२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

नेपाल उद्योग ब्यापार महासंघ रुपन्देही गठन

नेपाल उद्योग ब्यापार महासंघ रुपन्देही गठन

नेपाल उद्योग ब्यापार महासंघ रुपन्देही गठन

नेपाल उद्योग ब्यापार महासंघ रुपन्देही गठन

नेपाल उद्योग ब्यापार महासंघ रुपन्देही गठन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, फाल्गुण २१ २०८१
बुधवार, फाल्गुण २१ २०८१
  • बुटवल । नेपाल उद्योग ब्यापार महासंघ रुपन्देही गठन भएको छ । उद्योगी व्यवसायीको बुधबार बुटवलमा भएको भेलाले बुटवलका व्यवसायी गोबिन्दराज गैरेको अध्यक्षतामा नयां नेतृत्व चयन गरेको हो ।

    महासंघको उद्योग उपाध्यक्षमा लोकनाथ पन्थी,बाणिज्य उपाध्यक्षमा दिपेन्द्र सुवेदी,महासचिवमा प्रकाश अधिकारी,कोषाध्यक्षमा कृष्णप्रसाद मरासिनी,सचिव नेत्र रुचाल, सहकोषाध्यक्ष तुल्सीराम भण्डारी चयन भएका छन् । यस्तै कार्यसमिति सदस्यहरुमा अमृतबहादुर फुल्लेल,रुक्मागत खनाल,प्रताप परियार,दोमन बराल,सपना ठकुरी लगायत रहेका छन् ।

    भेलाको उद्घाटनमा नेपाल उद्योग ब्यापार महासंघका केन्द्रीय अध्यक्ष खिमलाल भण्डारीले उद्योगी व्यवसायी थुप्रै समस्यासंग जुधिरहनु परेको बताउंदै एकतावद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए । महासंघका महासचिव खिम नारायण पराजुली मझौला तथा साना व्यवसायीको हक हितमा काम गर्ने संस्थाको अभाव खड्केर संस्था स्थापना भएको बताए । 

    महासंघले मझौला र साना व्यवसायीका पक्षमा कर, भन्सार मूल्याङकन लगायतका विषयमा नीतिगत पैरवी गरेकाले महासंघको लोकप्रियता बढ्दै गएको बताए । उनले भन्सार मूल्यांकनमा चरम बेथिति रहेकाले यसको अन्त्य,कृषिजन्य विषादीमा भ्याट खारेज हुनुपर्ने, कच्चा पदार्थमा भन्दा तयारी वस्तु आयातमा भन्सार दर बढी हुनुपर्ने माग गरे ।

    यस्तै ५०० र १००० दरका नोटमा प्रतिबन्ध लगाउनुपर्ने, ट्रंक लाइन र डेडिकेटेड लाइनको २२ अरब बक्यौता विद्युत महसुल उठाउनुपर्ने बताए । कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य राम परियार, रुपन्देही संयोजक निर्मल जिसी लगायतले स्वाधीन र आत्मनिर्भर अर्थतन्त्र, औद्योगिकरण र ब्यापार विविधिकरणका लागि नेपाल उद्योग ब्यापार महासंघ र यस अन्तर्गतका संस्थाहरुले अग्रणी भूमिका खलेको भन्दै सराहना गरे ।

    नेपाल उद्योग ब्यापार महासंघ रुपन्देहीका नवनिर्वाचित अध्यक्ष गोबिन्दराज गैरेले महासंघका शाखाहरु जिल्लाका सबै पालिकामा विस्तार गर्ने गरी काम गर्ने बताए । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij