२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

शिक्षक फेरि उत्रिए सडकमा

शिक्षक फेरि उत्रिए सडकमा

शिक्षक फेरि उत्रिए सडकमा

शिक्षक फेरि उत्रिए सडकमा

शिक्षक फेरि उत्रिए सडकमा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, फाल्गुण २४ २०८१
शनिवार, फाल्गुण २४ २०८१
  • काठमाडौं । विगतका सबै सहमति सम्बोधन हुने गरी विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै शिक्षकहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । छिटो विद्यालय शिक्षा ऐन जारी गर्न दबाब दिन नेपाल शिक्षक महासंघको नेतृत्वमा प्रदर्शन गरिएको हो ।

    शनिबार (फागुन २४) नयाँ बानेश्वरबाट माइतीघरसम्म गरिएको प्रदर्शनमा देशभरबाट ठूलो संख्यामा शिक्षक सहभागी थिए । उनीहरूले ‘यसअघि भएका सहमति कार्यान्वयन गर’, ‘विद्यालय शिक्षा ऐन जारी गर’ लगायत नारा लगाए ।

    विगतका सबै सहमति सम्बोधन हुने विद्यालय शिक्षा ऐन जारी गर्न राज्यलाई दबाब दिनका निम्ति प्रदर्शन गरिएको शिक्षकहरूको भनाइ छ ।

    महासंघले प्रदर्शनका निम्ति उपत्यकाबाहिरका शिक्षकलाई पनि काठमाडौं बोलाएको थियो । यही फागुन २५ गते राष्ट्रिय समितिको बैठक बस्ने र आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने महासंघले जनाएको छ ।

    यसअघि पनि विद्यालय शिक्षासम्बन्धी विधेयकमा असन्तुष्टि जनाउँदै स्कुल नै बन्द गरेर आन्दोलनमा उत्रिएपछि शिक्षकहरूसँग सरकारले सहमति गरेको थियो । सरकारले सहमति कार्यान्वयन नगरेको भन्दै शिक्षक पुनः आन्दोलित भएका हुन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij