२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

अल नेपाल ओपन स्नुकर च्याम्पियनसीप  :  आज क्वाटर फाइनलका चार खेल हुंदै

अल नेपाल ओपन स्नुकर च्याम्पियनसीप  :  आज क्वाटर फाइनलका चार खेल हुंदै

अल नेपाल ओपन स्नुकर च्याम्पियनसीप  :  आज क्वाटर फाइनलका चार खेल हुंदै

अल नेपाल ओपन स्नुकर च्याम्पियनसीप  :  आज क्वाटर फाइनलका चार खेल हुंदै

अल नेपाल ओपन स्नुकर च्याम्पियनसीप  :  आज क्वाटर फाइनलका चार खेल हुंदै
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, फाल्गुण २० २०८१
मंगलवार, फाल्गुण २० २०८१
  • बुटवल । बुटवलमा जारी सर्वाधिक पुरस्कार राशीको प्रथम अल नेपाल बुटवल मेयर कप ओपन स्नुकर च्याम्पियनसीपमा आज क्वाटर फाइनलका चार खेल हुंदैछन् । 
     बुटवलको सिंह कम्प्लेक्सस्थित खस्यौली स्नुकर क्लबमा बिहान ११.३० बजे देखि दुई र दिउसो ३.३० बजेदेखि २ खेल हुने आयोजक नेपाल विलियर्डस स्नुकर तथा पुल संघ रुपन्देहीले जनाएको छ । 
    बिहानको खेलमा बुटवलका रेगन श्रेष्ठ र हेटौडाका नितेश खण्डवाल तथा काठमाडौंका सविन तामाङ र बिर्तामोड झापाका सरोज गौतमबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने खेल संयोजक शिशिर गुरुङले जानकारी दिए । रेगन हालै श्रीलंकामा सम्पन्न सागस्तरीय प्रतियोगितामा नेपाललाई पहिलो पदक दिलाउन सफल खेलाडी हुन् । 
    यस्तै दिउसोका दुई खेलमा काठमाडौंका वाङ्चु तामाङ र काठमाडौंकै तेन्जिङ तामाङ तथा काठमाडौंका कुमार शाही ठकुरी र हेटौंडाका सोम लामाबीच  प्रतिस्पर्धा हुने गुरुङले बताए । 
    फागुन १२ देखि जारी प्रतियागितामा रुपन्देहीका ५० जना सहित देशभरबाट १२८ जना खेलाडीले भाग लिएका थिए । प्रतियोगिताको विजेता खेलाडीले ३ लाख ३ हजार, उपविजेताले १ लाख १ हजार रुपैया, हाइएस्ट ब्रेकरले ५५ हजार रुपैया,सेमिफाइनलमा पुग्ने खेलाडीहरुलाई नगद ३०–३० हजार रुपैया, राईजिङ स्टार र अनुशासित खेलाडीलाई स्नुकर स्टिकबाट पुरस्कृत गरिने नेपाल विलियर्डस स्नुकर तथा पुल संघ रुपन्देहीका अध्यक्ष सुजन पुनले बताए । 


    स्नुकरमा हालसम्मकै सर्वाधिक पुरस्कार राशीको यो प्रतियोगितालाई बुटवल उपमहानगरपालिकाबाट मुख्य आर्थिक सहयोग भएको छ भने बुटवल उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष तथा सिंह कम्प्लेक्सका सञ्चालक महेशमान सिंहबाट ३ लाख ३ हजार र आवास ग्रुपका महेश थैवबाट एक लाख रुपैयां आर्थिक सहयोग भएको संघका सचिव प्रकाश क्षेत्रीले बताए । फागुन २१ गतेसम्म चल्ने प्रतियोगिता निशुल्क हेर्न पाइने आयोजकले व्यवस्था गरेका छन् । 


    नेपाल विलियर्डस स्नुकर तथा पुल संघका  केन्द्रीय अध्यक्ष सरोजकुमार मुल्मीले नेपालमा  स्नुकर खेलको इतिहासमै बुटवलको प्रतियोगिता सर्वाधिक पुरस्कार राशिको महाकुम्भ प्रतियोगिता भएकाले यसले स्नुकर खेलको उचाई थप माथि पु¥याउने बताए । प्रतियोगिता सम्पन्न गर्न कोषाध्यक्ष अमिन थापाको संयोजकत्वमा आर्थिक समिति, कुडूल श्रेष्ठको संयोजकत्वमा खेलाडी व्यवस्थापन समिति, विजय गुरुङको संयोजकत्वमा जिन्सी समिति गठन भएको छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij