२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

वल्लो घरको नरे पल्लो घर सरे बल्ल अहिले आफैँ उत्तानो परे

वल्लो घरको नरे पल्लो घर सरे बल्ल अहिले आफैँ उत्तानो परे

वल्लो घरको नरे पल्लो घर सरे बल्ल अहिले आफैँ उत्तानो परे

वल्लो घरको नरे पल्लो घर सरे बल्ल अहिले आफैँ उत्तानो परे

वल्लो घरको नरे पल्लो घर सरे बल्ल अहिले आफैँ उत्तानो परे
शुक्रवार, आषाढ २२ २०८१
शुक्रवार, आषाढ २२ २०८१
  • विनबहादुुर कुँवर
    ‘तित्रो बास्यो आफ्नै खति ।’ यो उखान अहिले नेपालको राजनीतिमा हालका काम चलाउ प्रधानमन्त्री प्रचण्डसँग ठ्याक्कै मिल्न गएको छ । केही दिन पहिले कुनै एक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले बडो गर्वका साथ जादुगरी नम्बर छ घुमाई फिराई पाँच वर्ष यही सरकार नै रहने निश्चित भएको बताएका थिए । यो कुनै प्रसंगमा एमाले अध्यक्ष ओलीले जस्तो ठट्टा जोकको रुपमा नभएर साँच्चै नै आफ्नो पार्टीको ऐतिहासिक पृष्ठभूमि र यसले उठाएका विभिन्न एजेण्डाहरुको आधार उल्लेख गर्दै  हामीलाई हटाउन त्यति सजिलो छैन भन्दै कांग्रेस, एमालेलाई दुष्कारेका थिए । हुन पनि बहुमत ठूलो चुनावी जनमत कांग्रेस–एमालेको पक्षमा भए पनि ३२ सिटे एकीकृत माओवादीले सरकारको नेतृत्व गर्दै आएको छ । यो प्रम प्रचण्डले भने जस्तै उनको जादु फुमन्तरको करामत हो वा कांग्रेस–एमालेको लाहाचार र अकर्मण्यताले हो ? चर्चाको विषय छ । तर यो जादु गरी नम्बर बारेको बोलाई नै अहिले प्रचण्डका लागि खति भएको छ । 


    प्रधानमन्त्री प्रचण्डले आफ्ना पार्टीको भूमिका र यसले उठाएका एजेण्डाहरुको बारेमा जे भने पनि खासमा यो कांग्रेस, एमालेहरुकै हुतिहारापनकै कारण थियो । कांग्रेसलाई एमालेको डर र घृणा अनि एमालेलाई कांग्रेसको डर घृणा । आफू मरे भुतै राजा भने जस्तै कांग्रेसलाई एमालेलाई भन्दा र एमालेलाई कांग्रेसलाई एमाओवादी नै सत्ता सुम्पने काम कांग्रेस, एमालेहरुकै कारण भयो । यसमा केवल केही भूमिका मात्र प्रचण्डको रहयो । कहिले कांग्रेसको दलाली भने कहिले एमालेको अनि षडयन्त्र, जालझेल, खुराफाती मात्र प्रचण्डको भूमिका रह्यो । उनको यो चाललाई उनी र उनको पार्टीभित्रका आसेपासे– दलालहरुले प्रचण्डको राजनीतिक कला वा चमत्कारी भनी आजसम्म प्रशंसा गरिरहे । यही सस्तो प्रशंसाले प्रचण्डलाई आधार विनाको उचाईमा पु¥यायो । त्यो उचाइबाट तल हेर्दा प्रचण्डले कांग्रेस–एमालेलाई धेरै पुडको र फिस्टो जस्ता मात्रै देख्न पुगे । हुँदाहुँदा आफूले पटक–पटक कांग्रेस एमालेसँग भए गरेका सबै सर्त समझदारीहरुलाई लत्याउँदै यी केही पनि होइनन् भन्ने गरी एक्लो छाडा असनको साडे जस्तै प्रचण्ड दुक्रदै हिंड्दा बल्ल कांग्रेस, एमालेको चेत खुल्यो । अनि बल्ल अहिले प्रचण्ड भए मुसिका भवः । कांग्रेस, एमालेले ललाई फकाई प्रचण्डलाई आंैलो दिँदा प्रचण्डले डुडुल्लो नै निल्न खोज्दाको परिणाम नै हो यो । 


    तै पनि रात गए अग्राक पलाउँछ, सास छउञ्जेल आश भने जस्तै अब पनि प्रचण्डले, खुरुक्क पदबाट राजीनमा नदिई पुनः अनेक खाले बखडा, षड्यन्त्र र जालझेल गर्ने मै छन् । तत्काल  राजीनामा नदिई अविश्वासको प्रस्तावको सामना गर्ने तरखरमा छन् । संसदीय सदनको गणितमा कांग्रेस–एमालेकै गणित अत्यधिक छ । कांग्रेस–एमाले बाहेकका अरु सबै दलहरु मिल्दा पनि बहुमत हुने देखिंदैन । तैपनि प्रचण्ड सदनमा त्यसको सामना गर्ने भनिरहेका छन् । यो प्रचण्डको हरुवा गोरुको छेरुवा दाउँ मात्रै हो । अब फेरि प्रचण्डले बहुमत जुटाउने कुनै उपाय नै छैन । जानीबुझी नै उनी यो गर्दैछन् । यसका पछाडि पहिलो कारण उनको चरम सत्तालिप्सा । जुको टाँसिए जस्तै सकेसम्म सत्ता नछाड्ने । त्यसमा चिप्किरहने रहने । बाहिरिन परे अनेक खाले आरोप प्रत्यारोप लगाएर मात्र बाहिरिने । अहिले नै भनिसकिएको छ यो अस्वाभाविक र अप्राकृतिक षड्यन्त्र र यसको पर्दाफास गरिने ।
    कांग्रेस–एमालेबीचको यो गठबन्धन कुन अर्थमा अस्वाभाविक र अप्राकृतिक छ ? हिजो कांग्रेस–एमाओवादीबीचको सत्ता गठबन्धन मात्रै होइन चुनावी गठबन्धन । कांग्रेसले माओवादीको हँसिया हथौडामा र माओवादीले कांग्रेसको रुख चुनावी चिन्हमा छाप लगाउने चाहिँ स्वाभाविक र प्राकृतिक गठजोड हुने तर कांग्रेस–एमालेबीच भने चुनावी नभई सत्तागठबन्धन मात्र गर्दा फेरि यो अस्वाभाविक र अप्राकृतिक हुने कस्तो अचम्मको तर्क छ यो ? ‘कांग्रेस–एमाले त स्वाभाविक रुपले २०४५÷२०४६ सालदेखि नै संसदीय र चुनावी हुँदै सत्ता पक्षीय र प्रतिपक्षीय दल बन्दै आएका दलहरु हुन् । संसदका सत्तापक्ष र प्रतिपक्ष भनेका एउटा सिक्का दुई पाटा जस्तै नङ मासुको सम्बन्ध भएजस्तै हो । 


    बरु माओवादी त १० वर्षे माओवादी जनयुद्ध लडी आएको  आफ्नो पार्टीको मूल आधारभूत सिद्धान्त भनेको माक्र्सवाद–लेनिनवाद अझ मुख्य गरेर माओवाद नै हो भनिन्छ । तर यस्तो पार्टी एमाओवादी कांग्रेसको बुई चढी चुनावी एकता गर्ने नीति यो पनि तत्कालीन नभई दीर्घकालीन रणनीतिलाई कसरी स्वाभाविक र प्र्राकृतिक होला ? पटक–पटक प्रचण्ड र उनका दलका नेताहरुले कांग्रेस–माओवादीबीचको यो चुनावी एकता यो पाँच वर्षे अवधिको लागि मात्रै नभई अरु बढी कार्यकालसम्म रहिरहने भन्दै आएका थिए । तर जब कांग्रेसी महासमितिको भेलाले अब आइन्दा अरु कोहीसँग पनि चुनावी एकता र तालमेल नगरी एक्लै चुनावी प्रतिस्पर्धा गर्ने निर्णयका कारण प्रचण्ड एकाएक कांग्र्रेसी धु्रर्वबाट एमाले ध्रुर्वमा अर्थात् वल्लो घरको नरे पलो घरमा सरेको मात्र हुन् । तर अहिले प्रचण्ड न यता न उता उतानो परे । 


    त्यसैले कुन स्वाभाविक र अस्वाभाविक अनि कुन प्राकृतिक र अप्राकृतिक भन्ने यो कुतर्क मात्र हो । वास्तवमा यो सामन्ती दलाल र नोकरशाही बुर्जुवा राज्य सत्ता यसमा के को नैतिकता र इमानदारिता ? जे गर्दा पनि हुन्छ ।  राजीनामा नदिई अरु  केही दिन अर्थात बाँकी तीस दिन रहनुको कारण आफ्नो व्यक्तिगत लेनदेन हिसाब किताब मिलाउनु पनि छ । यति छिटो यसरी सत्ता छोड्न पर्ला भन्ने प्रचण्डलाई लागेकै थिएन । सपनाजस्तै भएको छ । जसरी प्रचण्डले देउवालाई सपना जस्तै बनाएका थिए त्यस्तै सपना जस्तै अहिले ओलीले प्रचण्डलाई पारेका छन् । आजसम्म प्रचण्डले राज्यको दोहन त कति गरे कति गरे ? हिसाब किताब नै छैन । कति गर्ने सपना थियो ती सबै अहिले हावाले उठायो । प्रचण्ड तिरमिराएका छन् । तैपनि केही अधुरा र बाँकी लेनदेन बक्यौता, कमिशन, ठेक्कापट्टा, सरुवा–बढुवा साथै कृर्ते, जालसाझी, नीतिगत निर्णय आदि सच्याउन पर्ने वा लुकाउन र गायब पार्नु पर्ने यी सबैका लागि पनि प्रचण्ड अझँै अन्तिम समय पनि राजीनामा नदिई सत्तामा टाँसिरहनु पर्ने नै छ । अझ सम्भव भए त ओलीले जस्तै यो सदन नै भंग गराउनमा समेत प्रचण्ड पछि पर्ने थिएनन् । तर के गर्ने आफैले बनाएका राष्ट्रपति रामचन्द्र पौडेल उनको फेबरमा नभएकाले त्यो सम्भव नहोला । हुन त यसरी सत्तामा सकेसम्म अन्तिम समयसम्म चिप्किरहने यो चाला अहिले प्रचण्डको मात्रै होइन । यसमा पहिलाका प्रधानमन्त्री केपी ओली अनि मनमोहन अधिकारी र गिरिजाप्रसाद कोइरालामा पनि देखिएकै हो । सारमा यो सामन्ती दलाल र नोकरशाही, बुर्जुवा राज्यसत्ताकै मूल चरित्र र विशेषता हो । जसको शक्ति उसको भक्ति ।


    प्रचण्ड यसरी सत्ताबाट गलत्याइनुका पछाडिको मूल कारण त प्रचण्डकै छ जुन माथि भनिसकियो । जस्तो बिउ रोप्यो त्यस्तै फुल्छ, र फल्छ । प्रचण्डको यो षड्यन्त्र, जालझेल मुखले रामराम बगलीमा छुरा । जुन बिउ आजसम्म प्रचण्डले रोप्दै आएका थिए । आज त्यही बिउ अर्थात् त्यही शैली अहिले ओली देउवाले अपनाए त के बिगारे ? जस्तालाई जस्तै । यसमा अब प्रचण्डले आफ्नै कर्म र शैलीलाई आफँै धिक्कार्नुको  अर्काे विकल्प छैन । अझ अलिकति पनि राजनीतिक नैतिकता भए आफ्नै पार्टी नेतृत्वबाट पनि हट्नु नै राम्रो हुन्छ । तर उनमा अहिले अत्यन्त ठूलो पदीय महत्वकांक्षा, लोभ, लालच, प्रतिरोध र बदलाको राक्षसी भावना बढिसकेको छ । यसले उनलाई कि मार्ने र मर्नेसम्मको स्थितिमा पु¥याउने त होइन ? विचारणीय कुरा त यो छ ।
    अर्काे एउटा उखान छ ‘चरितार्थ छहुञ्जेलको भाँडो नत्र ठाडो’ ठीक आज यो नियति प्रचण्डले भोग्ने स्थितिमा पुगेका छन् । विश्व साम्राराज्यवादी र विस्तारवादीहरुले आजसम्म उनलाई  ललाई फकाई धेरै उपयोग गरे । राष्ट्रघाती नागरिक विधेयक पारित गराए । देशका थुप्रै्र नदीनाला विदेशीलाई सुम्पिए ।

    एमसीसी अमेरिकी परियोजना लागू गराए । तर चिनियाँ बीआरआइ परियोजनाप्रतिको उनको ढुलमूले नीतिले गर्दा अब उनीहरुका लागि प्रचण्ड ठाडो बनेर मिल्काइए । यस्तै नियति फेरि अब एमाले अध्यक्ष ओलीले पनि भोग्ने दिन आउँदैछ । अहिले नै बढी चुरीफुरी नगरे हुन्छ, ओलीले पनि । देश त साम्राज्यवादी, विस्तारवादीहरुको गुलामी बनिसकेको छ । अब यिनीहरुले यहाँ ढुक्कसित राज गर्दै विश्वयुद्धको अभ्यास गराइँदैछ । 


    कांग्रेस–एमाले बीचको गठबन्धनका लागि बाहिर जे भनिए पनि खासमा कारण यही छ । देउवा–ओलीबीचको गोप्य भेटघाट र वार्तामा देउवा पत्नी आरजु देउवाको उपस्थितिले यही संकेत गर्दैैछ । हुनत कतिपयले यसलाई भुटानी शरणार्थी र गिरिबन्धु टि गार्डेन काण्डसँग पनि जोडी हेर्ने गरेका छन् । यो त फगत एउटा आन्तरिक कारण मात्रै हो । बाह्य कारण त माथि भने जस्तै छ । दुई तिहाई बहुमतको दण्डा देखाएर अड्डा अदालत र संवैधानिक निकाय सबलाई सके, आफ्नै फेबरमा राख्ने त्यो नभए मौन र निस्क्रिय पार्ने त्यसपछि संविधान संशोधनको हल्ला चलाएर जनतालाई केही राहत दिने खोजे जस्तो पनि गर्ने आखिर आवश्यक नै परे साम्राज्यवादी र विस्तारवादीहरुको हित अनुरुप जनमत संग्रह जस्तो पनि गराई देशलाई सदाका लागि गुलामी बनाउने ठूलो ग्राण्ड डिजाइन यहाँ हुँदैछ । यसैले अहिले सत्ताबाट के गयो र  को आयो भनी हाँस्ने र  रुने बेला छैन । जनताका लागि कागलाई बेल पाक्यो न हर्ष न विस्मात । बरु बुढी मरी भनेर होइन काल पल्कियो भन्नेतिर सबैको ध्यान जानु आवश्यक छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij