२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

मलद्वारमा लुकाएकाे पौने चार किलो सुन सहित ४ जना पक्राउ

मलद्वारमा लुकाएकाे पौने चार किलो सुन सहित ४ जना पक्राउ

मलद्वारमा लुकाएकाे पौने चार किलो सुन सहित ४ जना पक्राउ

मलद्वारमा लुकाएकाे पौने चार किलो सुन सहित ४ जना पक्राउ

मलद्वारमा लुकाएकाे पौने चार किलो सुन सहित ४ जना पक्राउ
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, फाल्गुण १५ २०८१
बिहिवार, फाल्गुण १५ २०८१
  • काठमाडौं । दुबईबाट आएको फ्लाई दुबईको एफजेएड ५७५ नम्बरको विमान बुधबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमनस्थलमा अवतरण भयो ।

    उक्त अन्य यात्रु जस्तै उक्त विमानमार्फत काठमाडौं आएका चार उज्बेकिस्तान नागरिक पनि विमानस्थलको सुरक्षा जाँच पास हुँदै बाहिरिए । अध्यागनको जाँच पास गरेर बाहिरिएका उनीहरूलाई कुनै शंकास्पद वस्तु बरामद भएन । जब अध्यागमन र भन्सारको जाँच पासबाट उनीहरू बाहिर त्यसपछि भने प्रहरीले उनीहरूलाई नियन्त्रणमा लियो । जब प्रहरीको टर्मिनल गेटमा चार उज्बेकिस्तानी नागरिक आइपुगे, त्यसपछि मात्रै शंका लागेर प्रहरीले उनीहरूलाई नियन्त्रणमा लियो ।

    प्रहरीले नियन्त्रमा लिएका व्यक्तिहरूको राहदानीमा अखमदजनोभ्ना डिल्फुजा मारिफालिब, इस्राइलोभ्ना साओदत फैजिवा, गुलामनोभन उमिदा अखमेदोभ र सरदार तुर्सुनोभ नाम उल्लेख छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख तथा एसएसपी सोमेन्द्रसिंह राठौरका अनुसार तुर्सुनोभ बाहेक अरू सबै महिला हुन् । बुधबार राति पौन ९ बजेतिर पक्राउ परेका उनीहरूबाट प्रहरीले ३ किलो ७४५ ग्रााम सुन बरामद गरेको छ ।

     

    मलद्वारमा लुकाइएको थियो सुन

    प्रहरीले पक्राउ परेका चारै जनाको मलद्वारबाट पौने चार किलो सुन बरामद गरेको छ । सुन गालेर गोल गुच्चाको आकारमा बनाएर ल्याइएको अवस्थामा प्रहरीले बरामद गरेको छ । सानो–सानो गुच्चाको आकारमो डल्लो बनाएपछि उक्त सुन चारै जनाले मलद्वारमा लुकाएर दुबईबाट काठमाडौं ल्याइपुर्‍याएको देखिएको छ ।

    जाँच गर्दा मलद्वारमा सुन लुकाएर ल्याएको भेटिएपछि उक्त सुन निकालिएको थियो । चार जानबाट २४ वटा गुच्चा आकारका डल्लामा सुन बरामद भएको छ । उक्त सुनको गन्तव्य तेस्रो मुलुक रहेको हुनसक्ने प्रहरीले आशंका गरेको छ । भारतलाई ट्रान्जिट बनाएर उनीहरूले सुन तेस्रो मुलुक लैजान लागेको प्रहरीको आशंका छ ।

    महिला भरिया, पुरुष मालिक

    प्रहरीको पारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका चार जनामा मालिक र भरिया दुवै रहेका छन् । एसएसपी राठौरका अनुसार अहिलेसम्मको अनुसन्धानले पक्राउ परेका तीन महिला भरिया रहेको देखाएको छ । पक्राउ परेका एक पुरुष भने मालिक रहेको देखिएको छ ।

    पक्राउ परेका महिलाले आफूलाई सुनबारे जानकारी नभएको र यसको सम्पूर्ण जानकारी तुर्सोनोभलाई हुने बयान दिएका छन् । स्रोतकाअनुसार केही रकम पाउने र नेपाल पनि घुम्न पाउने प्रलोभनमा परेर उनीहरू सुन बोकेर नेपाल आउन तयार भएको देखिएको छ ।

    उनीहरूलाई तुर्सोनोभले भरियाको रुपमा प्रयोग गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । यसअघिसम्म सुनका मालिक भने पक्राउ पर्ने अवस्था न्यून हुन्थ्यो । तर यो केसमा भने सुन मालिक पनि पक्राउ परेको प्रहरीको दाबी छ ।

    भन्सारलाई बुझाउने प्रहरी तयारी

    बरामद सुन र पक्राउ परेका चारै जनालाई विमानस्थल भन्सार कार्यालय बुझाउने प्रहरीको तयारी छ । भन्सार छली कसुरको अनुसन्धान प्रहरीको कार्यक्षेत्र नभई भन्सारको हुने भएकाले उनीहरूलाई भन्सार बुझाउने तयारी गरिएको एसएसपी राठौरले बताए ।

    भन्सारले उनीहरूमाथिको अनुसन्धान सकेपछि भन्सार छली तथा चोरी पैठारीमा मुद्दा चलाउने छ । पछिल्लो समय विमानस्थल प्रयोग गर्दै बाला, रिङको आकारमा सोनो परिमाणमा सुन तस्करी हुने गरे पनि ठूलो मात्रामा सुन तस्करी भएको थिएन ।

    डेढ वर्ष अघि २०८० साउनमा ब्रेक प्याडमा लुकाएर तस्करी गरेको सुन राजस्व अनुसन्धान विभागले भन्सार जाँच पास भइसकेपछि बरामद गरेको थियो । त्यसपछि भने ठूलो मात्रामा सुन तस्करी नभई थोरै परिमाणमा बाला, रिङको आकारमा तस्करी हुने गरेको थियो । अहिले भने फेरि करिब ४ किलो सुनसहित प्रहरीले चार विदेशीलाई पक्राउ गरेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij