२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

अमेरिकी राष्ट्रपतिले भनेका ठगहरूको विचल्ली

अमेरिकी राष्ट्रपतिले भनेका ठगहरूको विचल्ली

अमेरिकी राष्ट्रपतिले भनेका ठगहरूको विचल्ली

अमेरिकी राष्ट्रपतिले भनेका ठगहरूको विचल्ली

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
कुँवर वामपन्थी विचारक तथा राजनीतिक विश्लेषक हुन् । दैनिक लुम्बिनीका नियमित स्तम्भकार कुँवर राजनीति विषयमा विचार पोख्छन् ।
शुक्रवार, फाल्गुण १६ २०८१
शुक्रवार, फाल्गुण १६ २०८१
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो पटकको आगमनपछि विश्वमा केही नयाँ खाले मोड देखिन थालेको छ । आजसम्म अमेरिकाले दिने गरेको सहयोग रकम अर्थात युस एड (ग्क्ब्क्ष्म् ) आगामी  ९० दिन सम्मका लागि स्थगित गरिएको छ । रुस–युक्रेन बीचको युद्ध शान्ति वार्ता मार्फत अन्त्य गर्ने भनिएको छ । लामो समयपछि रुसी र अमेरिकी सरकारी प्रतिनिधिबिच यसै विषयलाई लिएर दुई पक्षीय भेटवार्ता भइसकेको छ । स्वयं युद्धरत युक्रेन विना नै अमेरिकी र रुसी प्रतिनिधिबिच त्यस्तो वार्ता भएको हो । अब छिट्टै यसै विषयलाई लिएर रुसी राष्ट्रपति पुटिन र अमेरिकी राष्ट्रपति ट्रम्पबिच प्रत्यक्ष भेटघाट वार्ता गर्ने तयारी भइसकेको छ । यी दुई राष्ट्रपतिबिच लामो फोन वार्ता र कुराकानी त भई नै सकेको छ । यता  इजराइल र प्लेस्टाइन हमासबिच अस्थायी युद्धविराम भएको छ । दुवै पक्षबाट युद्ध बन्दीहरु आदानप्रदान भइरहेको छ । 


    जेहोस् अमेरिकी राष्ट्रपति ट्रम्पको आगमनका दिनदेखि नै विश्वमा शान्ति प्रयासको थालनी भएकोमा विश्वव्यापी रुपमा केही शान्तिको आशा पलाएको छ । रुस–युक्रेन अनि इजराइल–प्लेस्टाइनबिचको युद्धले विश्वलाई केही आतंकित र तर्साएको अवस्था थियो ।  कतै तेस्रो विश्वको रियलसल विश्वमा हुन थालेको त होइन ? सबैमा यस्तै आशंकाले काम गरिरहेको थियो । हुनतः साम्रराज्यवाद भनेकै युद्ध हो र युद्ध भनेकै साम्रराज्यवाद हो । समूल रुपमा साम्रराज्यवादको अन्त्य नभएसम्म यस्तो युद्ध कहिले पनि रोकिने छैनन् । कुरा त्यत्ति हो कि अब युद्ध कहिले किन र को को सँग बिच हुने मात्र हो  ।


    रुस–युक्रेन र इजराइल–प्लेस्टाइनबिचको युद्धले विश्व दुई कित्तामा विभाजन हुनै लागेको थियो । अमेरिकी र रुसी खेमा । पहिलोमा अमेरिका–युरोपियन युनियन अनि इजराइल, जापान, दक्षिण, कोरिया भने अर्काेमा रुस–चीन–उत्तर कोरिया आदि र बिचमा भारत, ब्राजिल, दक्षिण अफ्रिका आदि देखिएका थिए । अझ वृक्स अर्थात् रुस, चीन, भारत, ब्राजिल र दक्षिण अफ्रिका बीचको गठबन्धन र त्यसलाई रुस, चीनको सहयोग र समर्थनले बढ्दो अमेरिकी प्रभावलाई कमजोर पार्दै थियो । इजराइली अतिक्रमण र प्रभावले सिंगो अरब मुलुक पनि विस्तारै अमेरिका विरोधी देखिंदै थिए । अन्ततः ढिलो चाडो विश्व यी दुई खेमा अर्थात् यी दुई विश्व साम्रराज्यवादी मोर्चा बीच विभाजित हुने सम्भावना बढेर गएको थियो । अमेरिकी पूर्व राष्ट्रपति जो भाइडेनको प्रशासनले बंगलादेश र त्यसको छिमेकी राष्ट्र भारतको पूर्वाेउत्तर भूभागमा फैलाएको जातीय र धार्मिक हिंसाका कारण भारतीय सरकार समेत अमेरिकासँग संसकित हुँदै रुस–चीन खेमासँग अलि बढी सम्बन्ध विस्तार गर्नेमा देखिन थालेको थियो । जसको परिणाम चीन–भारत बीच हुने सिमा झडपलाई केही मथ्थर पार्दै आपसी सम्बन्ध सुधारलाई विस्तार पारिरहेका थिए । यी विभिन्न कारणले गर्दा अमेरिकी साम्रराज्यवाद विश्वमा केही कमजोर अर्थात अफेन्सीप होइन डिफेसीप बन्नै पर्ने बाध्यता देखिन थालेको थियो ।


    फुटाउ र शासन गर साम्रराज्यवादको पहिलो रणनीति हो । युक्रेन इजराइलको युद्धले यसलाई उल्टो असर प¥यो अर्थात फुटाउलाई होइन जुटाउलाई धेरै सघाउन पुग्यो । माथि भने जस्तै अमेरिकीविरुद्ध रुस–चीन र अरु मुलुकबिच एकता बढेर जान थाल्यो । पहिलेको अमेरिकी जो भाइडेन प्रशासनको त्यो कमजोरीलाई राष्ट्रपति ट्रम्पले तुरुन्त सुधारी पुनः रुससँग सम्बन्ध विस्तार गर्न सफल भइसकेका छन् । युक्रेनी राष्ट्रपति जेलेनिस्कीलाई एउटा सन्की निरंकुश र तानाशाहको विल्ला भिराउँदै रुस, युक्रेन युद्धलाई समाप्त पार्ने गरी रुससँग ट्रम्प नजिकिएका छन् । त्यही रुसी चाहना अनुरुप ट्रम्प अघि बढिसकेका छन् । रुसी राष्ट्रपति पुटिनको एक सुत्रीय पहिलो चाहना नै युक्रेनी राष्ट्रपति जेलेन्स्किकीको अपदस्तता हो । एक प्रकारले त्यो पूरा पनि भइसकेको छ । केही दिन अमेरिकी प्रस्तावलाई अस्वीकार गर्न खोजे पनि अन्ततः जेलेन्स्किकी ट्रम्पकै प्रस्ताव अनुसार आवश्यक परे राष्ट्रपतिबाट पनि हट्ने र युक्रेनी अति दुर्लभ खनिज पदार्थ सबलाई अमेरिकामार्फत् परिचालन गर्नेमा रुजु भइसकेका छन् । आजै अमेरिकामा यी दुई नेताबिच सम्झौता गर्ने भनिएको छ । 


    आखिर एउटा मटेङ्गाले दुईवटा चरा ढाल्ने काम अमेरिकी राष्ट्रपति ट्रम्पको यो प्रस्तावले गर्ने देखिएको छ । एकातिर युक्रेनको खनिज सम्पदा सबैमाथि अमेरिकी एकलौटी वर्चस्व उपयोग गर्न पाउने दीर्घकालीन अभियानमा सफलता भने अर्काेतिर रुस र चिनियाँ प्रस्तावित गठबन्धनमाथि दरार । यसले केही समयको लागि रुसलाई केही राहत पु¥याए जस्तो गरे पनि भावी दिनका लागि रुस एक्लै अन्ततः रुस न यता न उता अर्र्थात् रुस न चीन खेमातिर न अमेरिकी खेमातिर पेण्डुलम हुने जस्तै । ट्रम्पको यो चलाखी पनले हाललाई विश्व शान्तिमा केही राहत जस्तो देखिए पनि अमेरिकी साम्रराज्यवाद विश्वमा एक मात्र पहिलो साम्रराज्यवादी हुने देखिएको छ । तर माथि भने जस्तै साम्रराज्यवाद भनेकै युद्ध हो भने युद्ध भनेकै साम्रराज्यवाद हो । त्यही हो कि अब दुई पक्षीय साम्रराज्यवादी युद्ध नभएर खाली केवल  एक पक्षीय अमेरिकी साम्रराज्यवादी युद्ध नै विश्वमा झन झाँगिदै जानेछ । यता भारतसँग पनि ट्रम्पको अमेरिकामा नै भेटवार्ता भइसकेको छ । ट्रम्प र मोदी भेटवार्ताको असर पनि रुसी राष्ट्रपति पुटिनलाई परेको भन्न सकिन्छ ।  भारतीय प्रम मोदी पनि एक सानो फिस्टे साम्रराज्यवादी र विस्तारवादी शासक भएकाले पनि यता अमेरिका र उता रुस दुवैको पक्षमा नलागि दुवैलाई मिलाउने भूमिकामा उनी देखिदै आएका छन् । अन्ततः विश्व साम्रराज्यवादी प्रतिस्पर्धा अमेरिका र चीनबिच नै हुने सम्भावना बढेर गएको छ । निश्चय नै यसको पहिलो र प्रत्यक्ष असर नेपालमाथि नै बढी पर्ने अनुमान गर्न सकिन्छ । 


    अमेरिकी राष्ट्रपति भए लगत्तै डोनाल्ड ट्रम्पले अमेरिकाले विश्वमा दिँदै आएको आर्थिक सहयोग (युएसएआइडी) लाई रोक्ने घोषणा ग¥यो । यसको तरङ्ग नेपाल जस्ता विकासोन्मुख देशहरुलाई प¥यो ।  अहिलेसम्म यसमार्फत् नेपालमा सञ्चालित विभिन्न खाले सयौं एनजीओ र आइएनजिओ सञ्चालक र त्यसका कर्मचारी सबैलाई त्यसको प्रत्यक्ष असर परेको छ । त्यस्ता संघसंस्था, सञ्चालक, कर्मचारी सबैलाई राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘फर्ड’ अर्थात् ठगहरु नै भएको घोषणा गरिसकेका छन् । धेरै पहिले देखिनै हामीहरुले यस्ता संस्था निकाय र सञ्चालक, कर्मचारी सबैलाई साम्रराज्यवादी दलाल र भ्रष्ट भन्दै आएका थियौं । यो भन्दा कतिपय त्यस्ता संचालकहरुले हामीलाई धम्काउने गरेका पनि थिए । तर आज यिनै निकाय सञ्चालनका लागि अनुमति दिई अरबौ लगानी गर्दै आएको प्रमुख राष्ट्र अमेरिकाका राष्ट्रपतिले नै यिनीहरुलाई ‘ठग’ भनी निन्दा गर्दै त्यस्तो सहयोग बन्द गर्ने घोषणाले यी विदेशी दलाल ठगहरुको विचल्ली भएको छ । 


    ट्रम्पको यो भनाइले स्वयं हाम्रो देशमा यस्तो साम्रराज्यवादी रकम भित्राउन दिने सरकार र यसका मन्त्री, नेता सबै ठूला ‘ठग’ मा दर्ज गरिएका छन् ।  ठिकै हो यस्तै ठगहरुको शासन सत्ता छ यहाँ । हुनतः कागले आफ्नो नाम आफँै भने जस्तै यी सबै ठूला प्रमुख नेपाली ठगहरुबिच एकले अर्कालाई यस्तै ठग, फटाहा, जाली, बेइमानी, धोकेवाज आदि अनगिन्ती आरोप–प्रत्यारोप दिनहुँ भन्दै हिडिरहेका छन् । प्र.म. ओली, प्रचण्ड, देउवा, माधव, आदि नेताहरुको दैनिकी नै यस्तै छ । अब भनौ को ठग, फटाहा, डाँका, भ्रष्ट, जाली । प्रचण्ड भन्छन्–ओली–देउवा । फेरि ओली– देउवा भन्छन्– प्रचण्ड–माधव । आखिर अमेरिकी राष्ट्रपति ट्रम्पले भने यी सबै ठग । यी सबैका मुख्य मालिक गुरुले नै यी सबैलाई ठग भनेपछि आफैँले बडार्नु पर्ने कसिंगरलाई आफँै हावाले उडार्ई दिएपछि अब अरु हामीले यिनीहरुलाई अरु केही भनिरहनु पर्ला र ?


    अमेरिकी सरकारद्वारा सञ्चालित युएसआइडी रोकिए पनि नेपालमा यस्तै अमेरिकी परियोजना एमसीसी रोकिन्न भन्नेमा धेरै अमेरिकी दलालहरु थिए । तर त्यसको केही दिनपछि नै अमेरिकी राष्ट्रपतिले त्यसलाई  पनि रोकिदिए । पहिले यहाँ त्यसकाविरुद्ध ठूलो आन्दोलन भयो । तर प्रचण्ड–माधवको गद्दारीले त्यसलाई सदनबाट समेत पारित गरियो । तर अहिले त्यो पनि रोकिएको छ । हिजो एमसीसी परियोजना पारित गराउन कम्मर कसेका कांग्रेस–एमाले र माओवादी सबै अहिले नुन खाएका कुखुराजस्तै झोक्रिएर बसेका छन् । तर माथि भनेजस्तै झाडु लगाई बडार्नुपर्ने कसिंगरलाई हावाले बडारे जस्तै उक्त परियोजनालाई स्वयं अमेरिकाले नै रोकिदिएको छ । अब नेपालमा एमसीसी परियोजना गलत भए चारपाटे मुडेर थानकोट कटाइदिनुहोला भन्ने कांग्रेसी युवा नेता गगन थापाले के गर्लान् ? नैतिकता भए चारपाटे मुडेर थानकोट काटी जानुभन्दा आफूले लिदै गरेको दलीय र संसदीय पदीय जिम्मेवारीबाट राजीनामा दिई राजनीतिक सन्यास लिनु नै जाति होला । यो प्रश्न गगनको लागि मात्रै होइन देउवा लगायत अरु कांग्रेसी नेता साथै एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओली साथै प्रचण्ड–माधवहरुमाथि पनि तेर्सिएको छ । तर राष्ट्रघाती गद्दार दलालहरुलाई के को नैतिकता ? जे गर्दाा पनि हुन्छ । लाज श्रम केही पनि छैन ।


    अहिले अमेरिकी राष्ट्रपतिको यो कदमलाई धेरैले सकारात्मक भएको भन्दैछन् भने सत्ताधारी कांग्रेस–एमाले अनि माओवादी केन्द्र, रास्वपा र नेकपा एस भने मौन छन् । साम्रराज्यवादीले दिएको कलो निल्नै लागेको गास ओकल्नु पर्ने समस्यामा यिनीहरु छन् । न फेरि अमेरिकासँग बिन्तीभाउ, दलाली गर्ने नै ठाउँ छ, यिनीहरुलाई । राष्ट्रपतिले यी सबैलाई ‘ठग’ भनिसके ।  यसमा भएको सब लगानी र यसअन्तर्गतको साउँ व्याज सबै अमेरिकाले असुल गराएर नै छोड्छ । त्यो कसरी तिर्ने अनि नेपालकै त्यसमा लगानी भएको अरबौ रुपैयाँ त्यत्तिकै बालुवामा पानी जस्तै बिलाउने स्थिति छ । आखिर यी सबैको रुवाबासी । किन रुन्छस मंगले आफ्नै ठंगले ।


    यता केही नेपाली अनि केही संघसंस्था र दलहरु भने यसबाट अति हौसिदै अमेरिकी राष्ट्रपति ट्रम्पलाई यसमा बधाई र धन्यवाद दिइरहेका छन् । यसामा विप्लव नेतृत्वको नेकपा पनि देखिएको छ । विप्लव सी.को मूल प्रचार अभियान नै यो भएको छ । जहाँ गयो त्यही ट्रम्पलाई यसमा बधाई र धन्यवाद दिँदै हिडिरहेका छन् । आखिर माथि नै भनिसकियो युद्ध र हिंसा र आतंक भनेकै साम्रराज्यवाद हो,  जहाँ गयो त्यही यसले यो रोप्छ, फलाउँछ र फुलाउँछ । त्यस्तै साम्रराज्यवादीहरु कहिले पनि ‘साधु’ हुने छैनन् । हत्या, हिंसा र रगतमा खेल्नु र रमाउनु यिनीहरुको मूल चरित्र नै हो । जस्तो बाघले कहिले पनि घास खाँदैन रगत,त मासु नै खाई बाच्छ र रमाउँछ । त्यसैले अहिले नेपालको यो सन्दर्भमा अमेरिकी राष्ट्रपति ट्रम्पले जे गरे त्यो केही दिनको लागि गरिएको नाटकको रियलसयल मात्र हो । यसका पछाडि अझ ठूलो साम्रराज्यवादी षड्यन्त्र लुकेको छ । हालै मात्रै युक्रेन मामिलामा ट्रम्पले खेलेको त्यो भूमिकाले प्रष्ट पारिसकेको छ ।  युक्रेनमा रहेको अति दुर्लभ र बहुमूल्य खनिज पदार्थका लागि युक्रेनी राष्ट्रपतिलाई जोक्कर बनाई रसियाका राष्ट्रपति पुटिनकै साथ सहयोगमा युक्रेनको स्वतन्त्रता र स्वाभिमानमाथि होली खेल्ने काम भइसकेको छ ।  

    आज त्यस्तै नेपालमा पनि हुने सम्भावना बढेर गएको छ । भारत भर्सेज अमेरिका यही एमसीसीमार्फत् नेपालका अति दुर्लभ र बहुमूल्य खनिज पदार्थ साथै जडीबुटी आदिमा अमेरिकी गिद्धे दृष्टि पारिसकेको छ । म्याग्दी र मुस्ताङमा भएको अति बहुमूल्य खनिज पदार्थ युरिनियम साथै जडीबुटी आदिमा अमेरिकी गिद्धे दृष्टि यसको एउटा उदाहरण हो । भारत नेपालको पानीमा लोभिएको छ भने अमेरिकालाई यस्तै खनिज पदार्थका कारण नेपालको समग्र राष्ट्रियता, स्वतन्त्रता र स्वाभिमान युक्रेनकै जस्तै हुने खतरा बढेर गएको छ । यी सबै विदेशी दलाल दल र दल नेताहरुको के विश्वास ? हिजो एमसीसी सदनबाट पारित गरेजस्तै देशको स्वाभिमान बेच्न पनि के बेर ? त्यसैले म रोएको बुढी मरी भनेर होइन काल पल्केको भनेर हो भने जस्तै अहिले अमेरिकी राष्ट्रपति ट्रम्पको यो एमसीसी फिर्ता लिने कदमले हौसिनुभन्दा अभ बढी सावधान हुनु जरुरी छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij