२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

प्युठानमा कृषि अनुदानको गाडी भाडामा

प्युठानमा कृषि अनुदानको गाडी भाडामा

प्युठानमा कृषि अनुदानको गाडी भाडामा

प्युठानमा कृषि अनुदानको गाडी भाडामा

प्युठानमा कृषि अनुदानको गाडी भाडामा
अधिकारीले प्युठानमा रहेर समसामयिक विषयमा कलम चलाउछन।।
बिहिवार, फाल्गुण २२ २०८१
बिहिवार, फाल्गुण २२ २०८१
  • प्युठान।माण्डवी गाउँपालिकाले कृषि अनुदानमा दिएको गाडी दुरुपयोग भएको पाइएको छ।सोही पालिकाको वडा २ का कृषक देव बहादुर अधिकारीले अनुदानमा बलेरो गाडी पाएका थिए।बिगत ८ महिना देखी उक्त गाडी अहिले माण्डवी गाउँपालिका नभई दाङमा चल्दै आएको छ।     


    आर्थिक वर्ष २०७९/२०८० को बार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि अनुदानमा बलेरो गाडी प्राप्त गरेको कृषक अधिकारीले बताए।‘माण्डवी गाउँपालिकाले कृषि अनुदान भनेर ५ लाख दिएको हो।’ उनले भने, ‘पालिका भित्र कृषि बस्तुहरु उत्पादन भएका छैनन गाडीको किस्ता पनि तिर्न पर्यो त्यहि भएर दाङमा गाडी चलाएको उनले बताए।’

    बागमती प्रदेश २२७५ नम्बरको गाडीमा नयाँ ढाला(ट्रली), सिट र कर गरेर २५ लाख ६० हजार रुपैंयामा खरिद गरेको उनको भनाई छ।     


    पालिकाले कृषिमा लगानी बढाउँदै कृषि उपजको उत्पादन र उत्पादकत्व वृद्धि गर्न र किसानले उत्पादन गरेका तरकारी तथा फलफुल बजारीकरण गर्न कृषि एम्बुलेन्स दिएको हो।


    उता माण्डवी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत भिम भण्डारीले अनुदानमा दुरुपयोग गरेको भए पालिकाले कारवाही गर्ने समेत बताएका छन्।श्रोतका अनुसार गाडी साहुले भाडामा लगाएर मासिक ६० हजार रुपैयाको दरले भाडा लिदैं आइरहेको बुझिएको छ।


    कृषि प्रवर्द्धनको लागि पालिकाले उपलब्ध गराउने अनुदानहरु प्रभावकारी नभएको जानकारहरु बताउछन्।व्यवसायी कृषि खेति गर्ने भनि अनुदान पाएका फर्महरु बन्द अवस्थामा भेटिने गरेको हुँदा कृषिमा गरेको लगानी उपलब्धि मुलक भएका छैनन।उत्पादनमा आधारित अनुदानलाई प्रभावकारी र व्यवस्थित गर्न सके कृषि क्षेत्रमा गरिएको लगानी उपलब्धि मुलक हुने थियो।           

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij