बुटवल । खाना पकाउने एलपीजी ग्यासको मूल्य बढ्ने भएको छ । सरकार र उद्योगीबीच मंगलबार प्रतिसिलिन्डर १३ रुपैयाँ ७५ पैसा मूल्य बढाउने सहमति भएको छ । यो सहमति भएसँगै उद्योगीहरूले आन्दोलन फिर्ता लिएका छन् । सरकार र उद्योगीबीच पाँचबुँदे सहमति भएको छ ।
यो समहमतिअनुसार अब ग्यासको मूल्य प्रतिसिलिन्डर १ हजार ९ सय १० बाट बढेर १ हजार ९ सय २२ रुपैयाँ ७५ पैसा पुगेको छ ।वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की नेतृत्वको टोली र र उद्योगीबीच मंगलबार वार्ता भएको थियो ।




