२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

पसल बेचेर कृषिकर्ममा लागेका श्रेष्ठ

पसल बेचेर कृषिकर्ममा लागेका श्रेष्ठ

पसल बेचेर कृषिकर्ममा लागेका श्रेष्ठ

पसल बेचेर कृषिकर्ममा लागेका श्रेष्ठ

पसल बेचेर कृषिकर्ममा लागेका श्रेष्ठ
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
भुसाल प्यूठान जिल्ला संवाददाता हुन।
बुधवार, फाल्गुण २१ २०८१
बुधवार, फाल्गुण २१ २०८१
  • प्यूठान
    पछिल्लो समय ऐरावती गाउँपालिकामा व्यवसायिक कृषिखेती गर्नेहरुको संख्या बढ्दै गएको छ । युवापीढिमा पनि कृषि पेशाप्रति आकर्षण बढ्न थालेको हो । ऐरावती गाउँपालिका वडा नं. ६ अर्लावाङ्गका जयगोपल श्रेष्ठले कृषिकर्मलाई निकै मेहनतका साथ अगाडि बढाएका छन् । 


     करिब २० वर्ष नेपालगन्जमा जुत्ता चप्पलको पसल गरेका उनी एकाएक आफ्नै गाउँ फर्केर कृषि पेशामा लागेको बताउँछन् । ‘२०७२ सालमा गाउँ फर्किएर बाख्रा पालन सुरु गरेको थिए,’ कृषक श्रेष्ठले भने–‘सुरु सुरुमा एक सय बोयर जातका बाख्रा पालेर वार्षिक ५ लाखसम्म आम्दानी पनि गरे ।’ विस्तारै बोयर जातका बाख्राले बजार पाउन छोडेपछि बाख्रा पालन व्यवसाय धरापमा पर्दै गएको उनले सुनाए । बोयर जातका पाठापाठी बीउको लागि उचित मूल्यमा बिक्री गर्न नपाएको गुनासो पोखे । बाख्रा पालनमा केयुबिके परियोजनाले गोठ (खोर) निर्माणमा सहयोग गरेको उनले बताए । बोयर जातका बाख्रा, पाठापाठी बिक्रीको लागि बजार अभाव भएपछि बाख्रा पालन व्यवसाय घटाउँदै तरकारी खेती सुरु गरेको उनको भनाइ छ  । 


    २२ रोपनी जग्गामा तरकारी फलाउँदै 
    करिब ६ वर्ष बाख्रा पालन गरेका उनले बाख्रा पालन भन्दा तरकारी खेतीमा सम्भावना देखेको बताए । २०७८ सालदेखि तरकारी खेती, लोकल कुखुरा र भैंसी पालन गर्दै आएका छन् । ‘एउटा टनेलबाट तरकारी खेती सुरु थिए,’ उनले भने– ‘अहिले १५ वटा टनेलमा तरकारी फैलाएको छु ।’ हिजोआज दैनिक टमाटर मात्र ४० किलो बिक्रीका लागि तयार हुने गरेको उनी बताउँछन् ।

    उनले २२ रोपनी आफ्नै जमिनमा मौसमी तथा बेमौसमी तरकारी फलाउँदै आएका छन् । विशेष गरी टमाटर, बन्दागोपी, फूलगोपी, ब्रोकाउली, सिमि, बोडी भान्टालगायतका तरकारी लगाउने गरेको श्रेष्ठ बताउँछन् । ‘तरकारीसँगै एक सय जति लोकल कुखुरा र ठुलासाना गरी ५ वटा भैंसी पालेको छु,’ कृषक श्रेष्ठले भने– ‘तयार भएका लोकल कुखुरा बेच्दै प्रत्येक महिना एक सयका दर थप्ने योजना गराएको छु ।’ लोकल कुखुराले राम्रो बजार पाउने गरेको उनले सुनाए । ऐरावती एग्रो जोन नामक फर्म दर्ता गरी २ लाख लगानीमा व्यवसायीक कृषि सुरु गरेको श्रेष्ठको भनाइ छ ।


    उनले मल्चीङ, थोपा सिँचाइ जस्ता आधुनिक प्रविधि पनि प्रयोग गर्दै आएका छन् । स्थानीय तहले उत्पादनको बजारीकरण सुनिश्चित गरेमा पालिकाको आन्तरिक स्रोत वृद्धि हुनुका साथै कृषि पेशाप्रति आत्मनिर्भर हुनसक्ने उनी बताउँछन् । 
    उनले कालिका विकास केन्द्रको (विलिफ) परियोजनाको सहयोगमा कीटनाशक झोल मल बनाउनुका साथै गड्यौला खेती पनि गरेका छन् । उनका छोरा अमेरिकामा सूचना प्रविधि विषयमा स्नातक तह अध्ययन गर्दै छन भने २ छोरी र श्रीमती काठमाडौंमा छन् । उमेरले ४७ मात्रै पुगेका श्रेष्ठ बुवाआमासँग गाउँमा कृषिकर्म गर्दै आएका छन् । 

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij