२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

‘जनयुद्ध’ लडेका पाण्डे कृषि पेशामा रमाउँदै

‘जनयुद्ध’ लडेका पाण्डे कृषि पेशामा रमाउँदै

‘जनयुद्ध’ लडेका पाण्डे कृषि पेशामा रमाउँदै

‘जनयुद्ध’ लडेका पाण्डे कृषि पेशामा रमाउँदै

‘जनयुद्ध’ लडेका पाण्डे कृषि पेशामा रमाउँदै
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
भुसाल प्यूठान जिल्ला संवाददाता हुन।
सोमवार, फाल्गुण १९ २०८१
सोमवार, फाल्गुण १९ २०८१
  • प्यूठान
    बन्दुकको समिश्रणबाट मात्र क्रान्ति सफल हुन्छ भन्ने मान्यता बोकेका हुमलाल यतिबेला कृषि पेशामा रमाउँदै छन् । तत्कालीन नेकपा माओवादीको सशस्त्र जनयुद्ध रोजेका ऐरावती  गाउँपालिका–६ दमारका ६३ वर्षीय हुमलाल पाण्डे यतिबेला  राजनीतिमा निष्क्रिय हुँदै व्यवसायिक कृषि पेशामा सक्रिय छन् । उनले अर्घाखाँचीको खिल्जीबाट केराका बेर्ना खरिद गरी केराखेती सुरु गरेका हुन् ।  


    हिजोआज उनले आफ्नैं २० रोपनी  जमिनमा व्यवसायिक कृषिखेती गरेका हुन् ।  १३ रोपनी जमिनमा केराखेती गरेका छन् भने ७ रोपनीमा कागती लगाएका छन् । केराखेतीमा राम्रो सम्भावना देख्दै विगत ६ वर्षदेखि व्यवसायिक रुपमा केराखेती सुरु गरेको उनले बताए । ‘सुरुवाती चरणमा ३ लाख लगानी गरी केराखेती सुरु गरेको थिए,’ उनले भने–‘अहिले केराको घरि र बेर्ना बिक्री गरी वार्षिक ५ लाख जति आम्दानी गर्न थालेको छु ।’ ६३ वर्षका पाण्डेले उर्जाशील उमेर जति जनयुद्धमा खेर फालेको बताउँदै यो उमेरमा पनि निकै मेहनत गरी कृषि पेशालाई सफल बनाएकोे बताए । पाण्डेले गत वर्षदेखि ७ रोपनीमा कागती रोपेका छन् । केराखेतीबाट राम्रो आम्दानी हुन् थालेपछि अझैँ १ रोपनी जमिनमा केरा लगाउने योजना बनाएको उनले सुनाए । चार वर्षअघि पाण्डे फलफूल फर्म दर्ता गरी  निर्वाहमुखी कृषि अन्त्य गरी व्यवसायिक कृषि कर्म गरेको उनले बताए । 


    सोही वडाको बैरेनीस्थित १७ रोपनी जमिन खरिद गरेको उनले बताए । उनले भने–‘माटो परीक्षण गरी उत्पादन हुने खालका फलफूल तथा तरकारी खेती गर्ने योजना बनाएको छु ।’ यससँगै व्यवसायिक रुपमा बयर जातका बोका, उन्नत जातका माछा, लोकल कुखुरालगायतका पशुपन्छी पाल्ने उनी सुनाउँछन् ।    

     
    बजारीकरणको लागि हालसम्म खासै समस्या नभएको बताउँदै छिमेकी जिल्ला अर्घाखाँचीको सन्धिखर्क, बरौला, बिजुवारलगायतका क्षेत्रमा उत्पादित बस्तु पठाउने गरेको उनको भनाइ छ । ‘युवाहरुलाई विदेश पलाएन रोक्नको लागि राज्यले राम्रो योजना बनाउन पर्यो,’ उनले भने– ‘अर्कोको देशमा गएर गुलाम बन्नुभन्दा आफ्नै माटोमा मन लगाएर काम गर्ने हो भने यहाँ पनि राम्रो जीवनयापन गर्न सकिन्छ ।’


    राज्यले १२ पास गर्ना साथ कुनै न कुनै पेशामा जोड्न सक्ने हो भने यहाँको खेतीयोग्य जमिन बाँझो पनि रहने थिएन र युवाहरु विदेश पलाएन हुनबाट रोकिने थिए । आफूले यो उमेरमा पनि काम गरेपछि दाम कमाउन सकिन्छ भन्ने सन्देश दिएको उनी बताउँछन् । उनले केराखेती पालिकाकाकै ठूलो भएको समेत दाबी गरे । कृषि तथा पशुपन्छी कार्यालय खलंगाबाट १ लाख र ऐरावती गाउँपालिकाबाट २ लाख गरी ३ लाख रुपैयाँ अनुदान सहयोग पाएको उनले सुनाए ।     


    २०५३ सालमा माओवादी प्रवेश गरी १० वर्षे जनयुद्ध लडेका पाण्डे २६ वर्षसम्म घरै छोडेर राजनीतिमा होमिएका थिए । 
    २०७४ सालको स्थानीय निर्वाचनमा नेतृत्वका लागि उचित स्थान नपाएपछि तन, मन र धन कृषि पेशामा लगाएको उनी बताउँछन् । अबको बाँकी जीवनलाई कृषिमा थप विस्तार गर्दै सफल र उदाहरणको रुपमा आफूलाई चिनाउने उनको लक्ष्य छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij