२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

अल नेपाल बुटवल मेयर कप ओपन स्नूकर : रेगन, सरोज, वाङचु र सोम सेमिफाइनल खेल्दै

अल नेपाल बुटवल मेयर कप ओपन स्नूकर : रेगन, सरोज, वाङचु र सोम सेमिफाइनल खेल्दै

फागुन २२ गते फाइनल प्रतिस्पर्धा हुने प्रतियोगिता निशुल्क हेर्न पाइने आयोजकले व्यवस्था गरेका छन् ।

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, फाल्गुण २१ २०८१
बुधवार, फाल्गुण २१ २०८१
  • बुटवल । बुटवलमा जारी सर्वाधिक पुरस्कार राशीको अल नेपाल ओपन स्नुकर प्रतियोगितामा आज सेमिफाइनलका दुई खेल हुंदैछन् । 
     बुटवलको सिंह कम्प्लेक्सस्थित खस्यौली स्नुकर क्लबमा पहिलो सेमिफाइनल खेल बिहान १० बजे काठमाडौंका वाङ्चू तामाङ र हेटौंडाका सोम लामाबीच फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने खेल संयोजक शिशिर गुरुङले जानकारी दिए ।
    यस्तै अन्तिम सेमिफाइनल खेल बुटवलका रेगन श्रेष्ठ र बिर्तामोडका सरोज गौतमबीच दिउसो ३ बजे शुरु हुने गुरुङले बताए । रेगन श्रीलंकामा सम्पन्न सागस्तरीय स्नूकर प्रतियोगितामा नेपाललाई पहिलो पदक दिलाउन सफल नेपालकै उत्कृष्ट खेलाडी हुन् । 
    नेपाल विलियर्डस स्नुकर तथा पुल संघ रुपन्देही र खस्यौली स्नूकर क्लबको संयुक्त आयोजनामा फागुन १२ देखि जारी प्रथम अल नेपाल बुटवल मेयर कप ओपन स्नुकर च्याम्पियनसीपमा देशभरबाट १२८ जना खेलाडीले भाग लिएका थिए । प्रतियोगिताको विजेता खेलाडीले ३ लाख ३ हजार, उपविजेताले १ लाख १ हजार रुपैया, हाइएस्ट ब्रेकरले ५५ हजार रुपैया,सेमिफाइनलमा पुग्ने खेलाडीहरुलाई नगद ३०–३० हजार रुपैया, राईजिङ स्टार र अनुशासित खेलाडीलाई स्नुकर स्टिकबाट पुरस्कृत गरिने नेपाल विलियर्डस स्नुकर तथा पुल संघ रुपन्देहीका अध्यक्ष सुजन पुनले बताए । 
    स्नुकरमा हालसम्मकै सर्वाधिक पुरस्कार राशीको यो प्रतियोगितालाई बुटवल उपमहानगरपालिकाबाट मुख्य आर्थिक सहयोग भएको छ भने बुटवल उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष तथा सिंह कम्प्लेक्सका सञ्चालक महेशमान सिंहबाट ३ लाख ३ हजार र आवास ग्रुपका महेश थैवबाट एक लाख रुपैयां आर्थिक सहयोग भएको संघका सचिव प्रकाश क्षेत्रीले बताए । फागुन २२ गते फाइनल प्रतिस्पर्धा हुने प्रतियोगिता निशुल्क हेर्न पाइने आयोजकले व्यवस्था गरेका छन् । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij