२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

निशानको नयाँ गाडी म्यागनाइट फेसलिफ्ट बुटवलमा सार्वजनिक

निशानको नयाँ गाडी म्यागनाइट फेसलिफ्ट बुटवलमा सार्वजनिक

निशानको नयाँ गाडी म्यागनाइट फेसलिफ्ट बुटवलमा सार्वजनिक

निशानको नयाँ गाडी म्यागनाइट फेसलिफ्ट बुटवलमा सार्वजनिक

निशानको नयाँ गाडी म्यागनाइट फेसलिफ्ट बुटवलमा सार्वजनिक
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, फाल्गुण १६ २०८१
शुक्रवार, फाल्गुण १६ २०८१
  • बुटवल । निशान गाडीको नेपालका लागि आधिकारिक विक्रेता पायोनियर मोटो कर्प प्रा.लिले बुटवलमा निशानको नयाँ गाडी म्यागनाइट फेसलिफ्ट सार्वजनिक गरेको छ । शुक्रबार एक औपचारिक कार्यक्रमका बीच सार्वजनिक कार्यक्रममा बोल्दै पानियर बुटवल शाखाका वरिष्ठ प्रबन्धक आशिष दाहालले यसका विशेषता बारे जानकारी गराए । 

    नेपाली बजारमा ३४ लाख ७५ हजारदेखि ५३ लाख मुल्यसम्मका ४ वटा भेरिएन्टमा म्यागनाइट फेसलिफ्ट आएको उनले बताए । उनका अनुसार भिसिया, एसेन्टा, एन कनेक्टा र टेक्ना प्लस गरी ४ वटा भेरिएन्टमा निसानको म्यागनाइट फेसलिफ्ट पाउन सकिने दाहालले जानकारी गराए । यस गाडीमा १३ वटा फरक कन्फिगरेसनहरुमा उपलब्ध रहेको तथा टर्बो पेट्रोल र नेचुरली एस्पिरेटेड इन्जिनहरु साथै म्यानुअल र अटोमेटिक ट्रान्समिसनको विकल्प समेत समावेश गरिएको दाहालले जानकारी दिए । यी गाडीहरुमा बोल्ड डिजाइन, उन्नत सुरक्षात्मक विशेषता र आधुनिक प्रविधि जडान गरिएको उनले दाबी गरे ।  

    यस गाडीमा ४० वटा सुरक्षात्मक विशेषताहरु र ५५ वटा सुरक्षा सम्बन्धी सुधारलाई समेटिएको माइनर मोटो कर्प प्रा.लि बुटवल शाखाका प्रमुख राजु थापाले जानकारी दिए । म्यागनाइट फेसलिफ्टमा चारैतर्फ गरी ६ वटा एयर ब्याग, सबै सिटमा बेल्ट स्मरण गराउने सेन्सर, ३६० डिग्री लेदर प्याक, २९ लिटर बढी क्याविन स्टोर, फ्रन्ट आर्मरेस्ट स्टोरेजसहित स्लिप रियर सिट र कप होल्डरहरु, अटो हेटल्याम्प, प्रिमियम आई की, वाक अवे लक र अप्रोच अनलकसहित ६० मिटर रेन्जसम्म रिमोट इन्जिन स्टार्ट लगायतका विशेषता समावेश गरिएको उनले जानकारी दिए । 


    निशानको मान्यताअनुसार यो गाडीमा क्रुज कन्ट्रोल र ३६० भ्यूजस्ता प्रविधि पनि छन् । म्याग्नाइटका हरेक मोडल नेपाली प्रयोगकर्ताका आकाक्षा पुरा गर्ने ध्ययेका साथ डिजाइन गरिएको कम्पनीले जनाएको छ । ग्लोबल आइएमई बैंक बुटवलको अमरपाथ शाखाका प्रमुखु आशिष दाहालले निसानको नयाँ गाडीको औपचारिक रुपमा सार्वजनिक गरेका थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij