२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

साइनबोर्ड कर खारेज नभए बुटवल उपमहानगरलाई कर नतिर्न चार संस्थाद्वारा उद्योगी–व्यवसायीलाई अपील

साइनबोर्ड कर खारेज नभए बुटवल उपमहानगरलाई कर नतिर्न चार संस्थाद्वारा उद्योगी–व्यवसायीलाई अपील

साइनबोर्ड कर खारेज नगरी जबरजस्ती असुल्ने काम भइरहे चार वटै संस्थामा आवद्ध उद्योगी व्यवसायी व्यवसाय बन्द गरेर उपमहानगरविरुद्ध संयुक्त आन्दोलनमा उत्रिन वाध्य हुने र राजस्व परामर्श समितिमा समेत नजाने चेतावनी दिएका छन् ।

साइनबोर्ड कर खारेज नभए बुटवल उपमहानगरलाई कर नतिर्न चार संस्थाद्वारा उद्योगी–व्यवसायीलाई अपील

साइनबोर्ड कर खारेज नभए बुटवल उपमहानगरलाई कर नतिर्न चार संस्थाद्वारा उद्योगी–व्यवसायीलाई अपील

साइनबोर्ड कर खारेज नगरी जबरजस्ती असुल्ने काम भइरहे चार वटै संस्थामा आवद्ध उद्योगी व्यवसायी व्यवसाय बन्द गरेर उपमहानगरविरुद्ध संयुक्त आन्दोलनमा उत्रिन वाध्य हुने र राजस्व परामर्श समितिमा समेत नजाने चेतावनी दिएका छन् ।

साइनबोर्ड कर खारेज नभए बुटवल  उपमहानगरलाई कर नतिर्न चार संस्थाद्वारा  उद्योगी–व्यवसायीलाई अपील
लुम्बिनी पत्रिकाका सह-सम्पादक शर्मा करिब २ दशक देखी पत्रकारितामा क्रियाशील छन् । उनले सममामयीक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
बिहिवार, फाल्गुण २२ २०८१
बिहिवार, फाल्गुण २२ २०८१

  •  बुटवल । बुटवलका चार व्यवसायिक संस्थाले पसल, उद्योग वा व्यवसाय चिनाउन साइनबोर्ड राखे वापत बुटवल उपमहानगरले लिंदै आएको कर खारेज गर्न माग गरेका छन् । 
    बुटवल उद्योग बाणिज्य संघ, रुपन्देही व्यापार संघ, रुपन्देही उद्योग संघ र उद्योग व्यापार संघ बुटवलले बुधबार संयुक्त पत्रकार सम्मेलन गरी साइनबोर्ड कर खारेजीको माग गर्दै नगरे कर नतिर्ने र बुटवल उपमहानगरको राजस्व परामर्श समितिमा पनि सहभागी नहुने घोषणा गरेका छन् । चार व्यवसायिक संस्थाहरुले ६० स्क्वायर फुट सम्मको साइनबोर्डको कर नतिर्न बुटवलका उद्योगी व्यवसायीलाई अपील गर्दै त्यस भन्दा बढी साइजको बोर्ड राखेको खण्डमा भने तिर्न तयार रहेको बताएका छन् । 
    कोरोना महामारीको असरले ओरालो लागेको व्यवसाय आर्थिक मन्दीले झनै थला परेको अवस्थामा दोहोरो, तेहोरो कर, चर्को घर भाडा र बहाल करले व्यवसायी पलायन हुने अवस्थामा साइनबोर्ड राखेको समेत कर असुल्नु अव्यवहारिक भएको भन्दै व्यवसायीहरुले कर नलिन माग गर्दै गत असार २ गते नै  बुटवल उपमहानगरपालिकालाई ज्ञापनपत्र बुझाएका थिए । 
    नगर प्रमुख र उपप्रमुखसंग पटक–पटक भएका वार्तामा समस्या समाधानको आश्वासन दिइएको तर कर उठाउने ठेक्का पाएको कम्पनीबाट व्यवसायीमाथि जोरजबरजस्ती र ज्यादती भएपछि यही फागुन १३ गते पुनः ज्ञापनपत्र बुझाएका थिए । 
    उपनगरपालिकाले ठेक्कामार्फत गणेश एण्ड सन्स कन्ट्रक्सन बुटवललाई साइनबोर्डको कर उठाउन दिएको छ । 
    ‘दशमहिना पहिले नै साइनबोर्ड करमा असहमति जनाउंदै नलिन ज्ञापनपत्र बुझाएका थियौं,त्यसयता मेयर र उपमेयरसंग बीस पटक भन्दा बढी वार्ता र छलफल हुंदा आश्वासन मात्र दिइयो तर ठेकेदारबाट झन् जोरजबरजस्ती र ज्यादतीका घटना भएपछि  वाध्य भएर कर खारेज नगरेसम्म चार वटै संस्थामा आवद्ध व्यवसायीले कर नतिर्ने निर्णय गरेका हौं’–बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले भने । 
    ठेकेदार कम्पनी व्यवसायीक प्रतिष्ठानहरुमा पुगेर जोर जबरजस्ती र अभद्र व्यवहार गर्नुका साथै तोडफोड समेत गरी ज्यादतिपूर्ण व्यवहार गरेकाले तोडफोडको उचित क्षतिपूर्ति दिनुपर्ने आफूहरुको माग रहेको रुपन्देही ब्यापार संघका अध्यक्ष दीपक अधिकारीले बताए । ठेकेदारबाट भएका ज्यादतीपूर्ण गतिविधिको बुटवल उपमहानगरपालिका नैतिकरुपमा जिम्मेवारी लिनुपर्ने उनको माग छ । 
    अध्यक्ष अधिकारीले साइनबोर्ड कर खारेज नगरी जबरजस्ती असुल्ने काम भइरहे चार वटै संस्थामा आवद्ध उद्योगी व्यवसायी व्यवसाय बन्द गरेर उपमहानगरविरुद्ध संयुक्त आन्दोलनमा उत्रिन वाध्य हुने चेतावनी दिए । 
    रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटाले चार व्यवसायिक संस्थाले सार्वजनिक स्थानमा राखिने साइनबोर्डको कर उठाउन आफूहरुले सहमति जनाएको भएपनि बुटवल उपमहानगरपालिकाले भ्रम सिर्जना गहुने गरी गलत प्रचार गरेको बताए ।  ‘साइनबोर्ड करका विषयमा उपमहानगरपालिकाको राजश्व परामर्श समितिको बैठकमा छलफल हुंदा पहिलेवाट लागु हुदै आएको प्रक्रिया अनुसार नै कर असुल गर्ने जानकारी गराइएको थियो तर निर्णय लेख्दा उपमहानगरपालिकाको आर्थिक ऐनमा भएको व्यवस्था अनुसार नलेखिएका कारण पहिलो पटकको ठेक्का २०७८÷७९ बमोजिम हुनेगरी सुझाव दिएका थियौं तर उपमहानगरले ठेकेदार कम्पनीलाई गलत सूचना दिएर व्यवसायीमा भ्रम सिर्जना गराएको छ, यो खेदजनक छ’–सापकोटाले भने ।
    व्यवसायीहरुका जायज मागप्रति बुटवल उपमहानगरपालिकाले तत्कालै समाधान खोज्नुपर्ने अन्यथा थप आन्दोलनको सामना गनुपर्ने उद्योग ब्यापार संघ बुटवलका अध्यक्ष विष्णुप्रसाद पाण्डेले बताए । 
    रुपन्द्येही उद्योग संघका पुर्व अध्यक्ष महेन्द्र नारायण श्रेष्ठले तीन तहका सरकारले व्यवसायीबाट दोहोरो–तेहेरो कर लिने तर करको सदुपयोग र व्यवसायीलाई कहिल्यै राहत नदिने गुनासो गरे ।  
    उपमहानगरपालिकाकी सूचना अधिकारी तुल्सा अर्यालले नगरसभाबाट पारित गरेर नै कर उठाउन थालिएको भन्दै यसलाई परिमार्जन गर्न फेरि नगरसभाले अर्को निर्णय गर्नुपर्ने बताइन् । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij