२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

पुजा र कविता एक्स्ट्राटेकको “ब्राण्ड एम्बेसडर” नियुक्त

पुजा र कविता एक्स्ट्राटेकको “ब्राण्ड एम्बेसडर” नियुक्त

पुजा र कविता एक्स्ट्राटेकको “ब्राण्ड एम्बेसडर” नियुक्त

पुजा र कविता एक्स्ट्राटेकको “ब्राण्ड एम्बेसडर” नियुक्त

पुजा र कविता एक्स्ट्राटेकको “ब्राण्ड एम्बेसडर” नियुक्त
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, फाल्गुण १८ २०८१
आइतवार, फाल्गुण १८ २०८१
  • बुटवल ।नेपाली महिला क्रिकेटकी राष्ट्रिय खेलाडी तथा यु–१९ कि कप्तान पुजा महतो र कविता कुवँर एक्स्ट्राटेक ओवल क्रिकेट मैदानको ब्राण्ड एम्बेसडर बनेका छन् ।

    नीजि क्षेत्रबाट निर्मित अन्तराष्ट्रिय क्रिकेट मैदानले महतो र कुवँरलाई आगामी दुई वर्षका लागि ब्रान्ड एम्बेसडरको रुपमा नियुक्त गरेको हो । महतो र कुवँरसंग मैदानका संचालक विनोद कुवँरले आइतवार रुपन्देहीको तिलोत्तमा नगरपालिकामा निमार्णाधिन मैदानमा एक कार्यक्रमकावीच सम्झौता गरेका हुन । 

    कार्यक्रममा एक्स्ट्राटेकका निर्देशक तथा सञ्चालक कुवँरले नेपाली महिला क्रिकेट खेलमा सानो भएपनि योगदान गर्ने र खेलाडीलाई खेलमा केन्द्रीत हुने वातावरण सिर्जना गर्ने उद्देश्यले महतो र कुवँरलाई ब्राण्ड एम्बेसडर नियुक्त गरिएको बताए । उनले नेपाली महिला क्रिकेटको भविष्य उज्जवल रहेको र युवा खेलाडीहरुले नियमति रुपमा खेल्ने अवसर पाएमा टेस्ट राष्ट्रको दाजोमा पुग्न सक्ने महसुस गर्दै सानो सहयोग गरेको बताएका छन् । 

    निर्देशक कुवँरले खेलाडीहरुलाई खेल खेलेर जीवन धान्न सकिन्छ भन्ने देखाउन र उनीहरुको हौसला बढाउन यस प्रकारको कामले प्रेरित गर्ने बताउदै खेलाडीलाई खेलमा ध्यान केन्द्रीत गर्ने अवस्था बनाउनु जरुरी रहेको धारणा राखेका थिए । उनले ब्राण्ड एम्वेसडरको सम्झौतालाई निरन्तरता दिन प्रतिवद्धता जनाउदै आगामी दिन थप अरु खेलाडीहरुलाई समेटेर लैजाने योजना रहेको बताएका छन् । 

    कार्यक्रममा नेपाल क्रिकेट संघ(क्यान)का केन्द्रीय उपाध्यक्ष रोशन सिंहले क्यानकै प्रोटोकलभित्र रहेर दुई नेपाली महिला खेलाडी एक्स्ट्राटेकको ब्रान्ड एम्बेसडर बनेको बताउदै यस प्रकारको सहयोगले खेलाडी र क्रिकेटको विकासका लागि महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले नीजि लगानीमा सबै सुविधायुक्त क्रिकेट मैदान निमार्ण गरि ऐतिहासिक काम गरेको अवस्थामा खेलाडीलाई लक्ष्ति गरि गरिएको अर्को कामले नेपाली क्रिकेटमा उत्साहा थपेको बताएका छन् । 

    सो अवसरमा ब्राण्ड एम्वेसडर नियुक्त भएकि महिला क्रिकेट टिमकि सदस्य पुजा महतोले यु–१९ को टिम छनौटका लागि एक्स्ट्राटेक ओवल मैदानमा गरिएको क्लोज क्याम्प आफ्नो खेल जिवनको स्वर्ण क्षण भएको स्मरण गर्दै एम्वेसडर नियुक्तीले आफुलाई हौसला र खेलमा केन्द्रीत हुने अवस्था निमार्ण गरेको भन्दै खुशी व्यक्त गरिन । 

    महतोले यसले आफुलाई धेरै हौसला प्रदान गर्नुका साथै आफ्नो खेल जीवनमा धेरै सहयोग पुग्ने बताइन । ‘एक्स्ट्राटेकसँग सम्झौता हुँदा धेरै खुसी छु । यस्तो खाले सहयोगले हामी खेलाडीलाई हौसला मिल्छ । साथै देशका लागि अझै धेरै सफलता दिलाउने हौसला मिल्नेछ’, महतोले भनिन । एक्स्ट्राटेक ओवलले नेपालका लिजेन्ट क्रिकेट खेलाडी तथा पुरुष यु–१९ का राष्ट्रिय प्रशिक्षक शक्ति गौचनलाई यस अघि नै ब्राण्ड एम्वेसडर नियुक्त गरेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij