२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

असारे विकास : सडक पिच गरेको दुई दिनमै उप्कियो

असारे विकास : सडक पिच गरेको दुई दिनमै उप्कियो

असारे विकास : सडक पिच गरेको दुई दिनमै उप्कियो

असारे विकास : सडक पिच गरेको दुई दिनमै उप्कियो

असारे विकास : सडक पिच गरेको दुई दिनमै उप्कियो
गुल्मी संवाददाता सुनार सामाजिक विषयमा कलम चलाउछन् ।
शुक्रवार, आषाढ २२ २०८१
शुक्रवार, आषाढ २२ २०८१
  • गुल्मी । गुल्मीको सदरमुकाम तम्घास सँगै जोडिएको सडक पिच गरेको दुई दिन मै ठाउँ ठाउँमा उप्किएको छ । अर्घाखाँची जिप पार्कबाट पश्चिम लाग्ने तम्घास खाम्सेपानी नयाँ गाउँ नादी सुर्यटारी सडक खण्डको दुई किलो मिटर सडक पिच गरेको दुई दिन नबित्दै उप्किएको हो ।

    लोहनी एन्ड ब्रदर्श प्रालि चितवनले ७ करोड बढी लागतमा ८ वर्ष अघि उक्त सडक पिच गर्ने जिम्मा लिएको थियो । जिम्मा लिएको ८ वर्ष सम्म पनि उक्त निर्माण कम्पनी सम्पर्कविहीन भएर काम अलपत्र परेपछि रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थीले कार्यभार सम्हाले लगत्तै सम्पर्कमा ल्याएर पिच गर्ने कार्य सुचारु गराएका थिए ।

    सडक पुर्वधार विकास कार्यालय गुल्मीका अनुसार उक्त सडक पिच गर्ने कार्यका लागि २०७२ साल असार ३१ गते सम्झौता भई सोही वर्षको चैत्र ३० गते सम्पन्न गर्नु पर्ने थियो । भ्याट सहित कुल ७ करोड १९ लाख ८७ हजार ७० रुपैयाँ लागतमा साढे दुई किलो मिटर पिच गर्ने कार्य जिम्मा लिए पनि झन्डै आठ वर्ष सम्म ७ पटक म्याद थप्दै उक्त निर्माण कम्पनीका मालिक आनन्द लोहनी सम्पर्कमा आएका थिएनन् ।

    अलपत्र उक्त सडक निर्माण गराउन मेयर पन्थीले उनलाई खोजतलास गरी गत वर्ष देखि काममा लगाउनु भएको थियो । पहिलो चरणको पिच सकेर दोस्रो चरणको काम केही दिन अघि गरेकोमा अधिकांश स्थानमा पिच उप्किएर राज्य रकम रकम बालुवामा पानी खन्याए जस्तै भए पछि उपभोक्ताहरूले असारे विकासको रमिता देखाउन हामीलाई बोलाएर सडकको हविगत देखाएका थिए । रेसुङ्गा नगरपालिका ६ का उपभोक्ता सूर्यबहादुर सोमै र त्यस सडकमा नालीको काम गरी रहेका बुद्ध विकले पानी परिरहेको समयमा पिच गरेको र सोही दिन नै पिच बगाएर लगेको बताए । थप पिच गर्छ होला भन्ने लागेको थियो । तर थप पिच गरेन ।

    ९० प्रतिशत भौतिक प्रगति र ८० प्रतिशत वित्तीय प्रगति भएको सडक पूर्वाधार विकास कार्यालय गुल्मीले जनाए पनि सडक दुर्घटना न्यूनीकरण गर्न सडक छेउमा गाडिएका डेलिनेटर पोस्ट एउटै हातले उखेल्न सक्ने अवस्था छ । त्यस कार्यालयका अनुसार निर्माण कम्पनीले ६ करोड ९ लाख ९९ हजार ८ सय १० रुपैयाँ भुक्तानी लगिसकेको छ । सडकमा उक्त कमजोरी देखिएपछि पुनः दोस्रो चरणको कार्य गर्नलाई निर्माण कम्पनीलाई ताकेता गरिएको सडक पूर्वाधार विकास कार्यालय गुल्मीका प्रमुख सच्चिदानन्द चौधरीले बताए ।

    सदरमुकाम भित्रकै सडक ठेक्का सम्झौता भएको ८ वर्षपछि निर्माण व्यवसायीलाई खोजी खोजी काम गराइएको भए पनि यो झारा टराइले असारे विकासको अर्को तमासा देखिएको छ । सडक पूर्वाधार विकास कार्यालयका अनुसार रेसुङ्गा नगरपालिकाले बाँकी भुक्तानी रोक्नका लागि सो कार्यालयलाई पत्राचार समेत गरेको छ ।

    सदरमुकाम तम्घासको अर्घाखाँची जिप पार्कबाट पश्चिम गुल्मी हुँदै प्युठान, दाङसम्म जोड्ने मुख्य सडकको सुरुवाती नै यो हालत छ भने बाँकी निर्माण कार्य कस्तो होला भनेर उपभोक्ताहरूले प्रश्न गर्न थालेका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij