२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

वातावरण जोगाउन जिम्मेवार होऊ

वातावरण जोगाउन जिम्मेवार होऊ

वातावरण जोगाउन जिम्मेवार होऊ

वातावरण जोगाउन जिम्मेवार होऊ

वातावरण जोगाउन जिम्मेवार होऊ
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, फाल्गुण २१ २०८१
बुधवार, फाल्गुण २१ २०८१
  • वातावरण जोगाउने सवाल मान्छेको जीवनयापन सहज बनाउनका लागि हो । मानव जीवन सहज र सरल बनाउन वातावरण जोगाउन सक्दा मात्रै संभव छ । भावी पुस्ताको भविष्य सुनिश्चित वातावरण जोगाउन सक्दा मात्रै संभव छ । तर वातावरण जोगाउने विषयलाई सरकारले संवेदनशील रूपमा लिएको छैन । लुम्बिनी प्रदेश सरकारको स्थायी संगठनात्मक संरचनामा वन तथा वातावरण मन्त्रालय र मातहतका निकायमा १२ सय जनशक्तिमध्ये एक जना वातावरण निरीक्षकको दरबन्दी कायम हुनु वातावरणप्रति जिम्मेवारीबोध नहुनु हो । 


    प्रदेशमा स्थापना हुने उद्योगहरुको प्रारम्भिक वातावरणीय परीक्षण (आइईई) स्वीकृति प्रदेश सरकारले गर्नुपर्छ । सामुदायिक र अन्य वनहरुको योजना स्वीकृति उद्योगहरुको वातावरणीय अनुगमनलगायतका काम प्रदेशबाटै गर्ने संवैधानिक प्रबन्ध छ । प्रदेशमा रहेका उद्योग, संस्थान, मेडिकल कलेजहरुले गर्न सक्ने प्रदूषणबारे अनुगमन गरी कारबाहीका लागि  संघमा सिफारिस गर्ने अधिकार प्रदेश सरकारलाई छ । यो अधिकारको प्रयोग जनशक्ति व्यवस्थापन गर्न सक्दा मात्रै संभव छ । वनका दरबन्दीबाटै वातावरणको काम चलाउन खोजिएको हो भने काम कुरा एकातिर कुम्लो बोकी ठिमितिर भनmेभैंm हुन्छ ।
    वातावरण जोगाउन सक्दा मात्रै मान्छे जोगिने हो । अरु प्राणीको जीवन जोगिने हो । अरु प्राणी जोगिन सक्दा मात्रै मान्छेको जीवन सुरक्षित र सहज हुने हो । विकास पूर्वाधार निर्माणमा खेलाँची हुँदा वातावरणीय जोखिम बढेको छ । जलवायु परिवर्तनको असर चौतर्फी देखिन थालेको छ । बढ्दो प्रदूषणको असर समाजले भोगिरहेको छ । वातावरण संरक्षण भन्ने  बित्तिकै कतिपय अवस्थामा वन जोगाउनु हो भन्ने बुझाई स्थापित छ, तर वन जोगाउनु मात्रै वातावरण संरक्षण होइन्, वन जोगाउने विषय एउटा पाटो हो । समाजमा वातावरणका मुद्दा धेरै छन्, जुन वनसँग मात्रै सम्बन्धित छैनन् । वातावरणको सवाल जब सरकारको प्राथमिकतामा पर्दैन, दीगो विकासको कल्पना गर्न सकिंदैन । वातावरण केवल गैरसरकारी संस्थाले उठाउने विषयमात्रै होइन । 


    सरकारले एउटा वातावरण निरीक्षक परिचालन गरेर यस क्षेत्रमा केही नतिजा हासिल गर्न सक्तैन । वातावरणप्रति सरकार संवेदनशिल हो र केही नतिजा देखाउन खोजेको हो भने तत्काल कम्तिमा मन्त्रालयको वातावरण शाखा व्यवस्थित ढंगले चल्ने अवस्था श्रृजना गर्नुपर्छ । संघीय शासन प्रणालीअन्तर्गत प्रदेश सरकारले कामकाज गर्न थालेको सात वर्ष भयो अहिलेसम्म मन्त्रालयको वातावरण शाखा व्यवस्थित नहुुनुले वातावरणप्रति सरकारको भूमिकामै प्रश्न उठेको छ । अनावश्यक र बोझिला संरचना हटाउँदै आवश्यक र नतिजा दिने खालका संरचनामा दरबन्दी थप्दा प्रदेश सरकारको औचित्य स्थापित हुनेछ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij