२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

स्नूकरमा पहिलो अन्तर्राष्ट्रिय पदक विजेता रेगनलाई सम्मान

स्नूकरमा पहिलो अन्तर्राष्ट्रिय पदक विजेता रेगनलाई सम्मान

स्नूकरमा पहिलो अन्तर्राष्ट्रिय पदक विजेता रेगनलाई सम्मान

स्नूकरमा पहिलो अन्तर्राष्ट्रिय पदक विजेता रेगनलाई सम्मान

स्नूकरमा पहिलो अन्तर्राष्ट्रिय पदक विजेता रेगनलाई सम्मान
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, फाल्गुण २६ २०८१
सोमवार, फाल्गुण २६ २०८१
  • बुटवल । स्नूकरको अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलोपटक नेपाललाई पदक दिाउने बुटवलका खेलाडी रेगन श्रेष्ठलाई नेपाल बिलियर्डस् स्नुकर तथा पुल संघ रूपन्देहीले नगदसहित सम्मान गरेको छ । 
    श्रीलंकामा हालै सम्पन्न सागस्तरीय प्रतियोगितामा श्रेष्ठ सेमिफाइनलमा पुग्दै  नेपाललाई पहिलो पदक दिलाउन सफल भएका थिए ।  बुटवलमा एक कार्यक्रमका बीच संघका अध्यक्ष सुजन पुन, प्रथम उपाध्यक्ष बासु प्रधान,महासचिव प्रकाश क्षेत्री लगायतले श्रेष्ठलाई नगद २५ हजार रुपैयां र कदर पत्र सहित सम्मान गरेका हुन् । संघले हालसम्मकै सर्वाधिक पुरस्कार राशीको राष्ट्रियस्तरको स्नूकर प्रतियोगिता सम्पन्न गरेको अवसर पारेर श्रेष्ठलाई सम्मान गरेको हो । फागुन १२ देखि २२ गतेसम्म चलेको प्रतियोगितामा देशभरबाट १२८ खेलाडीलाई सहभागी गराउन संघ सफल भएको थियो । उपाधि विजेतालाई संघले ३ लाख ३ हजार नगद पुरस्कार दिएको थियो । 
    संघका अध्यक्ष पुनले रुपन्देही स्नूकर खेलको उर्बरभूमि भएको र यहां तीन सय बढी खेलाडी रहेको उल्लेख गर्दै यो खेललाई राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश गर्न र कभर्ड हल निर्माण गरिदिन सरकारसंग माग गरे । 
    स्नूकर खेललाई नेपालमा प्रहरी प्रशासनले गलत दृष्टिले हेर्ने गरेको तर अन्तराष्ट्रिय जगतमा यो प्रतिष्ठित खेलमा गणना हुने उनले बताए । 
    सम्मानित खेलाडी श्रेष्ठले नेपाल बिलियर्डस् स्नुकर तथा पुल संघ रूपन्देहीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन जांदा संघले आर्थिक सहयोग गरेर प्रोत्साहन गरेकाले आत्मबल बलियो भएको उल्लेख गरे ।  

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij