२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

बुटवलमा जारी स्नूकरको महाकुम्भमा आज २० खेल हुंदै

बुटवलमा जारी स्नूकरको महाकुम्भमा आज २० खेल हुंदै

बुटवलमा जारी स्नूकरको महाकुम्भमा आज २० खेल हुंदै

बुटवलमा जारी स्नूकरको महाकुम्भमा आज २० खेल हुंदै

बुटवलमा जारी स्नूकरको महाकुम्भमा आज २० खेल हुंदै
लुम्बिनी पत्रिकाका सह-सम्पादक शर्मा करिब २ दशक देखी पत्रकारितामा क्रियाशील छन् । उनले सममामयीक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
बुधवार, फाल्गुण १४ २०८१
बुधवार, फाल्गुण १४ २०८१

  • बुटवल । इन्डोर गेम भएकाले धेरैलाई स्नूकर बारे थाहा नहुन सक्छ । स्नुकर खेलको नाम सुनेकालाई पनि यो कस्तो खेल हो ? कसरी खेलिन्छ भन्ने यथार्थ जानकारी नहुन सक्छ । अन्तर्राष्ट्रियस्तरमा स्नूकर खेललाई निकै प्रतिष्ठित र स्तरीय खेल मानिन्छ । तर नेपालमा भने अझै ओझेलमै छ । बरु कतिपयले स्नूकर खेल खेल्नेहरुलाई नकारात्मक दृष्टिले हेर्ने र गलत धारणा बनाएर लाञ्छना लगाउने गरेको पनि पाइन्छ । तर यो खेल सुटेड बुटेड भएर शान्त वातावरणमा खेलिने जेन्टल (भद्र)  खेल हो भन्ने कमैलाई थाहा छ । यही स्नूकरको महाकुम्भ मेला  फागुन १२ देखि  बुटवल अमरपथको सिंह कम्प्लेक्सस्थित खस्यौली स्नूकर क्लबमा जारी छ ।  सर्वाधिक पुरस्कार राशीको प्रथम अल नेपाल बुटवल मेयर कप ओपन स्नुकर च्याम्पियनसीप प्रतियोगितामा देशका प्रमुख शहरबाट एक से एक चर्चित र कुशल खेलाडीहरु बुटवल आइरहेका छन् । फागुन २१ गतेसम्म चल्ने यो खेलको प्रतियोगिता निशुल्क हेर्न पाइने आयोजकले व्यवस्था गरेका छन् । 


    national snooker.jpg‘हालसम्मकै सर्वाधिक तीन लाख पुरस्कार राशी भएकाले पनि यो प्रतियोगितामा देशभरिका राम्रा खेलाडीको सहभागिता छ ,  खेल निशुल्क हेर्न पाइने व्यवस्था गरेका छौं, त्यसैले यो प्रतियोगिता स्नूकर खेल नबुझेका लाई बुझ्ने मौका र अवसर हो, एकपटक यो प्रतियोगिता अवलोकन गरेपछि स्नूकर खेलका बारेमा भएका गलत धारणा सकारात्मकमा बदलिन्छन्’–   नेपाल विलियर्डस स्नुकर तथा पुल संघ रुपन्देहीका अध्यक्ष सुजन पुनले भने –‘यो प्रतियोगिताले रुपन्देहीलाई  खेल पर्यटनका माध्यमबाट पनि चिनाउन टेवा पुग्ने छ ।’ 
    सरकारले यो खेललाई चिनेर अन्य खेलमा जस्तै लगानी गर्ने हो भने क्रिकेट भन्दा लोकप्रिय बनाउन सकिने अध्यक्ष पुनको आत्मविश्वास छ । 
    नेपाल विलियर्डस स्नुकर तथा पुल संघका  केन्द्रीय अध्यक्ष सरोजकुमार मुल्मीले नेपालमा  स्नुकर खेलको इतिहासमै बुटवलको प्रतियोगिता सर्वाधिक पुरस्कार राशिको महाकुम्भ प्रतियोगिता भएकाले यसले स्नुकर खेलको उचाई थप माथि पु¥याउने बताए ।

    श्रीलंकामा सम्पन्न सागस्तरीय प्रतियोगितामा नेपाललाई पहिलो पदक दिलाउन सफल नेपालकै सर्वोत्कृष्ट स्नूकर खेलाडी बुटवलका रेगन श्रेष्ठले बुटवलमा राष्ट्रिय स्तरको र सबैभन्दा धेरै पुरस्कार राशीको प्रतियोगिता आयोजनाले खेलाडीमा उत्साह थपिएको  बताए । बिगतमा काठमाडौंमा मात्रै हुदै आएको राष्ट्रिय स्तरको प्रतियोगिता बुटवलमा हुन थालेको भन्दै उनले यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा महत्त्वपूर्ण योगदान दिने विश्वास ब्यक्त गरे ।
    ‘रुपन्देही स्नूकर खेलको उर्बर भूमि हो भन्दा फरक पर्दैन,त्यसैले यहां राष्ट्रियस्तरका प्रतियोगिता जरुरी थियो, जुन यसपटक सम्भव भयो, यसले खेलाडी उत्पादन र प्रोत्साहन संगै रुपन्देहीको उचाई माथि पुराएको छ’–श्रेष्ठले भने । नेपाल बिलियर्डस् स्नुकर एण्ड पुल एशोसियसन रुपन्देही र खस्यौली स्नुकर क्लबको आयोजनामा सञ्चालित प्रतियोगितामा देशका प्रमुख शहरबाट १२८ जना खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।

    प्रतियोगिताको विजेता खेलाडीले ३ लाख ३ हजार, उपविजेताले १ लाख १ हजार रुपैया र हाइएस्ट ब्रेकरले ५५ हजार तथा सेमिफाईनलमा पुग्ने खेलाडीहरुलाई नगद ३०–३० हजार रुपैया, राईजिङ स्टार र अनुशासित खेलाडीलाई स्नुकर स्टिकबाट पुरस्कृत गरिने खेल संयोजक शिशिर गुरुङले बताए ।

    स्नुकरमा हालसम्मकै सर्वाधिक पुरस्कार राशीको यो प्रतियोगिताले बुटवलको पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने आयोजकको विश्वास छ ।
    प्रतियोगिता अन्तर्गत आज २० खेल हुंदैछन् । बिहान १० बजेदेखि ५ वटा टेबलमा एकसाथ ५ खेल हुदैछन् । अरु ५ खेल दिउसो १२ बजे, थप ५ खेल ३ बजे र अरु ५ खेल ५ बजे शुरु हुने खेल संयोजक शिशिर गुरुङले जानकारी दिए । 
     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij