२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

अल नेपाल ओपन स्नूकरको फाइनल आज, सोम र सरोजबीच उपाधि भिडन्त

अल नेपाल ओपन स्नूकरको फाइनल आज, सोम र सरोजबीच उपाधि भिडन्त

अल नेपाल ओपन स्नूकरको फाइनल आज, सोम र सरोजबीच उपाधि भिडन्त

अल नेपाल ओपन स्नूकरको फाइनल आज, सोम र सरोजबीच उपाधि भिडन्त

अल नेपाल ओपन स्नूकरको फाइनल आज, सोम र सरोजबीच उपाधि भिडन्त
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, फाल्गुण २२ २०८१
बिहिवार, फाल्गुण २२ २०८१
  • बुटवल । हेटौंडाका सोम लामा र बिर्तामोडका सरोज गौतम बुटवलमा जारी सर्वाधिक पुरस्कार राशीको अल नेपाल ओपन स्नुकर च्याम्पियनसीपको फाइनलमा पुगेका छन् । 
    बुधबार राति सम्पन्न सेमिफाइनलमा बुटवलका रेगन श्रेष्ठलाई ६–४ अंकले पछि पार्दै  बिर्तामोडका सरोज गौतम फाइनलमा पुगेका हुन् । 


    यस्तै पहिलो सेमिफाइनल खेलमा काठमाडौंका वाङ्चू तामाङलाई ६–३ अंकले पछि पार्दै हेटौंडाका सोम लामा फाइनल प्रवेश गरेका खेल संयोजक शिशिर गुरुङले जानकारी दिए ।


    सोम र सरोजबीच फाइनल खेल बुटवलको सिंह कम्प्लेक्सस्थित खस्यौली स्नुकर क्लबमा आज बिहान ११ बजे शुरु हुने गुरुङले बताए ।


    नेपाल विलियर्डस स्नुकर तथा पुल संघ रुपन्देही र खस्यौली स्नूकर क्लबको संयुक्त आयोजनामा फागुन १२ देखि जारी प्रथम अल नेपाल बुटवल मेयर कप ओपन स्नुकर च्याम्पियनसीपमा देशभरबाट १२८ जना खेलाडीले भाग लिएका थिए । 
    प्रतियोगिताको विजेता खेलाडीले ३ लाख ३ हजार, उपविजेताले १ लाख १ हजार रुपैया, हाइएस्ट ब्रेकरले ५५ हजार रुपैया,सेमिफाइनलमा पुग्ने खेलाडीहरुलाई नगद ३०–३० हजार रुपैया, राईजिङ स्टार र अनुशासित खेलाडीलाई स्नुकर स्टिकबाट पुरस्कृत गरिने नेपाल विलियर्डस स्नुकर तथा पुल संघ रुपन्देहीका अध्यक्ष सुजन पुनले बताए ।


    स्नुकरमा हालसम्मकै सर्वाधिक पुरस्कार राशीको यो प्रतियोगितालाई बुटवल उपमहानगरपालिकाबाट मुख्य आर्थिक सहयोग भएको छ भने बुटवल उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष तथा सिंह कम्प्लेक्सका सञ्चालक महेशमान सिंहबाट ३ लाख ३ हजार र आवास ग्रुपका महेश थैवबाट एक लाख रुपैयां आर्थिक सहयोग भएको संघका सचिव प्रकाश क्षेत्रीले बताए । 


    प्रतियोगिताको समापन र पुरस्कार वितरण दिउसो ३ बजेदेखि शुरु हुने र समापनमा प्रतियोगिता सम्पन्न गर्न सहयोग गरेका संघसंस्था र व्यक्तिलाई सम्मान गरिने आयोजकले जानकारी दिएका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij