नेपाली खेल जगतको पूरानो र प्रतिष्ठित तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको २३औं संस्करण चैत ९ गतेदेखि हुँदैछ । तिलोत्तमा गोल्डकप बुटवलको प्रतिष्ठा हो, बुटवलको गौरव हो । बुटवलसँग जोडिएको यो प्रतियोगितालाई उप–महानगरपालिकाले बिगतदेखि नै अपनत्व लिएर सफल पार्न सहयोग गर्दै आएको छ । उप–महानगरपालिकाको मात्रै नभएर बुटवलवासीको गौरव हो ।
तिलोत्तमा गोल्डकपले स्थानीय फुटबल खेलाडीको प्रतिभा विकास गर्न सघाउ पु¥याएको छ । वसन्त गौचनलगायत धेरै राष्ट्रिय खेलाडी तिलोत्तमा गोल्डकपका उत्पादन हुन् । खेल पर्यटन प्रवद्र्धन गर्न पनि यसले टेवा पु¥याएको छ । पछिल्ला वर्ष खेल पर्यटनको राम्रो संभावना देखिएको छ । बुटवलको होटल व्यवसायलाई चलायमान बनाउन गोल्डकपले सघाउ पु¥याउने छ ।
तिलोत्तमा गोल्डकपको इतिहास जति स्वर्णीम छ, यसको विगतलाई बुझेर यसलाई नियमित गर्न किन रूपन्देही जिल्ला फुटबल संघले सकिरहेको छैन ? बुटवल उप-महानगरपालिकाले नियमित गराउन किन सकेको छैन ? अहिले उठेको प्रश्न हो यो । बुटवल उप–महानगरपालिकाले पूर्णतः अपनत्व लिएर रूपन्देही जिल्ला फुटबल संघलाई तिलोत्तमा गोल्डकप वर्षेनी सञ्चालन गर्न प्रोत्साहन गर्नुपर्छ । विस २०३३ सालमा सुरु भएको प्रतियोगिता आरम्भताका जसरी नियमित बिचमा नियमित हुन सकेन् ।
तिलोत्तमा गोल्डकपलमा देशभरका उत्कृष्ट टिम सहभागी हुने र फुटबलका दर्शक यहाँ आउने भएकाले प्रतियोगिता हुञ्जेल यहाँ हुने चहलपहलको लाभ यहाँको होटल व्यवसायले लिन्छ । समग्रमा यहाँको आर्थिक गतिविधि चलायमान बनाउन यो प्रतियोगिताले सघाउ पु¥याउँछ । अहिले प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताका सबै खेल लुम्बिनीका तीन रंगशालामा भइरहेका छन् । एक्ट्राटेक ओभल तिलोत्तमा, सिद्धार्थ रंगशाला भैरहवा र लमही रंगशालामा चैत १६ गतेसम्म हुने खेलले लुम्बिनी प्रदेशलाई उत्साहित बनाएको छ । यहाँ खेल्न आएका खेलाडी, प्रशिक्षक, रेफ्री र दर्शकले यहाँको चहलपहल बढाएको छ । सीमावर्ती भारतीय शहरहरुबाट दर्शक ल्याउन सक्दा अझैँ फाइदा लिन सक्छौं । स्थानीय दर्शक मात्रै नभएर भारतीय दर्शक ल्याउन आयोजकले ध्यान दिनुपर्छ ।
खेलकुद विकासको अभिंग अंग मानिनुपर्छ । नागरिक स्वस्थ हुन शारीरिक, मानसिक र सामाजिक रूपमा स्वस्थ हुनुपर्छ । यी मध्ये कुनै एकमा कमजोर नागरिकलाई स्वस्थ मानिदैन । खेलकुदले शारीरिक, मानसिक र सामाजिक रूपमा स्वस्थ नागरिक तयार पार्ने भएकाले राज्यले नै पूर्वाधार विकास र प्रवद्र्धनमा प्राथमिकता दिनुपर्छ ।




