२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

आक्रोशले निम्त्याएको विनाश

आक्रोशले निम्त्याएको विनाश

आक्रोशले निम्त्याएको विनाश

आक्रोशले निम्त्याएको विनाश

आक्रोशले निम्त्याएको विनाश
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, फाल्गुण १५ २०८१
बिहिवार, फाल्गुण १५ २०८१
  • युवा–युवतीको प्रेम सम्बन्धलाई लिएर झडप हुँदा नवलपरासी सुस्ता बर्दघाट पश्चिमको पाल्हीनन्दन गाउँपालिका–३ बेलासपुरमा एकजनाको मृत्यु भएको छ । अन्य डेढ दर्जन घाइते हुनुको साथै प्रहरीको गाडी र स्थानीय एक व्यवसायीको कवाड गोदाममा आगजनी भएको छ । 


    युवा युवतीले प्रेम गरे, विवाह गरे । त्यही विषयमा दुई समुदायबिच द्वन्द्व बढ्यो, झडप भयो । जे नहुनुपर्ने थियो, त्यही भयो । समाजमा सामान्य विषयमा आक्रोश चुलिएर झडप हुने र प्रहरीले बल प्रयोग गर्नुपर्ने स्थिति निम्तिनु सामान्य होइन् । दुई पक्षबिच छलफल गरी समस्या समाधान गर्न सकिने र असमझदारीलाई समझदारीमा ल्याउन सकिने स्थिति हुँदाहुँदै स्थिति झड्कियो ।

    प्रहरीले अश्रुग्याँस र हवाई फायर ग¥यो । सामान्य विवादमा व्यवसायीको कवाड गोदाम र प्रहरी गाडीमा आगजनी गरेर जुन अमर्यादित र अशोभनीय व्यवहार प्रदर्शन गरियो, यो व्यवहार सभ्य समाजका लागि राम्रो होइन । प्रहरीले आगजनी गर्ने चार महिलासहित पाँच जनालाई पक्राउ गरेको छ । गाडीमा आगजनी र प्रहरीलाई ढुङ्गा प्रहार गर्दा समेत प्रहरी संयमित भएको देखिन्छ । बरू गाडीमा आगजनी हुने बित्तिकै पुगेको दमकल र एम्बुलेन्स बाटैबाट फर्केर कमजोरी गरेका छन् । बेलैमा पुगेको भए आगजनीबाट क्षति कम हुन्थ्यो ।


    समाजमा युवायुवतीबिच प्रेम सम्बन्ध भएपछि विवाह हुने विषय आधुनिक समाजका लागि सामान्य हो । युवायुवतीबिचको सम्बन्ध उनीहरुको निजी विषय हो । यही विषयलाई लिएर दुई समुदायबिच द्वन्द्व श्रृजना गर्नु असामान्य हो । यस्तो द्वन्द्वले सामाजिक सद्भाव खल्बलिन्छ ।


    अब खल्बलिएको सामाजिक सद्भावलाई पहिलेकै अवस्थामा ल्याउन पहल हुनुपर्छ । यो कामको नेतृत्व स्थानीय सरकारले गर्न सक्छ । 


    स्थानीय तहका जनप्रतिनिधिले समाजमा भएको असमझदारीलाई समझदारीमा ल्याउन सक्छन् । अहिलेको असमझदारीलाई बेवास्ता गर्दा झनै जोखिम बढ्न सक्छ । सामाजमा शान्ति सुरक्षाको चुनौती बढ्ने हुँदा स्थानीय प्रशासन र  प्रहरीले पनि सहजीकरण गर्न सक्छन् । अब संभावित जोखिमको आँकलन गरी द्वन्द्व व्यवस्थापनमा लाग्न ढिलाइ गर्न हुन्न ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij