२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

नेपाल उद्योग ब्यापार महासंघ रुपन्देही अध्यक्षमा गैरे

नेपाल उद्योग ब्यापार महासंघ रुपन्देही अध्यक्षमा गैरे

स्वाधीन र आत्मनिर्भर अर्थतन्त्र, औद्योगिकरण र ब्यापार विविधिकरणका लागि नेपाल उद्योग ब्यापार महासंघ र यस अन्तर्गतका संस्थाहरुले अग्रणी भूमिका खलेको भन्दै सराहना

नेपाल उद्योग ब्यापार महासंघ रुपन्देही अध्यक्षमा गैरे

नेपाल उद्योग ब्यापार महासंघ रुपन्देही अध्यक्षमा गैरे

स्वाधीन र आत्मनिर्भर अर्थतन्त्र, औद्योगिकरण र ब्यापार विविधिकरणका लागि नेपाल उद्योग ब्यापार महासंघ र यस अन्तर्गतका संस्थाहरुले अग्रणी भूमिका खलेको भन्दै सराहना

नेपाल उद्योग ब्यापार महासंघ रुपन्देही अध्यक्षमा गैरे
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, फाल्गुण २२ २०८१
बिहिवार, फाल्गुण २२ २०८१
  • बुटवल । नेपाल उद्योग ब्यापार महासंघ रुपन्देही गठन भएको छ । उद्योगी व्यवसायीको बुधबार बुटवलमा भएको भेलाले बुटवलका व्यवसायी गोबिन्दराज गैरेको अध्यक्षतामा नयां नेतृत्व चयन गरेको हो । महासंघको उद्योग उपाध्यक्षमा लोकनाथ पन्थी,बाणिज्य उपाध्यक्षमा दिपेन्द्र सुवेदी,महासचिवमा प्रकाश अधिकारी,कोषाध्यक्षमा कृष्णप्रसाद मरासिनी,सचिव नेत्र रुचाल, सहकोषाध्यक्ष तुल्सीराम भण्डारी चयन भएका छन् । यस्तै कार्यसमिति सदस्यहरुमा अमृतबहादुर फुल्लेल,रुक्मागत खनाल,प्रताप परियार,दोमन बराल,सपना ठकुरी लगायत रहेका छन् ।

    भेलाको उद्घाटनमा नेपाल उद्योग ब्यापार महासंघका केन्द्रीय अध्यक्ष खिमलाल भण्डारीले उद्योगी व्यवसायी थुप्रै समस्यासंग जुधिरहनु परेको बताउंदै एकतावद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए । महासंघका महासचिव खिम नारायण पराजुली मझौला तथा साना व्यवसायीको हक हितमा काम गर्ने संस्थाको अभाव खड्केर संस्था स्थापना भएको बताए । 
    महासंघले मझौला र साना व्यवसायीका पक्षमा कर, भन्सार मूल्याङकन लगायतका विषयमा नीतिगत पैरवी गरेकाले महासंघको लोकप्रियता बढ्दै गएको बताए । उनले भन्सार मूल्यांकनमा चरम बेथिति रहेकाले यसको अन्त्य,कृषिजन्य विषादीमा भ्याट खारेज हुनुपर्ने, कच्चा पदार्थमा भन्दा तयारी वस्तु आयातमा भन्सार दर बढी हुनुपर्ने माग गरे । यस्तै ५०० र १००० दरका नोटमा प्रतिबन्ध लगाउनुपर्ने, ट्रंक लाइन र डेडिकेटेड लाइनको २२ अरब बक्यौता विद्युत महसुल उठाउनुपर्ने बताए । 


    कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य राम परियार, रुपन्देही संयोजक निर्मल जिसी लगायतले स्वाधीन र आत्मनिर्भर अर्थतन्त्र, औद्योगिकरण र ब्यापार विविधिकरणका लागि नेपाल उद्योग ब्यापार महासंघ र यस अन्तर्गतका संस्थाहरुले अग्रणी भूमिका खलेको भन्दै सराहना गरे । नेपाल उद्योग ब्यापार महासंघ रुपन्देहीका नवनिर्वाचित अध्यक्ष गोबिन्दराज गैरेले महासंघका शाखाहरु जिल्लाका सबै पालिकामा विस्तार गर्ने गरी काम गर्ने बताए ।  

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij