२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

डढेलोको विनाश रोक्न अभियान

डढेलोको विनाश रोक्न अभियान

डढेलोको विनाश रोक्न अभियान

डढेलोको विनाश रोक्न अभियान

डढेलोको विनाश रोक्न अभियान
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, फाल्गुण १९ २०८१
सोमवार, फाल्गुण १९ २०८१
  • गर्मीयाम सुरु भएपछि नेपालमा हरेक वर्ष डढेलोले ठूलो धनजनको नोक्सान हुँदै आएको छ । ठूलो धनजनको क्षति त प्रत्यक्ष छँदैछ । देशका विभिन्न घना वनमा दिनहुँ लाग्ने डढेलोले भइरहेको वातावरणीय विनाशको प्रष्ट लेखाजोखा छैन ।


    पछिल्ला वर्ष डढेलोको जोखिम बढेको छ । गत वर्ष ३० वर्ष यताकै धेरै डढेलो लागेको बताइएको थियो । लामो सुख्खायाम एकातिर हुँदै हो, अर्कोतिर वनमा डढेलो लगाउने प्रवृत्तिले समस्या चुलियो । डढेलोले निम्त्याउने समस्याका बारेमा सरोकारवाला सरकारी निकाय जानकार नभएको पनि होइन, तर नियन्त्रणका लागि गरिने कार्यक्रम सुस्त छ ।


    डढेलो नियन्त्रण समुदायको सहभागिता विना संभव छैन । समुदायको सहभागिता गराई डढेलो नियन्त्रण अभियान अघि बढाउनुपर्छ । डढेलो लाग्नुपहिले नै पूर्व तयारीका कार्यक्रमले नियन्त्रण अभियान प्रभावकारी हुनसक्छ । वनमा अग्निरेखा बनाउने र अग्निरेखामा भएका पातपतिङ्गर हटाउने बेला हो यो । केही दिन अघि तानसेनका सामुदायिक वनले अग्निरेखामा रहेका पातपतिङ्गर हटाउने अभियान चलाएका थिए । सामुदायिक वनमा अग्निरेखा बनाउने र अग्निरेखामा पातपतिङ्गर हटाउने काम सामुदायिक वन उपभोक्ता समूहले गर्न सक्छन् । राष्ट्रिय वनमा समुदायलाई परिचालन गर्न जटिल छ । ती वनम सरकारी निकाय नै परिचालित हुन ढिलाइ गर्न हुन्न । डढेलो नियन्त्रणका लागि समुदायको परम्परागत ज्ञान र सीपलाई प्रयोग गरे अघि बढ्दा आर्थिक व्ययभार समेत कम पर्छ । समुदायको ज्ञान र सीप प्रयोग गर्दा उनीहरुलाई अपनत्व बढ्छ । कम बजेटमा पनि नतिजामुखी काम गर्न सकिन्छ ।


    वनबाट ढलापडा काठ निकाल्ने र पातपतिङ्गर सफा नियमित गर्ने हो डढेलोबाट क्षति न्यूनीकरण गर्न सकिन्छ । वनबाट नियमित ढलापडा काठ निकाल्न बेवास्ता हुँदा जोखिम छ । एक अध्ययन अनुसार, ९० प्रतिशत डढेलो मानवीय कारणले भएको छ । त्यसकारण डढेलो नियन्त्रण गर्न जनचेतना जगाउने र कानुनी कारवाहीको दायरालाई कसिलो र फराकिलो बनाउनुपर्छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij