२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

आवर पिसल्याण्डले गर्‍यो विद्यार्थी सम्मान

आवर पिसल्याण्डले गर्‍यो विद्यार्थी सम्मान

आवर पिसल्याण्डले गर्‍यो विद्यार्थी सम्मान

आवर पिसल्याण्डले गर्‍यो विद्यार्थी सम्मान

आवर पिसल्याण्डले गर्‍यो विद्यार्थी सम्मान
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, आषाढ २२ २०८१
शुक्रवार, आषाढ २२ २०८१
  • बुटवल । भर्खरै मात्रै प्रकाशित भएको एसइईको नतिजामा आफ्नो शतप्रतिशत नतिजालाई निरन्तरता दिएको बुटवल ७ मा रहेको आवर पिसल्याण्डले बधाई एवं सम्मान गरेको छ। एक कार्यक्रमको आयोजना गर्दै एसइईमा विद्यालयको १३ ब्याचबाट एसइईमा सहभागी २९ जना विद्यार्थीहरू उत्तीर्ण भएका विद्यार्थीहरुलाइ बधाई तथा सम्मान गरिएको हो। 


    कार्यक्रममा बुटवल उपमहानगरपालिका माध्यमिक शिक्षा शाखा उपनिर्देशक टिकाराम पन्थीले देशभरको नतिजा राम्रो नआएको अवस्थामा पनि यस विद्यालयले शतप्रतिशत नतिजा ल्याएको भन्दै विद्यालयले जस्तोसुकै अवस्था पनि शतप्रतिशत नतिजा निकाल्छ भन्ने प्रमाणीकरण गराएको बताए। उनले एसइई सानो क्षेत्र भएकोले आगामी दिनका यात्राहरूमा विद्यार्थीहरूले ध्यान दिन जोड दिँदै अझै सफलताको लागि शुभकामना व्यक्त गरे। 

    58198f94-528a-4ad4-830a-48bca52e5d19.jpg
     विद्यालय व्यवस्थापन समिति अध्यक्ष कुलानन्द पाण्डेले विद्यालयले वर्षौँदेखि उत्कृष्ट नतिजा ल्याइरहे पनि विद्यार्थीहरू अन्य स्थान जाने गरेको भन्दै आफ्नै नजिकको विद्यालयमा आफ्ना सन्तति अध्यापन गराउन आग्रह गरे। विद्यालयका प्रधानाध्यापक गङा भण्डारीले हरेक वर्ष शतप्रतिशत नतिजा ल्याइरहेका बताउँदै यो सफलतालाई बाहिर पुर्‍याउन नसकेको गुनासो गरिन। उनले विद्यालयका महत्त्वपूर्ण उपलब्धिहरू नजिककै स्थानीयले थाहा पाउन नसकेको बताइन। 


    कार्यक्रममा अभिभावक संघ रुपन्देही अध्यक्ष लोकनाथ ज्ञवालीले देशभरमा नै आएको नतिजालाई आवर पिसल्याण्डले तोडेको भन्दै शुभकामना व्यक्त गरे। एसइईमा विद्यालयबाट ३ जनाले ग्रेड ए प्लस, १७ जनाले ग्रेड ए , ९ जना बि प्लस ल्याएका छन्।

    २०५९ सालमा स्थापना भएको यस विद्यालयमा प्ले ग्रुप देखि कक्षा १० सम्म करिब ५ सय विद्यार्थीहरू अध्ययन गर्दै आएका छन् भने ३२ जना शिक्षक कर्मचारी रहेका छन्। विद्यार्थीहरुलाइ मायाको चिनो समेत प्रदान गरिएको कार्यक्रम सञ्चालक शिक्षक रोमाञ्च पुनले जानकारी दिए।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij