीमा क्रियाशिल ४ वटा व्यवसायीक संस्थाहरुको मंगलवार बसेको संयुक्त बैठकले बुटवल उपमहानगरपालिकाले उद्योग तथा व्यवसायीक चिनारीका लागि राखिएका होर्डिङ वोर्डका नाममा रकम अशुल्ने विषयमा ठेकेदारको ज्यादती र त्रासदीपूर्ण व्यवहार खेदजनक भएको बताउदै त्यसको तत्काल समाधान गर्न अनुरोध गर्दै समस्या समाधान नभएमा आन्दोलनको कार्यक्रम अगाडी बढाउने चेतावनी दिएको छ । 


    रुपन्देही व्यापार संघको पहलमा संघको कार्यालयमा मंगलवार बसेको बैठकले उद्योग तथा व्यवसायीक चिनारीका लागि राखिएका होर्डिङ वोर्डका नाममा रकम अशुलेको विषयमा गम्भिर ध्यानाकर्षण भएको जनाउदै आर्थिक मन्दीको अवस्थामा विज्ञापन करको नाममा रकम अशुल्ने व्यवहारिक नभएको बताउदै तत्काल समस्या समाधानका लागि नगरपालिकासंग अनुरोध गरेको छ । 


    बैठकले ठेकेदारको ज्यादती र त्रासदिपूर्ण व्यवहार खेदजनक भएको र त्यस प्रकारका गतिविधिप्रति बुटवल उपमहानगरपालिकाले नैतिक जिम्मेवारी लिनु पर्ने बताउदै आगामी दिनमा त्यस प्रकारका व्यवहार नदोरिने वातावरण सिर्जना गर्न आग्रह गरिएको छ । 


    बैठकले बुटवल  उपमहानगरपालिकाभित्र गणेश एण्ड सन्स कन्ट्रकसनले विभिन्न व्यवसायीक व्यवसायीक प्रतिष्ठानमा राखिएका चिनारी वोर्डहरुगरिएको तोडफोडको उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेको छ । 


    बैठकले तत्काल देखिएको समस्याको समाधान गरि आगामी वर्षका लागि बुटवल उपमहानगरपालिका र व्यवसायीक संघसंस्थाविचको छलफल र सहकार्यबाट कार्यविधि बनाई अगाडी बढ्नु पर्ने सुझाव दिएको छ । 


    बैठक पछि ४ वटै संस्थाले संयुक्त रुपमा बुटवल उपमहानगरपालिकालाई ५ बुदे ध्यानाकर्षण पत्र बुझाएको छ । ज्ञापनपत्रमा रुपन्देही व्यापार संघका अध्यक्ष दिपक अधिकारी, रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटा, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्याल र उद्योग व्यापार संघका अध्यक्ष विष्णु प्रसाद पाण्डेले हस्ताक्षर गर्नु भएको छ । बैठकमा चार वटै संस्थाकाका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

    Messenger_creation_8F0045B0-99A4-4C2D-BF6E-0E113FC01D9E.jpeg

    Messenger_creation_6468439C-11F1-4C65-BB96-2BB013ADCDAC.jpeg

    Messenger_creation_2374A7A6-2B3D-4C04-835B-631766C938E8.jpeg

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij