२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

विशेष आर्थिक क्षेत्र उद्योगीमैत्री हुनुपर्छ

विशेष आर्थिक क्षेत्र उद्योगीमैत्री हुनुपर्छ

विशेष आर्थिक क्षेत्र उद्योगीमैत्री हुनुपर्छ

विशेष आर्थिक क्षेत्र उद्योगीमैत्री हुनुपर्छ

विशेष आर्थिक क्षेत्र उद्योगीमैत्री हुनुपर्छ
शुक्रवार, आषाढ २२ २०८१
शुक्रवार, आषाढ २२ २०८१
  • निर्यातजन्य उद्योग स्थापनाका लागि दुई दशकअघि विशेष आर्थिक क्षेत्र सेज अवधारणा अघि सार्दै सरकारले भैरहवासहित देशका विभिन्न ठाउँमा विशेष आर्थिक क्षेत्र स्थापना ग¥यो । विश्वका विभिन्न मुलुकमा विशेष आर्थिक क्षेत्र (सेज) निर्माणले निर्यातजन्य उद्योग स्थापना भएका र ती मुलुकले लाभ लिइरहेको बेला नेपालले पनि सेजको सञ्चालनपछि लाभ लिन्छ भन्ने आँकलन थियो । तर अहिले सेजमा उद्योग स्थापना गर्न उद्योगी हिच्किचाइरहेका छन्, जसले उद्योग स्थापना गरेका छन्, उनीहरु निराश छन् । सेजमा उद्योग स्थापना गरेर सञ्चालन गर्न भएका कठिनाइ हटाउन राज्य अग्रसर नहुँदा उद्योगी निराश छन् ।
    अहिले सेजमा सञ्चालन हुने उद्योगले उत्पादनको ६० प्रतिशत निर्यात गर्नुपर्ने प्रावधान छ ।

    सेज ऐनमा भएको यो प्रावधानअनुसार उद्योग चलाउन नसकिने भन्दै पटक–पटक उद्योगीले सरकारको ध्यानाकर्षण गराएका छन् । उद्योग स्थापना गर्दा प्रति वर्ग मिटर भाडा २० रुपैयाँ तोकिएको छ । यी दुई प्रावधानमा सुधार गरी उद्योगीमा आशाको सञ्चार गर्न आवश्यक छ । नेपालबाट निर्यात हुने वस्तुको उत्पादन बढाउन निर्यात गर्दा हुने अनेक झण्झट हटाउन पनि सरकारको ध्यान पुग्न आवश्यक छ । सेज ऐन संशोधन गर्न संसदमा पुगेको छ, यो संशोधन प्रस्ताव लामो समय अड्काएर राख्ने भन्दा छिटो टुंगोमा पु¥याउन आवश्यक छ । भाडा र निर्यात प्रावधानमा संशोधन भएर सेज ऐन आयो भने त्यसले सकारात्मक वातावरण बनाउने छ, सेज सञ्चालनका लागि ।


    भैरहवा विशेष आर्थिक क्षेत्र सेज ५२ विघामा फैलिएको छ । यहाँ ६४ वटा प्लट छन् । त्यसमध्ये आधा प्लट अझँै बाँकी छन् । सञ्चालनमा आएका उद्योगले पनि पूर्णरुपमा उत्पादन गर्न सकेका छैनन् । उत्पादनको ६० प्रतिशत अनिवार्य निर्यात गर्नुपर्ने प्रावधानकै कारण उत्पादन घटाउनुपर्ने बाध्यतामा उद्योगी परेका छन् । निकासी नहुँदा आन्तरिक बजारमा बेच्न नपाउने व्यवस्थाले सञ्चालनमा आएका कतिपय उद्योग परेका छन् । अझैँ विद्युत्को राम्रो व्यवस्था हुन सकेको छैन । एकीकृत सेवा युनिटको स्थापना गर्ने भनिए पनि व्यवहारमा कार्यान्वयन हुन सकेको छैन । उद्योगी आकर्षित नहुँदा राज्यको अर्बौं लगानी खेर गएको छ ।
    अब के गर्दा उद्योगी आकर्षित हुन सक्छन्, सरकारले उद्योगीमैत्री नीति ल्याएर सेज सञ्चालनको वातावरण बनाउनुपर्छ । राज्यको लगानीअनुसार प्रतिफल दिने उद्योगलाई आकर्षित गर्न ऐनको संशोधन गर्न प्राथमिकता दिनुपर्छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij