२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

राजस्व संकलन संकुचित हुँदा चुनौती

राजस्व संकलन संकुचित हुँदा चुनौती

राजस्व संकलन संकुचित हुँदा चुनौती

राजस्व संकलन संकुचित हुँदा चुनौती

राजस्व संकलन संकुचित हुँदा चुनौती
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, फाल्गुण २० २०८१
मंगलवार, फाल्गुण २० २०८१
  • लुम्बिनी प्रदेश सरकारले लक्ष्यअनुसार आन्तरिक आम्दानी गर्न नसक्दा बजेट निर्माण र कार्यान्वयनमा समस्या उत्पन्न भएको छ । प्रदेश सरकारले लक्ष्यअनुसार कुनै पनि शीर्षकमा राजस्व संकलन गर्न सकेको देखिंदैन । गत आव २०८०-०८१ मा पाँच अर्ब ९८ करोड ५१ लाख रुपैयाँ आन्तरिक आम्दानी गर्ने लक्ष्य लिएको सरकारले एक अर्ब ६३ करोड ३९ लाख २८ हजार रुपैयाँ मात्र आम्दानी गर्न सक्यो । जुन लक्ष्यको २७ दशमलव ३० प्रतिशत हो । 


    चालू आव २०८१-०८२ मा प्रदेश सरकारले चार अर्ब ७१ करोड २० लाख ८३ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । तर आर्थिक वर्षको ६ महिना बित्दासम्म १८ दशमलव ९५ प्रतिशत मात्र संकलन गरेको छ । एकातिर प्रदेश सरकार स्वंयले लक्ष्यअनुसार राजस्व संकलन गर्न सकेको छैन, अर्कोतिर संघीय सरकारले पनि लक्ष्यअनुसार राजस्व संकलन गर्न नसक्दा प्रदेश र स्थानीय सरकारले दिने अनुदान घट्दै गएको छ ।

    संघीय सरकारले छुट्याउने वित्तीय समानीकरण अनुदानलाई प्रमुख आधार बनाएर प्रदेश सरकारको बजेट निर्माण हुन्छ । बजेट निर्माणको प्रमुख आधार संघीय सरकारले दिने अनुदान नै हो । यसमा आन्तरिक स्रोत १५ प्रतिशत मात्रै हो भने ८५ प्रतिशत स्रोत संघीय सरकारको अनुदानमा भर पर्नुपर्छ । अघिल्लो आव २०८०-०८१ सम्म लुम्बिनीलाई दिइने समानीकरण अनुदान आठ अर्बबाट घटाएर ६ अर्ब रुपैयाँमा झारिएको थियो । यो वर्ष पनि समानीकरण अनुदान घट्ने निश्चित भएको छ । लक्ष्य गरेका क्षेत्रबाटै आम्दानी घटेपछि प्रदेश सरकारलाई खर्च व्यवस्थापनमा समस्या देखिएको छ । सञ्चित कोष रित्तिंदा सरकारले गत आव २०८०-०८१ मा काम सकेका निर्माण कम्पनीको दुई अर्ब रुपैयाँ भुक्तानी दिन सकेको छैन ।


     भुक्तानीको भारले थिचिएको प्रदेश सरकारले चालु खर्चमा मितव्ययी हुनुपर्ने बाध्यता छ । अनावश्यक संरचना निर्माण नगर्ने र अहिले भइरहेका संरचनाले गर्ने चालुलगायतका खर्चमा पनि व्यापक कटौती गर्न ढिलाइ गर्न हुन्न । संघीय सरकारसँग भएका संरचना जुन प्रदेशमा नभएपनि चल्ने संरचना तत्काललाई गठन गर्न हुन्न । अहिले प्रदेश लोकसेवा आयोगकको काम र भूमिकाप्रति प्रश्न उठिरहेको बेला संविधानले अधिकार दिएको भन्दै अरु निकाय र संरचना गठन गर्न हुन्न । अहिले सकेसम्म खर्च घटाउने हो । आम्दानी कम भएका बेला खर्च कम गरेर सन्तुलन कायम गर्न सकिन्छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij