२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

आशा जगाउने प्रयास

आशा जगाउने प्रयास

आशा जगाउने प्रयास

आशा जगाउने प्रयास

आशा जगाउने प्रयास
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, फाल्गुण २६ २०८१
सोमवार, फाल्गुण २६ २०८१
  • नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा पहिलोपल्ट प्रधानमन्त्रीकप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगिताका सबै खेल लुम्बिनी प्रदेशमा हुनु लुम्बिनी प्रदेशवासीका लागि गौरवको विषय हो । पहिलोपल्ट काठमाडौं बाहिर र सबै खेल लुम्बिनी प्रदेशमा आयोजना गर्न आयोजकको छनौटमा पर्नुले यहाँ खेल पूर्वाधार राम्रो बनेको संकेत हो । यस्ता प्रतियोगिता आयोजना हुनुले यहाँको पर्यटन प्रवद्र्धनमा बल पुग्नेछ । राजधानी बाहिर पनि ठूला प्रतियोगिता गर्न संभव छ भन्ने सन्देश यो प्रतियोगिताले दिएको छ ।
    नेपाल खेलकुद पूर्वाधारमा कमजोर भएको टिकाटिप्पणी भइरहेका बेला अहिले पूर्वाधारका केही काम भएका छन् । राज्यले पनि खेलकुद पूर्वाधार निर्माणमा प्राथमिकता दिन थालेको छ । निजी क्षेत्रले पनि खेलकुद पूर्वाधार निर्माणमा चासो दिन थालेको छ ।

    काठमाडौंको कीर्तिपुर क्रिकेट स्टेडियमलाई सुविधासम्पन्न बनाउने गरी काम अघि बढेको छ । रूपन्देहीको तिलोत्तमामा अष्टे«लियमा बस्दै आएका युवाउद्यमी विनोद कुँवरले सुविधासम्पन्न क्रिकेट स्टेडियम बनाइरहेका छन् । भैरहवास्थित सिद्धार्थ रंगशालाको  पूर्वाधार विकासमा लगानी बढाएको छ । अहिले लुम्बिनीमा हुने प्रतियोगिता दाङको लमही, भैरहवा र तिलोत्तमाको एक्टाटेक ओभल मैदानमा हुँदैछ । लमही र भैरहवाको मैदान सरकारी हुन् भने तिलोत्तमाको एक्टाटेक ओभल निजी हो ।
    चैत १६ गतेसम्म हुने प्रतियोगिताका ४६ खेलमध्ये भैरहवाको सिद्धार्थ रंगशालामा सबैभन्दा बढी १७, तिलोत्तमाको एक्टाटेक ओभलमा १५ र दाङको लमहीमा १४ खेल हुनेछन् । खेलले समाजलाई जोड्छ । प्रतिस्पर्धा, सहमति र सहकार्य हुने भएकाले समाजलाई सकारात्मक लयमा लैजान खेलको महत्पूर्ण भूमिका हुन्छ । फुटबलभन्दा पछिल्लो पल्ट क्रिकेटको बढ्दो क्रेजले नेपालमा क्रिकेटको राम्रो संभावना छ । क्रिकेटका आशालाग्दा खेलाडी मैदानमा आइरहेका छन् । यसले मुलुकको पहिचान र गौरव स्थापित गर्न सघाउ पुग्ने आशा गर्न सकिन्छ ।


    नेपालको पहिचान विश्वको अग्लो चुचुरो सगरमाथा र गौतमबुद्धको जन्मस्थल लुम्बिनीको देश भनेर चिनिन्छ । यी परम्परागत पहिचानका साथै खेलकुदमा पूर्वाधार  विकास गरेर नयाँ प्रतिभावान खेलाडी जन्माउन सके मुलुकको पहिचान खेलकुदबाट पनि हुनसक्छ । क्रिकेट त्यो पहिचान दिने एउटा क्षेत्र हो । क्रिकेटको पूर्वाधार विकासमा निजी क्षेत्रको आगमनले धेरै संभावना खोलेको छ । राज्यले पूर्वाधार विकास राम्रो गर्न नसकिरहेको बेला निजी क्षेत्रको आगमनले राज्यलाई पनि पूर्वाधार विकासमा लगानी बढाउन बल पुगेकोछ ।

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij