२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

माेनिका युनिसेक्स सलुन तथा एकेडेमिकाे नयाँ शाखा अब काठमाण्डाैमा,नयाँ वर्षदेखि सेवा दिइने

माेनिका युनिसेक्स सलुन तथा एकेडेमिकाे नयाँ शाखा अब काठमाण्डाैमा,नयाँ वर्षदेखि सेवा दिइने

माेनिका युनिसेक्स सलुन तथा एकेडेमिकाे नयाँ शाखा अब काठमाण्डाैमा,नयाँ वर्षदेखि सेवा दिइने

माेनिका युनिसेक्स सलुन तथा एकेडेमिकाे नयाँ शाखा अब काठमाण्डाैमा,नयाँ वर्षदेखि सेवा दिइने

माेनिका युनिसेक्स सलुन तथा एकेडेमिकाे नयाँ शाखा अब काठमाण्डाैमा,नयाँ वर्षदेखि सेवा दिइने
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, फाल्गुण २६ २०८१
सोमवार, फाल्गुण २६ २०८१
  • बुटवल । मोनिका युनिसेक्स सलुन एण्ड एकेडेमी १३ औँ वर्षमा प्रवेश गरेको छ । बुटवलको विपिचोकमा रहेको उक्त एकेडेमीले आइतबार आफ्नो स्थापना दिवस विशेष कार्यक्रम गरी मनाएको छ ।

    कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवि अर्यालले महिलाले केही गर्न सक्दैन भन्ने भ्रम गलत रहेको बताइन् । महिलाहरुले अवसर पाएमा जस्तो सुकै काम पनि गर्न सक्षम रहेको उपप्रमुख अर्यालले बताइन् ।
    ‘महिलाहरुले केही गर्न सक्दैन भन्ने भ्रम रहेको छ, महिलाले अवसर पाए जे पनि गर्न सक्छन् भन्ने गतिलो उदाहरण मोनिका युनिसेक्सकी संचालिका मोनिकालाई लिन सकिन्छ’, उपप्रमुख अर्यालले भनिन् ।

    यस्तै संचालक मोनिका क्षेत्रीले सबैको साथ र सहयोगले आफु यहाँसम्म आएको भन्दै निरन्तर रुपमा सहयोग अपेक्षा गरिन् । साथै संचालक क्षेत्रीले काठमाडौँको सामाकुसी चोकमा शाखा विस्तार गर्न लागेको बताइन् । उक्त शाखा नयाँ वर्ष भन्दा पहिला नै संचालनमा ल्याउने तयारी रहेको बताइन् ।

    ‘अब काठमाडौँमा शाखा संचालन गर्ने तयारीमा छौँ । अहिले डेकोरेशनको काम भइरहेको छ। नयाँ वर्ष भन्दा अघि नै संचालनमा आउँछ,’ उनले भनिन् ।  

    कार्यक्रममा लोकदोहरी गायक बालचन्द्र बराल, गायिका शुशिला गौतम, एन्जिला रेग्मी, रेनुका भट्टराई, शुशिला श्रीपाली, गायक नारायण विपि परियार, मोडेल स्मारिका ढकाल, कलाकार ललिप खान र नारायणी खत्री लगायतका राष्ट्रिय तथा स्थानीय कालाकारहरुले विशेष प्रस्तुती पनि प्रस्तुत गरेका थिए ।

    वार्षिकोत्सवका कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका उपाध्यक्ष विमलराज भट्टराई, बुटवल ६ का वडाध्यक्ष लेखनाथ न्यौपाने, संचालक गंगनबहादुर क्षेत्री लगायतको उल्लेखनीय सहभागिता रहेको थियो।

    संचालक क्षेत्रीले वि.स. २०७० साल फागुन २५ गते बुटवलको अमर पथमा मोनिका ब्युटि केयर एण्ड कस्मेटिकको सुरु गरेकी थिइन् । २०७९ सालमा बुटवलको विपिचोकमा व्यवसाय सारेपछि मोनिका युनिसेक्स सलुन एण्ड एकेडेमी राखिएको थियो ।

    यही साउनदेखि स्किन एण्ड हेयर लेजर क्लिनिकको सेवा समेत थप भएको छ । बुटवलमा व्युटिशियनले स्किन एण्ड हेयर लेजर गर्नेमा मोफोसलमा उनी पहिलो हुन् ।

    यस्तै एकेडेमीमा ६ हजार भन्दा बढीले तालिम समेत लिएका छन् । उक्त शैलुनमा अहिले १८ जनाले रोगगारी समेत पाएका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij