रूपन्देहीको तिलोत्तमा नगरपालिका-१७ स्थित दरखसहवामा अहिले सुविधा सम्पन्न क्रिकेट मैदान निर्माण भइरहेको छ । ठूलो लगानीको यो क्रिकेट मैदान सरकारले नभएर अष्टे«लियामा सूचनाप्रविधिसम्बन्धी व्यवसाय गर्दै आएका गुल्मीका विनोद कुँवरले गर्न लागेका हुन् । उनले क्रिकेट मैदान निर्माण गरेर विदेशको कमाई स्वदेशमा राम्रो काममा लगानी गर्न सकिन्छ भन्ने सन्देश दिएका छन् ।
विनोद दशकअघि अष्टे«लिया अध्ययनको शिलशिलामा पुगे । काम गर्दै पढेका उनले रोजगारी गर्दै आफ्नै कम्पनी खोलेर काम गरे । कोभिडकालमा उनको आम्दानी ह्वात्तै बढ्यो । उनले कमाएको पैसा ले देशको लागि केही गरौं भन्ने हुटहुटी चल्यो, क्रिकेटका फ्यान उनले मुलुककै सुविधासम्पन्न क्रिकेट मैदान बनाउने निर्णय लिए । अहिले निर्माण भइरहेको त्रिकेट मैदानको लाग ६० करोड पुग्ने अनुमान गरिएको छ । विदेशमा कमाएको पैसालाई उत्पादनमूलक काममा लगाउन बेवास्ता गर्ने तर सरकारलाई गाली गर्ने प्रवृत्ति बढिरहेको बेला उनी एक रोलमोडल युवा हुन्, जसले देश बनाउने काम सरकार एक्लैको मात्रै होइन्, सबैको हो भन्ने सन्देश प्रवाह भएको छ । विदेशको प्रविधि, सीप र पुँजी लगानी गरेर धेरै काम गर्न सकिन्छ ।
जलविद्युत्, व्यापारिक कम्पलेक्स, होटल जस्ता लगानीका क्षेत्रमा पर्याप्त लगानी आउन सकिरहेको छैन । सरकारले विदेशमा बसेर कमाउँदै आएकालाई लगानी गर्न सहज गर्न कानुनमा सुधार पनि गरेको छ । तर सरकारप्रति गुनासो गरिरहने बानी परेकाहरुले विनोदबाट पाठ सिक्नुपर्छ । अहिले अमेरिका, अष्ट्रेलिया, बेलायत, जापानलगायत विभिन्न मुलुकमा रोजगारी र व्यवसाय गरेर राम्रो आम्दानी गर्नेहरु धेरै युवा छन् । उनीहरुको लगानी यहाँ आवश्यक छ । विभिन्न उत्पादनमूलक क्षेत्रमा लगानी गरेर उनीहरुले आम्दानी गर्न सक्छन् । उनीहरुको लगानीबाट देशले लाभ पाउन सक्छ ।
सरकारप्रति गुनासो होइन्, सरकारलाई सिक्न बाध्य पार्ने काम गरेका छन् उनले । विनोदले एक्साटे«क ओभल क्रिकेट स्टेडियममा छिटो फ्लड लाइट जडान भएको छ । प्रधानमन्त्रीको विशेष चासो रहेको र्कीतिपुरको क्रिकेट मैदानमा छिटो फ्लड लाइट जडान गर्न दबाब परेको छ । निजी क्षेत्रले छिटो काम गर्न सक्छ, थोरै लागतमा गर्न सक्छ, सरकारी काम ढिला हुने र लागत बढी किन हुन्छ भन्ने प्रश्नको उत्तर पनि खोजिनुपर्छ ।




