२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

सहमतिको पहलकदमी लेऊ

सहमतिको पहलकदमी लेऊ

सहमतिको पहलकदमी लेऊ

सहमतिको पहलकदमी लेऊ

सहमतिको पहलकदमी लेऊ
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, फाल्गुण २३ २०८१
शुक्रवार, फाल्गुण २३ २०८१
  • बुटवलका  व्यवसायिक संस्थाले पसल र उद्योग वा व्यवसाय चिनाउन साइनबोर्ड राखेबापत बुटवल उप–महानगरपालिकाले लिँदै आएको कर नतिर्ने घोषणा गर्दै खारेज गर्न माग गरेका छन् । 


    बुटवल उप–महानगरपालिकाले साइनबोर्ड कर उठाउन ठेक्का दिएको कम्पनीले जबर्जस्ती असुलीको प्रयास गरेपछि अहिले उप–महानगरपालिका र व्यवसायिक संघसंस्था आमनेसामने भएका छन् । 


    अहिले उप–महानगरपालिकाले ३० स्क्वायर फिटको कर लिन्छ । व्यवसायिक संघसंस्थाले ६० स्क्वायर फुटसम्मको साइनबोर्ड कर नतिर्न व्यवसायीहरुलाई अपील गरेर उप–महानगरपालिका र व्यवसायिक संघसंस्थाबिचको दुरी बढेको छ । यहाँका व्यवसायिक संघसंस्थाले दश महिना पहिले नै साइनबोर्ड करमा असहमति राख्दै आएका छन् । सरकार सञ्चालनका लागि कर आवश्यक हुन्छ । सरकारले नागरिकको अपेक्षा पूरा गर्न आवश्यक स्रोत व्यवस्थापनका लागि पनि कर नभई हुँदैन । तर करदाताको स्वीकृति वा अपनत्व विना कर उठाउन संभव छैन । करदाता कर तिर्न इच्छुक हुनुपर्छ । त्यसो भयो भने सरकार र करदाताबिच द्वन्द्व श्रृजना हुँदैन् । करदाताले चर्को विरोध गर्दागर्दै कर असुलीका लागि उप–महानगरपालिकाले चालेको कदममा कमजोरी थियो । अझ स्थानीय तह नागरिकको घरदैलोको सरकार हो । नागरिकसँग अधिकतम सहकार्य र समन्वय गर्न सक्दा मात्रै स्थानीय सरकार गतिशिल बन्न सघाउ पुग्ने हो । स्थानीय सरकारले अघि सारेका योजना र कार्यक्रमलाई सफल पार्न अनिवार्य समन्वय र सहकार्य आवश्यक छ ।


    कोभिड महामारीले सुस्त भएको अर्थतन्त्र लयमा आएको छैन । व्यवसायीहरु व्यवसायिक वातावरण नबनेको भन्दै निराश छन् । उनीहरु आम्दानी नबढ्दा राज्यलाई तिर्नुपर्ने करलाई बोझका रुपमा बुझ्न थालेका छन् । हुन पनि आम्दानी नहुने, तर तहगत सरकारलाई तिर्नुपर्ने करको चाङले नागरिकमा आक्रोश चुलिनु स्वाभाविक पनि हो । यो बेला सरकार नागरिकको सारथी बन्नुपर्छ । सकेसम्म तहगत सरकारले सहमतिमा कर असुलीको प्रयास गर्नु उत्तम हुन्छ । 


    उप–महानगरपालिकाले ठेक्का लागिसकेको विषय पुनर्विचार हुँदैन भनेर अघि बढ्ने र व्यवसायिक संस्थाहरुले थालेको अवज्ञा आन्दोलनको टकरावले अन्ततः सकारात्मक नतिजा निकाल्दैन । कर अवज्ञा आन्दोलनलाई सहमतिमा ल्याएर कर तिर्ने वातावरण बनाउने काम उप–महानगरपालिका नेतृत्वको हो । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij