२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

पाल्पामा सामुदायिक वनको १६८ हेक्टर जंगल सखाप, तीनदिनसम्म पनि नियन्त्रण बाहिर

पाल्पामा सामुदायिक वनको १६८ हेक्टर जंगल सखाप, तीनदिनसम्म पनि नियन्त्रण बाहिर

पाल्पामा सामुदायिक वनको १६८ हेक्टर जंगल सखाप, तीनदिनसम्म पनि नियन्त्रण बाहिर

पाल्पामा सामुदायिक वनको १६८ हेक्टर जंगल सखाप, तीनदिनसम्म पनि नियन्त्रण बाहिर

पाल्पामा सामुदायिक वनको १६८ हेक्टर जंगल सखाप, तीनदिनसम्म पनि नियन्त्रण बाहिर
पाेखरेल पाल्पामा रहेर समसामयिक विषयमा कलम चलाउँछन् ।
बिहिवार, फाल्गुण २२ २०८१
बिहिवार, फाल्गुण २२ २०८१
  •  

    पाल्पा । तीन दिनदेखि पाल्पा संसारकोट डाँडाको जंगल क्षेत्रमा लागेको डढेलो बिहीबारसम्म नियन्त्रणमा आएको छैन । डढेलोले यसको सेरोफेरोमा रहेका चार सामुदायिक वनको १६८ हेक्टर जंगल सखाप भइसकेको छ ।

    डिभिजन वन कार्यालय पाल्पाका अनुसार देउरालीको लेक सामुदायिक वनको ६८ मध्ये ५० हेक्टर जंगलमा डढेलो लागिसकेको छ । ४८ हेक्टर क्षेत्रफल रहेको देउराली र ख्याहाको संयुक्त भारेखोला सामुदायिक वनको सम्पूर्ण क्षेत्र डढेलोले सकिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी खिलबहादुर तामाङले जानकारी दिए ।

    यसैगरी ख्याहाकै मधुवन सामुदायिक वन उपभोक्ता समूहको १२० मध्ये ६० हेक्टर क्षेत्रफल डढेलोले सकिएको छ । देउरालीकै वृन्दावन सामुदायिक वनको ३९ मध्ये १० हेक्टर क्षेत्रफलमा डढेलो लागि सकेको छ । ‘भौगोलिक विकटता र हावाहुरीका कारण नियन्त्रणमा लिन कठिनाई भएको छ,’ डिभिजन वनका सूचना अधिकारी तामाङले भने, ‘बस्ती जोगाउने प्रयासबाहेक जंगलमा पुगेर निभाउन सकिने अवस्था छैन ।’

    Palpa Agalagi Photo  (12).jpeg

    रिब्दीकोट गाउँपालिका–१ को ख्याहा र २ को देउरालीको संसारकोट डाँडामा मंगलबार १ बजेदेखि डढेलो सुरु भएको हो । डढेलो पोखरडाँडा क्षेत्रबाट सल्किएको स्थानीयले बताए । हावाहुरी लागेकाले नियन्त्रणमा लिन कठिनाई भएको रिब्दीकोट गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारीले बताइन् ।

    हार्थोकदेखि देउराली हुँदै ख्याहा जोड्ने सडक अन्तर्गत उत्तर र दक्षिण भागको जंगल क्षेत्रमा भीषण डढेलो लागेको उनले बताइन् । सल्ला, खर, झारपात सुकेको जंगलमा लागेको डढेलो नियन्त्रणमा लिन कठिनाई भएको छ । तानसेन नगरपालिकाको दमकल, नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी, सब–डिभिजन कार्यालयका कर्मचारी, स्थानीय बासिन्दा, जनप्रतिनिधि डढेलो नियन्त्रणका लागि खटिएको रिब्दीकोट गाउँपालिका–२, देउरालीका वडाध्यक्ष ओमप्रकाश पोखरेलले बताए ।

    देउरालीको पोखरडाँडामा बुधबार बेलुकी बस्ती नै जोखिममा परेको भए पनि जोखिममुक्त गराएको रिब्दीकोट–१, का वडाध्यक्ष चिरञ्जीवी पोखरेलले बताए । प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी, नेपाली सेना महिन्द्र दल गणका प्रमुख भुपेन्द्र गुरुङ्, प्रहरी प्रमुख नरेन्द्र चन्द लगायतको सुरक्षा निकायको टोलीले डढेलो लागेको क्षेत्रको अवलोकन गरेका छन् । डढेलो देउरालीबाट तानसेन नगरपालिका–१४, अर्गलीको माथिल्लो भेगतिर सरेको छ । यस भेगमा बस्तीको जोखिम छैन । खानेपानीको मुहान, टंकी, विद्युत् ट्रान्सफर्मर जोगाएका छन् । हावाहुरी चलेको र विद्युत् ट्रान्सफर्मरमा विद्युत सर्ट भएर निस्केको आगोले जंगलमा डढेलो सुरु भएको डिभिजन वन कार्यालयले जनाएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij